सुटिङ गर्दागर्दै अस्पताल पुगिन अभिनेत्री सोनम कपुर


एजेन्सी । अभिनेत्री सोनम कपुरको स्वास्थ्यमा अचानक गडबडी भएपछि उनी अस्पतालमा भर्ना भएकी छन् । यो कुराको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएकी हुन् ।

उक्त ट्वीटमा उनले लेखिेकी छन्, ‘मलाई ठीक लाग्दैन बिरामी हुन । ’ सोनमको स्वास्थ्य त्यतिबेला खराब भएको थियो जतिबेृला उनी ‘प्रेम रत्न धन पायो’ फिल्मको सुटिङ गर्दै थिइन् ।

 स्वास प्रश्वाससम्बन्धी समस्या झेलिरहेकी सोनमको अचानक सुटिङका क्रममा स्वास्थ्य खराब भएको हो । उनलाई बेचैनी हुन लाग्यो त्यसको लगतै उनलाई कोकिलाबेन अम्बानी भर्ना गरिएको थियो ।

 सोनमको सोमबार रात उनलाई छुट्टी मिलेको थियो । त्यसपछि उनले मंगलबारबाटै फिल्म सुटिङ सुरु गरेकी छन् ।




प्रतिक्रिया दिनुहोस्...