ऐश्वर्याको सुरक्षाको लागि मात्र ४० लाख भारु खर्च


बलिउड अभिनेत्री ऐश्वर्या रायलाई काममा लगाउन उनको पारश्रमिक भन्दा पनि उनको सुरक्षा खर्चले सबैलाई चकित बनाएको छ |उनको सुरक्षाको लागि मात्र करिव ४० लाख भारतीय रुपैया खर्च भएको छ |
aishrya
फिल्म युनिटले ऐश्वर्याको सुरक्षामा १२ जना बडीगार्ड खटाएको छ भने उनको सुरक्षामा मात्रै ४० लाख भारु खर्च भएको निर्माण पक्षले जनाएको छ। मुम्बईको बाहिरी इलाकामा भइरहेको सुटिङमा फ्यानहरुलाई अटोग्राफ लिन रोक्न पनि छुट्टै गार्डको व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यति मात्र नभएर उनको छोरीको हेरचाह समेत गर्नुपरेको छ |उनले छोरीको जन्म दिएपछि  यो पहिलो फिल्म हो |उनको छोरीको सुरक्षाको जिम्मा समेत फिल्म युनिटले नै लिएको थियो |





प्रतिक्रिया दिनुहोस्...