३१ डलरमा पाइन्छ प्रेमिका !


बेइजिङ ।

अभिभावकहरु आफ्ना उमेर पुगेका छोरा–छोरीका लागि योग्य जीवन साथी छान्न निकै समय खर्चन्छन् । छोरा–छोरीका लागि योग्य जीवनसाथी छान्नु उनीहरुको लागि निकै चुनौतीको कुरा हुन्छ । यस्तै अवस्था हाम्रो छिमेकी मुलुक चीनमा पनि छ । यहाँ प्रेमी–प्रेमिका चयनका लागि एउटा पर्व नै छ । जुन ‘वसन्त पर्व’ हो । यो पर्वलाई चीनमा निकै उत्साहका साथ मनाउने गरिन्छ । जहाँ अभिभावकहरुले आफ्ना उमेर पुगेका छोरा वा छोरीलाई टाढाबाट खोजिदिएको विपरीत लिङ्गी मित्रसँग सहभागी भएर मेलाको मजा उठाउन दवाव दिन्छन् । अपरिचित पार्टनरको पछि लागेर यसरी मेलामा सहभागी हुनु कतिपय युवा–युवतीको लागि भने टाउको दुखाईको विषय बनेको छ । त्यसैले युवा–युवतीहरुले यसबाट मुक्ति पाउने अस्थायी तरिका पत्ता लगाएका छन् । त्यो हो भाडामा अस्थाई गर्ल फ्रेण्ड वा बोइ फ्रेण्ड खोज्ने । यसका लागि उनीहरुले ‘ई–बे का चीनियाँ संस्करण लगइन गर्छन् । अनलाइनले आफ्ना ग्राहकहरुको माग पूर्ती गर्नका लागि त्यहाँ धेरै युवा–युवतीको तस्वीर राखेको छ । आफूले छानेको मानिसँग मजाले डेट गर्न पाइन्छ । उनीहरुले परिवारको अघि वास्तविक प्रेमी–प्रेमिकाजस्तै व्यवहार गर्छन् । यसवर्ष वसन्त पर्वलाई गरेर ‘इ–बे’ चीनियाँ संस्करणले एक गर्लफ्रेण्डको न्यूनतम मूल्य ३१ डलर तोकेको छ । आफूलाई मन परेकी प्रेमिका भाडामा पाउन अधिकतम १ सय ६० डलरसम्म तिर्नुपर्छ । मूल्य सेवाको किसिम र युवतीहरुको व्यक्तिगत विशेषताका आधारमा फरक पर्छ । ती युवतीले भाडा सम्झौता अवधिभर पार्टनरको संकेतमा हरेक बात पालन गर्छिन् । बाबुआमाले आफ्नो छोराको भाडाको गर्लफ्रेण्ड हो भन्ने पत्तोसमेत पाउँदैनन् ।




प्रतिक्रिया दिनुहोस्...