प्रहरीद्वारा ठुलो परिमाणको अवैध चल्ला बरामद
भैरहवा, माघ २६ – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रयाउन लागेको ठुलो परिमाणको अवैध चल्ला नष्ट गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले लाखौ मूल्यको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको हो । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक कमल तिउसीनाको कमाण्डमा खटिएको गस्तीे टोलीले नेपाल भारत सीमा क्षेत्र नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ गेरमीबाट ३ सय ६६ कार्टुन चल्ला बरामद गरेको शसस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद भएका चल्लाको बजार मूल्य नेपालमा १५ लाख ३७ हजार २ सय रहेको सशस्त्र प्रहरीले दाबी गरेको छ । गए राति बरामदित २१ हजार ९६० वटा चल्लालाई सोमबार विहान सशस्त्र प्रहरीको गुल्मको परिसरमा खाल्डो खनि पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरि बहादुर कुवंर, सन्चारकर्मिहरु तथा स्थानियको रोहबरमा आगो लगाई जलाई नष्ट गरिएको छ । नेपालमा कुखुराको चल्ला भारतबाट ल्याउन प्रतिबन्धित भइरहेको अवस्थामा सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले हालसम्मको सबै भन्दा ठुलो परीमाणमा चल्ला बरामद गरेको र चल्लाहरु बोइलर र कोइलर जातीको रहेको क्वाराइन्टाइनका प्रमुख डा. कुवंरले बताए । -