पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको थालनी फागुनदेखि
पोखरा, माघ २६– नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको शिलान्यास फागुन महिनाको तेस्रो सातामा हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको हीरक जयन्ती एवम् स्मारिका विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले शिलान्यास भइसकेपछि विमानस्थलको लागि थप अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा वितरणको विवाद भएपनि काम अगाडि बढाउँदै लैजाने जानकारी दिए सिन्डिकेट प्रणालीले अर्थतन्त्रलाई थला पार्ने चेतावनी दिँदै उनले यस प्रणालीले गुण्डा पाल्ने, घुस खुवाउने र अकुत सम्पत्ति कमाउने प्रवृत्तिलाई मात्रै फाइदा पु¥याउने धारणा राखे । धेरै विकसित मुलुकहरु मुख्य मुख्य आयोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्दा आजको अवस्थामा पुगेको उदाहरण दिँदै उनले स्थानीयवासी बढी लाभान्वित हुने आयोजना छनौट गरेर बजेट लगानी गर्न आग्रह गरे । उनले बन्द र हडतालले उद्योगधन्दा र कलकारखानालाई धरासायी बनाउने हुँदा राजनीतिक दलहरूले विरोधको स्वरुप परिवर्तन गरेर काम गर्न अनुरोध गरे । उनले सङ्घको तर्पmबाट जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धानमा सहयोग पु¥याउन अत्याधुनिक उपकरण खरिद गर्न रु तीन लाख दुई हजार सात सय र लामाचौर–माछापुच्छे« सडक स्तरोन्नतिका लागि रु एक लाख ५० हजार हस्तान्तरण गरे ।