यस्ता सुविधा पाउँछन् अमेरिका छात्रवृत्तिमा पढ्न जानेले


काठमाडौं – अमेरिकाको न्युरोसलस्थित मोनरो कलेजबाट फाइनान्समा स्नातकोत्तर गरेकी श्रुती अमात्यले ५० प्रतिशत छात्रवृत्तिमा पढेकी हुन् । छात्रवृत्तिको राम्रो व्यवस्था भएकाले उच्च शिक्षा हासिल गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी कलेज तथा विश्वविद्यालय छान्ने क्रम बढ्दो छ । पढाइसँगै कामसमेत गर्न पाइने भएकाले पनि विद्यार्थी अमेरिकातर्फ आकर्षित भइरहेको अमात्यले सुनाइन् । ‘स्नातकोत्तर पढ्दानपढ्दै तीन ठाउँमा काम गरे,’ श्रूतिले अमेरिकाबाट भनिन्,‘अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका आएपछि आफैं कमाएर पढ्छन् । अभिभावकमाथि थप आर्थिक भार पर्दैन ।’ अन्तर्राष्ट्रिय विद्यार्थीले साताको २० घन्टा कलेज तथा विश्वविद्यालयभित्रै काम गर्न पाउने व्यवस्थासमेत रहेको उनले जानकारी दिइन् । उनका अनुसार स्नातक सकेपछि विद्यार्थीले वर्क पर्मिट पाउँछन् । यसलाई करिकुलम प्राक्टिकल ट्रेनिङ (सिपटी) भनिन्छ । साथै कुनै पनि विषयमा स्नातकोत्तर गरेकाले १२ महिनाको अप्सनल प्राक्टिकल ट्रेनिङ,(ओपिटी) वर्क पर्मिट पाउने सरकारी व्यवस्था छ । साथै साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ , गणितलगायत प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले कबानुनी रुपमै १७ महिनासम्म वर्क पर्मिट पाउने पावधानले विद्यार्थी अमेरिकातर्फ आकर्षित भएको उनको अनुभव छ । आजको नागरिक दैनिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...