कन्डमका फइदा र प्रयोग गर्ने तरीका. जानी राखौ ..
काडठमाडौ २ फागुन – हामीलाई थाहा छ, कन्डमले यौन सम्पर्कबाट हुने संक्रमण रोक्ने काम गर्छ । तर पछिल्लो अध्ययनले के ठोकुवा गरेको छ भने, कन्डम उपयोगले यौन क्रिया आनन्दलाई सीमित पार्दैन । धेरैजसो व्यक्ति कन्डमले पूर्ण यौनान्द लिनबाट वञ्चित गर्ने ठान्छन् । जर्नल अफ सेक्सुअल मेडिसनमा प्रकाशित अध्ययनमा यस्तै दाबी गरिएको छ ।
उक्त अध्ययनमा १८ वर्षदेखि ५९ वर्षसम्मका अमेरिकी पुरुष र महिलाको राष्ट्रिय अनलाइन सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई उपयोग गरिएको छ । अमेरिकामा कन्डमको उपयोग व्यापक छ । २५ प्रतिशतभन्दा बढी पुरुष र २० प्रतिशतभन्दा बढी महिलाले यौन चाहना पूर्तिका क्रममा कन्डम उपयोगलाई प्राथमिकता दिने गरेको अध्ययनले देखाएको छ ।
यो अनुसन्धानको सबैभन्दा राम्रो पक्ष के हो भने, महिला र पुरुष दुवैले कन्डम लगाएर वा नलगाई गरिएको यौन क्रियालाई निरन्तर उत्तेजित गर्ने र उच्च आनन्ददायक बताए ।
यो अध्ययनपछि के आशा गरिएको छ भने, स्वास्थ्य कार्यकर्ताहरूले कन्डम उपयोग गर्न हिचकिचाउने महिला वा पुरुषलाई यसको फाइदा र उपयोगिताबारे बताउन सक्छन्
( अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको कण्डम भारतीय पुरुषका लागि ठूलो हुने गरेको एक अध्ययनले देखाएको छ । भारतको मेडिकल अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो ।
अनुसन्धानमा एकहजार २ सय बढी युवाको लिंगको लम्बाई र चौडाई नापेपछि यस्तो निश्कर्ष निकालिएको हो । ६० प्रतिशत भारतीय पुरुषको लिङ्ग कण्डमभन्दा तीनदेखि ५ सेन्टीमिटर छोटो हुने गरेको अध्ययनमा देखिएको छ ।
अनुसन्धानमा सहभागी बिशेषज्ञ चन्देर पुनले भारतमा साना आकारका कण्डम प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । भारतमा साना आकारमा कण्डम बिक्रीमा राख्ने गरिएको भएपछि उपभोक्ताले लाजका कारण माग्न गाह्रो मान्ने गरेको बीबीसीले जनाएको छ
सामान्यतः यौनक्रियाका बेला कन्डम कसरी लगाउने भन्नेबारे प्रायः पुरुषले ध्यान दिँदैनन् । त्यसैले ९४ प्रतिशतभन्दा बढी पुरुष कन्डम लगाउँदा गल्ती गर्छन् । क्यानाडेली अनुसन्धानकर्ताहरूका अनुसार कन्डम उपयोगका बेला पुरुषद्वारा गरिने मुख्य गल्ती निम्नलिखित पाँच वटा छन्ः
कन्डमसँग लुब्रिकेन्ट –
कन्डम लगाएर यौनक्रिया गर्दा घर्षण बढी हुन्छ । यसै कारण यौनानन्द कम हुने हुन्छ । कन्डम लगाएपछि त्यसमाथि विशेष प्रकारको लुब्रिकेन्ट प्रयोग गरे सहवासको सुखनाभूति कायमै रहन सक्छ । अनुसन्धानकर्ताहरूका अनुसार ६३ प्रतिशतभन्दा बढी पुरुष कन्डममा लुब्रिकेन्ट लगाउँदैनन् । र, लुब्रिकेन्ट लगाउनेले पनि नराम्रो गुणस्तरको उपयोग गर्छन् ।

कन्डममा हावा –
कन्डम लगाउँदा यसको चुच्चोमा हलुका उभार (बम्प) देखिए कन्डममा हावा भरिएको रहेछ भनी बुझ्नुपर्छ । कन्डममा हावा रहिरहे लेटेक्समा बढी दबाब पर्छ । अनि यौनक्रियाका बेला कन्डम फुट्ने आशंका हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार ३७ प्रतिशत पुरुषले कन्डम लगाउँदाताका त्यसबाट हावा निकाल्दैनन् ।

कन्डम लगाउँदा असजिलो-
धेरैजसो व्यक्तिको गुनासो रहने गरेको छ( कन्डम लगाएर यौनसम्पर्क गर्दा उनीहरूलाई असहजता अनुभव हुन्छ । त्यस्तो नहोस् भन्नका लागि कन्डमका भित्री(बाहिरी दुवै खण्डमा राम्रो गुणस्तरको लुब्रिकेन्ट जेल लगाउनुपर्छ । यसो गरे कन्डम प्रयोगबाट अनुभव हुने कठिनाइ स्वतः हट्न थाल्छ ।

कन्डम लगाउनुअघि जाँच
अनुसन्धान अनुसार अधिकांश पुरुष यौनको उत्सुकताका कारण कन्डम क्षतिग्रस्त पो छ कि भन्ने कुरो परीक्षण गर्न भुल्ने गर्छन् । यो र अन्य कुनै समस्याबाट जोगिन कन्डम उपयोग गर्नुअघि त्यो च्यातिएको छैन भन्नेमा सुनिश्चित हुने गर्नुस् ।

लगाउन ढिलाइ –
धेरैजसो पुरुष यौनको प्रारम्भिक अवस्थामा कन्डम लगाउँदैनन् । स्खलित हुनुभन्दा केहीअघि मात्र कन्डम लगाउने गर्छन् । यस्तो गर्नु जोखिमपूर्ण हुन सक्छ । केही मिनटको असुरक्षित यौनसम्पर्कले यौनरोग लगाउन सक्छ, गर्भधारण गराउन सक्छ ।

घाम ताप्दा बढ्छ प्रजनन क्षमता –
घाम ताप्नु महिला र पुरुष दुवैको प्रजनन क्षमता बढाउन सहयोगी हुन सक्छ । अस्ट्रियास्थित मेडिकल युनिभर्सिटी अफ ग्राजका अनुसन्धानकर्ताहरूका अनुसार घामले भिटामिन डीु को स्तर बढाएर पुरुष र महिला दुवैको प्रजनन क्षमता बढाउन सघाउँछ ।

भिटामिन डीु ले महिलामा यौन हार्मोनको सन्तुलन बनाइराख्न र पुरुषमा शुक्रकीटको संख्या बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । भिटामिन ुडीु ले महिलामा महिला यौन हार्मोन प्रोजेस्टेरोनु को स्तरलाई २१ प्रतिशत बढाउँछ । साथै, तिनको मासिक चक्रलाई नियमित गर्छ, गर्भाधारणको सम्भावना अझ बढाउँछ ।