कोरियामा आप्रवाशी महिला कामदार यौन हिंशामा


निकुञ्ज तिवारी, सउल १३ |
 
 
दक्षिण कोरियामा कार्यरत आप्रवाशी महिला कामदारहरु दिन–प्रतिदिन यौनहिंशाको सिकार बनिरहेको एक प्रतिवेदनले जनाएको छ ।
कृर्षि, पशुपालन तथा उत्पादन क्षेत्रमा कार्यरत १०.७ प्रतिशत प्रवाशी महिलाहरु यौनजन्य हिंशामा पर्ने गरेका सांसद लि जस्मिनको कार्यलयले जनाएको छ ।
जसमा ३५.५ प्रतिशत बलत्कार सिकार भएको, ३५.५ प्रतिशत संवेदनशिल अंग छुवाइको, २९ प्रतिशतलाई मधिरापन सेवन गराई शारिरिक तथा मानसिक तनाब दिइएको उल्येख छ ।

सर्वेक्षणमध्य जसमा ८८.९ प्रतिशत महिलाहरुले कम्पनी संचालक तथा व्यवस्थापकबाट पीडित भएको बताएका थिए भने १६.७ प्रतिशत महिलाहरुले आÇनै देशका सहक्रर्मीबाट पीडित हुने गरेको बताएका थिए । त्यस्तै १२.९ प्रतिशतलाई पैसाको प्रलोभनमा शारिरिक सम्वन्ध गर्न लगाईएको उल्येख छ ।
कोरियामा कार्यरत आप्रवाशी महिलाहरुमाथि भएको यौनहिंशालाई निरुत्साहित गरी लैङिगत समानता कायम गर्न परिवार मन्त्रालयले कदम चाल्नुपर्ने सांसद लिले बताएकी छन् । 

‘दक्षिण कोरियाको राजधानी सोलबाट ५० किमीमा रहेको एक कृर्षि फाममा दुई जना नेपाली महिलाहरु कार्यरत छन् । एक वर्षको अन्तरालमा उक्त फममा काम गर्न गएका उनिहरु फम संचालकद्धारा पटक–पटक दुव्यवहारको सिकार हुने गरेको बताए ।
परिचय उल्येख नगर्ने सर्तमा उनिहरुले भने ‘साहुले पटक–पटक लात्ताले पछाडि संवेदनशील अंगमा हिर्काउछ । सौचालय जादा र पानी खादा पनि सिसि क्यामाराबाट हेर्छ र गाली नगरेको दिन हुन्न ।’ 
 

उनिहरु न्यूनतम ज्यालामा दैनिक १० घण्टा लगातार महिनामा २८ दिन काम गर्ने गरेको बताए । मालिक विभिन्न वहानमा रातीको समयमा कोठामा आउन खोजेको पनि उनिहरुले फोनमा सुनाए ।त्यस्तै, श्रम तथा रोजगार मन्त्रालयले प्रवाशी कामदारमा भाषाको समस्याका कारण यौनिक हिंशामा पर्ने गरेकोले अंग्रेजी भाषामा लेखिएको सूचनामुलक पत्र बाढ्ने तयारी गरेको जनाइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग कोरियाले केही समय पहिला सार्वजनिक गरेको प्रतिवेदनमा पनि पुरुष कामदारको तुलनमा महिला कामदारहरु दमित, शोषित र अपहेलित हुने गरेको जनाएको थियो । जसमा ३०.८ प्रतिशत महिला कामदारहरु यौन उत्पिडन तथा बलत्कारमा पर्ने गरेको उल्येख थियो ।
कोरियामा आप्रवाशी महिलाहरु अन्य क्षेत्रको दाँजोमा खासगरी कृर्षि क्षेत्रमा बढि छन् । ‘फिनेल हाउस’  मा उत्पादन हुने विभिन्न तरकारीका परिकारहरु सान्छु, मुला, बुछु, बन्दा, काउली, गोलभेडा, प्याज, स्टवेरी, च्याउँ, भटमासको जरा, फूल आदिमा कार्यरत छन् । 

‘हामी पुरुष समान काम गर्नुपर्छ तर पारिश्रमिकमा पनि ठूलो विभेद छ ।’ छनानस्थित सागको परिकार ‘सान्छु’ मा कार्यरत एक महिलाले नाम नलेख्ने सर्तमा भनिन् । ‘महिलाहरु जहाँ गएपनि अन्याय र अत्याचारमा छन् ।’त्यस्तै विवाह गरेर कोरिया आउने अधिकांश महिलाहरु पनि घरेलु हिंशामा परेका अघिल्लो वर्ष प्रकाशन भएको एक तथ्याङ्ले जनाएको थियो ।
 
तर संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका लागि कोरिया रिर्सचले गरेको एक सर्वेक्षणमा कोरियन समाजमा मुलवासीमा लैंगिक समानता रहेको प्रकाशमा ल्याएको थियो । 





प्रतिक्रिया दिनुहोस्...