सत्ता कब्जा गर्ने धम्की नदिन प्रचण्डलाई राष्ट्रसंघको चेतावनी


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सत्ता कब्जाको धम्की नदिन राष्ट्रसंघले चेतावनी दिएको छ।
काठमाडौ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सत्ता कब्जाको धम्की नदिन राष्ट्रसंघले चेतावनी दिएको छ।

एमाओवादीले समानान्तर सरकार बनाउने घोषणा गरेकै भोटिपल्ट शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले तत्काल बार्तामा बसेर समस्या समाधानको बाटोमा अघि बढ्न दाहाललाई आग्रह गरेका छन्।

राजनीतिक मामिला सम्वन्धी उपमहासचिव जेम्स फेल्टम्यानले वानका तर्फबाट भन्दै दाहाललाई टेलिफोन गरेर वार्तामा बसेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउदै संविधान जारी गर्न आग्रह गरेका हुन्।

दुई दिनदेखि दाहालबाट समानान्तर सरकार निर्माण गर्ने र युवा दस्ता निर्माण गर्ने धारणा आएपछि राष्ट्रसंघले चासो देखाएको एक अधिकारीले जानकारी दिए । आजका दैनिक पत्रपत्रिकामा समाचार छापिएको छ।





प्रतिक्रिया दिनुहोस्...