एक खेल, जसलाई लाखौंले हेर्न चाहन्छन्
२ फागुन, काठमाडौं । जब भारत र पाकिस्तान क्रिकेट मैदान उत्रन्छन्, त्यो केबल एक खेलमा मात्र सिमित रहँदैन ।
झन विश्वकपमा हुने भिडन्त अरबौं क्रिकेटका फ्यानहरुहरुका लागि निकै ठूलो प्रतिक्षाको विषय हुने गर्छ ।
सन् १९४७ मा भारतको विभाजन भएपछि पाकिस्तान र भारतले अहिलेसम्म ३ पटक एकअर्का बिरुद्ध युद्व लडेका छन् ।
सन् १९९२ : भारत ४३ रनले विजयी @ सिड्नी१९९६ : भारत ३९ रनले विजयी @ बेङलोर१९९९ : भारत ४७ रनले विजयी @ म्यान्चेस्टर२००३ भारत ६ विकेटले विजयी @ सेन्चुरियन२०११ भारत २९ रनले विजयी @ चण्डिगढ
अन्तराष्ट्रिय क्रिकेटमा भने पहिलो पटक सन् १९५२ मा भिडेका थिए । अहिलेसम्म पाकिस्तानले भारतलाई ७२ पटक पराजित गरेको छ भने भारतले मात्र ५० पटक नतिजा आफ्नो पक्षमा पारेको छ ।
चिरप्रतिद्वन्द्वी दुई टीम विश्वकपमा भने ५ पटक भिडेका छन् र पाँच वटै खेलमा पाकिस्तान पराजित भएको छ ।
सन् २०११ मा भारतको मोहालीमा भएको सेमिफाइनलको खेल अन्य भन्दा निकै रोमान्चक बनेको थियो ।
टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले ९ विकेटको क्षतिमा २६० रन बनायो । पाकिस्तान भने २३१ रनमै समेटिएको थियो । जुन विश्वकपमा भारत च्याम्पियन नै बन्न सफल भयो ।
यो विश्वकपमा भारतका लागि बिराट कोहली, रोहित सर्मा र भुबनेश्वर कुमारलाई ‘कि प्लेअर’को रुपमा हेरिएको छ । पाकिस्तानको टीममा भने साहिद अफि्रदी, अहमद शेहजाद, मिस्बाह उल हक छन् ।
पाकिस्तान विरुद्धको खेलमा भारतका लागि महेन्द्र सिंह धोनीले अहिलेसम्म २ शतक र ९ अर्ध सतक सहित १२०८ रन बनाएका छन् ।
पाकिस्तानका सहिद अफि्रदीले २ शतक र ४ अर्ध शतक सहित सवार्धिक १५०२ रन बनाएका छन् । अलराउण्डर अफ्रिदीले ३८ विकेट पनि लिएका छन् ।