दमन भए प्रतिकार भन्दै युवा दस्ता घोषणा (फोटो सहित)


 पहिचानमा आधारित संघीय गठबन्धनमा रहेका ७ दलले आन्दोलनमा दमन भए प्रतिकार गर्न युवादस्ता सार्वजनिक गरेको छ । गठबन्धनले बिहिबार काठमाण्डौमा कार्यक्रम गरेर एक हजार युवा दस्ता रहेको पहिचानवादी युवा शक्ति सार्वजनिक गरेको हो । दमन भए प्रतिकार गर्ने, आन्दोलनमा भिजिलन्ते प्रयोग भए कारवाही गर्ने, पहिचानवादीको रक्षा र संघीयताको सुरक्षाका लागि भन्दै युवा दस्ता सार्वजनिक गरिएको हो ।

गठबन्धनमा रहेका खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका नेता राम कुमार खम्बुका अनुसार एउटा एस एम एसका भरमा पनि एक हजार युवा तत्कालै जुट्ने गरी रेगुलन आर्मिको रुपमा युवा शक्ति गठन गरिएको हो ।

३० दलीय गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा युवा दस्ता सार्वजनिक गरिएको हो 

उनीहरुका लागि डे«सको रुपमा रातो ज्याकेटमा गोलो घेरा भित्र मुठी उठाएको चिन्ह भएको रातो ज्याकेजको व्यवस्था गरिएको छ । यो अभियानलाई हरेक राज्य समितिमा विस्तार गरी लाखौंको संख्या पुरयाउने खम्बुले बताए ।

यो गठबन्धनमा थरुहट तराई पार्टी, नेपाः राष्टिय पार्टी, खम्बुवान राष्टिय मोर्चा, राष्टिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, लिम्बुवान राज्य परिषद, आदिवासी जनजाति पार्टी संलग्न छन् ।





प्रतिक्रिया दिनुहोस्...