घरमा चोरी होला भनेर चिन्तित हुनुहुन्छ ? अब मोबाइलबाटै घरको निगरानी राख्नुहोस्


ओएस नेपाल, काठमाडौं, माघ २६- काम विशेषले तपाई बाहिर जादा घरमा चोरी होला भनेर चिन्तित हुनुहुन्छ ? यदि त्यासो हो भने अब एउटा साधारण मोवाईल पनि त्यही चिन्तालाई दुर गर्ने गतिलो साधन बन्न सक्छ । अब तपाईले आफ्नै मोबाइलबाट निरन्तर घरको निगरानी राख्न सक्नुहुन्छ र चोरी छिर्नासाथ प्रहरीलाई खवर गरेर ठाउँको ठाउँ पक्राउ गराउन पनि सक्नुहुन्छ । आखिर कसरी ? मानिसका दैनिकीलाई सहज बनाउने गरी बिकाश भएका स्मार्टफोन एप्सले अब तपाईको घरलाई चौविसै घण्टा निगरानीमा राख्ने छ र तपाई जुनसुकै ठाउँमा भएपनि घरको लाइभ मोनिटरिङ गर्न सक्नुहुन्छ । हालै सार्वजनिक भएको ‘मेनीथिङ‘ एपले आफ्नो आइफोनमा डाउनलोड गरेर यस्तो सुबिधा लिन सकिन्छ । यसका लागि तपाईसँग दुईवटा आइफोन हुनु जरुरी हुन्छ । एउटा आइफोन घरमा निगरानीका लागि राख्ने जसले सीसीटीभीको काम गर्ने छ । र, अर्को आइफोन आफैसँग बोक्ने जसमा तपाईले घरको दृष्य हेर्न पाउनुहुनेछ । तपाईले घरमा सुरक्षा चाहेको बहुमूल्य बस्तु खिचिने गरी क्यामेरा कुनै ठाउँमा राख्न सक्नुहुन्छ । जब क्यामेरामा कुनै वस्तुको हलचल गरेको देखिन्छ, तव यो एपले तुरुन्तै तपाईको मोबाइलमा नोटिफिकेसन पठाउँछ र लाइभ भिडियो हेर्न सकिन्छ । यदि सीसीटीभी क्यामेरा बनाइएको आइफोन नै चोरले चोरिदियो भने पनि चिन्ता लिनु पर्दैन । किनकी खिचिएका तस्वीर एपले सर्भरमा स्टोर गर्छ र तपाईंले सजिलै चोरको पहिचान गर्न सक्नुहुन्छ । यो एप एउटामात्र क्यामेरा प्रयोगको प्रयोजनलाई निःशुल्क उपलब्ध हुन्छ । यदि तपाईले एकभन्दा बढि क्यामेरा प्रयोग गर्नुहुन्छ र १२ घण्टाभन्दा बढिको भिडियो रेकर्ड स्टोर गर्न चाहानुहुन्छ भने पैसा तिर्नुपर्ने छ । एप तत्कालका लागि आइफोनमा मात्र चल्छ । तर, निर्माता कम्पनीले एन्ड्रोइडका लागि पनि काम भइरहेको निकट भबिष्यमै सार्वजनिक गरिने बताएको छ । -एजेन्सी




प्रतिक्रिया दिनुहोस्...