News
»
स्विस बैंकमा कालो धन जम्मा गर्नेको सूचीमा महिमा चौधरी पनि !
स्विस बैंकमा कालो धन जम्मा गर्नेको सूचीमा महिमा चौधरी पनि !
एजेन्सी, २८ माघ–
विदेशमा कालो धन जम्मा गर्ने भारतीय खाताधारीको नाम सार्वजनिक भएको छ जसमा अभिनेत्री महिमा चौधरीको नाम पनि रहेको छ । सूत्रका अनुसार एचएसबिसीको स्विस शाखामा जुन भारतीय खाताधारीको सूची देखिएको छ त्यसमा महिमा चौधरीको पनि नाम रहेको छ । उनको एकाउन्टमा कति रकम रहेको छ भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । यो एकाउन्ट उनको असली नाम रितु चौधरीका नामबाट खोलीको छ र एकाउन्टको जानकारीमा उनलाई मोडल र अभिनेत्री बताइएको छ । हालै एक अंग्रेजी वेभसाइटको खवरअनुसार महिमाले यस्तो कुनै एकउन्ट भएको भन्ने कुरा अस्वीकार गरेकी छन् । यो खवर सार्वजनिक भएपछि ट्वीटरमा महिमालाई जोक्सको विषय बनाउने क्रम शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्...