जापानमा विदेशी कामदार कोटामा तीन गुणाले वृद्धि हुने -


विदेशी कामदार सख्या बढाउने नयाँ नीति अवलम्वन गरेसंगै अब नेपाली कामदारलाई जापान प्रवेश हुन सहज हुने भएको छ । नेपाल ह्युमन डेभलपमेन्ट कम्पनीलाई जापान सरकारको मातहतमा रहेको जापान अन्तर्राष्ट्रिय प्रशिक्षण समन्वय संस्था ‘जिटको’ बाट आधिकारिक एजेन्ट नियुक्त गरेसंगै नेपाली कामदारलाई सहज हुने दावी गरिएको हो । नेपाल ह्युमन डेभलपमेन्ट कम्पनी ललितपुरका तर्फबाट अनोज शाक्यलाई जिटकोले ६ महिना लामो तालिमसंगै प्रशिक्षार्थी कामदार छनौट अनुमतिपत्र प्रदान गरेको छ । ‘जिटको’ संस्था जापान सरकारको ५ वटा मन्त्रालय तथा अध्यागमन कार्यालय मातहतको सस्था हो । शाक्यले तालिम पश्चात नेपालबाट औधौगिक प्रशिक्षार्थी कामदारका लागि आवश्यक नियम, कानुन तथा कम्पनीको बारेमा जानकारी हुनै पर्ने आधारभूत विषयमा प्रशिक्षण गर्ने छन । शाक्यसंगै मंगलवार सम्पन्न भएको तालिम तथा एजेन्ट नियुक्ती कार्यक्रममा चीन, फिलिपिन, कम्वोडिया र जापानका करिव ३० जनाले प्रशिक्षार्थी प्रशिक्षक अनुमतीपत्र पाएका थिए । नेपालबाट प्रमाणपत्र पाउने शाक्य पहिलो र आधिकारिक प्रशिक्षार्थी भएको नेपाल ह्युमन डेभलपमेन्ट कम्पनीले जनाएको छ । यसले नेपाली कामदार तथा जापानी कम्पनी दुवै पक्षलाई प्रत्यक्ष फाईदा पुग्ने प्रशिक्षक शाक्यले नेपाल जापान डटकमलाई बताउनुभयो । ललितपुरको खोकनामा रहेको कम्पनीले अब चाडैनै प्रशिक्षार्थी कामदारका लागि जापानी कम्पनीको माग र नेपाली कामदारमा हुनुपर्ने गुणका विषयमा आधारभुत जानकारी गराउने जनाएको छ । यो पनि पढ्नुहोस् । जापानमा विदेशी कामदार कोटामा तीन गुणाले वृद्धि हुने -




प्रतिक्रिया दिनुहोस्...