एम्बुलेन्स सडकबाट तल खस्दा चालकको मृत्यु
ताप्लेजुङमा गएराति एम्बुलेन्स सडकबाट तल खसेपछि चालकको घटनास्थल मै मृत्यु भएको छ । नाङखोल्याङ–६ बस्ने २१ वर्षीय पदम राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मेची राजमार्गअन्तर्गत नाङ्खोल्याङ–६ स्थित मेची राजमार्गमा सडकबाट १०० मिटर तल एम्बुलेन्स खसेपछि सो घटना भएको हो । रासस