सिकार खेल्न नेपाल आउँदैछन् साउदी राजकुमार


काठमाडौ, माघ २९ – साउदी अरबका राजकुमार अल–वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् । विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् । चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् । सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन् । यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए । तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...