छोराको चलचित्र हेर्न पुगे दिपक मनाङे , सेन्सरले कसरी पास गर्‍यो यस्ता संवाद ?


one-way-team
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वन वे’को आज काठमाण्डौमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलिचत्रकर्मीदेखि रंग पत्रकार सहभागी थिए ।
चलचित्र हेर्न यसका निर्माता दिपक मनाङे पनि उपस्थित थिए । उनले पुरा समय चलचित्र हेरेर छोराको कामको तारिफ गरेका छन् । दिपकका छोरा सिद्धार्थ गुरुङ यही चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका छन् ।one-way-premier-1
सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्रमा सिद्धार्थका अलवा करिश्मा मानन्धर, रविन तामाङ, विल्सन विक्रम राई, श्याम राई , प्रकाश ओझाको साथमा नव-कलाकार माला लिम्बुको मुख्य भूमिका छ ।
mala-and-karisma
चलचित्रले बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजेको छ । पि्रमियरमा पुगेकी नायिका करिश्मा मानन्धरले चलचित्र राम्रो बनेको भन्दै खुशी व्यक्त गरिन् । आरसी पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रले उठान गरेको बिषयवस्तु सकारात्मक छ । चलचित्रलाई प्रदिप भट्टराइले लेखेका हुन् ।
सेन्सरले कसरी पास गर्‍यो यस्ता संवाद ?
चलचित्रमा समावेश केही संवादमाथि चलचित्रकर्मी र पत्रकारले नै औला उठाएका छन् । चलचित्रमा नायक सिद्धार्थ गुरुङ र रविन तामाङले प्रयोग गर्ने केही संवादमा कुनै काँटछाट गरिएको छैन । जसलाई नेपाली समाजमा अपाच्य शब्द भनिन्छ ।
चलचित्र विकास बोर्डबाट सेन्सर बोर्डमा प्रतिनिधित्व गरेका सुरेश दर्पण पोख्रेलले सेन्सरले काट्नु भनेका संवादलाई नकाटिएको बताए । उनले निर्माता राजकुमार राइसँग आफूले कुरा गर्ने बताए । सेन्सरले पास नगरेका दृश्यलाई नकाँटी चलचित्र सार्वजनिक प्रदर्शन गर्न पाइदैन ।






प्रतिक्रिया दिनुहोस्...