धरानबाट भाेजपुरकाे लागि छुटेकाे यात्रु बस भेडेटारमा पल्टिदा २४ घाइते


बस
१६ बैशाख, धरान । तीव्र गतिमा गुडिरहेको यात्रु बस दुर्घटना हुँदा धनकुटाको भेडेटारमा २४ यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बुधबार बिहान धरानबाट भोजपुर यात्रु लिएर हिडेको को १ ख २१५७ नम्बरको सप्तकोसी यातायातको बस दुर्घटना हुँंदा बसमा सवार २४ यात्रु घाइते भएका हुन् । 
पहाडी रुटमा चल्ने चालक नयाँ भएको र अनियन्त्रित गति भएका कारण दुर्घटना भएको घाइतेहरुले बताएका छन् घाइतेहरु सबैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
घाइते हुनेहरुमा धरानका अरुण लिम्बु, भोजपुरकी कुमारी विष्ट, बसका सहचालक धनराज मगर, मोरङ सुन्दरदुलारीका सुर्य चौहान, धरानकी लक्ष्मी विष्ट, खोटाङ निर्मलीडाडाँका सुजन चौहान, भोजपुर कोटका बुद्ध राई, भोजपुरकै महेश प्रधान, धनकुटा लेगुवाका विनोद ढुङ्गाना, इलामका श्याम राई, भोजपुर तिवारीभञ्ज्याङका मणिकुमार राई, धरानका टेकबहादुर कट्वाल, इटहरीका सिंहराज तामाङ र प्रितम अधिकारी, धरानका भोजराज मगर सहितका २४ यात्रु घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। बसका चालक ज्ञानेन्द्र राई भने दुर्घटनापछि फरार रहेको प्रहरीले बताएको छ ।
चालक राईले तिर्ब गतिमा वस हाकेका कारण दुर्घटना भएको घाइते बुद्ध राईले बताए बस धेरै कुदाएपछि हामीले चालकलाई विस्तारै हाँक्न भनेका थियौं, उनले भने तर चालकले यात्रुको आग्रहलाई वेवास्ता गरी बस तीव्र गतिमा हाकेका कारण दुर्घटना भएको हो। साभारःwww.annapurnapost.com





प्रतिक्रिया दिनुहोस्...