नेपालका भूकम्पपीडितलाई फेसबुकको सहयोग



वासिङ्टन : विश्वमै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

फेसबकुले भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्दै अलग्गै बटनको निर्माण गरेको छ । सोही बटनमार्फत आर्थिक सहयोग गर्न समेत उसले अपिल गरेको छ ।

फेसबकुले नेपालमा भएको महाविपत्तिका लागि सहयोग गर्न आह्वान गर्दै आर्थिक सहयोग फेसबुकमै दिइएको खातामै उपलब्ध गराउन सकिने अपिल गरेको छ ।

फेसबकुले २० लाख अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने लक्ष्य लिएको जनाएको छ ।

यसअघि नै गत सोमबार संयुक्त राज्य अमेरिकाले १० हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने बताइसकेको छ ।

फेसबुकमार्फत बङ्गलादेश, भारत र नेपालका नागरिकले रकम जम्मा गर्न थालिसेका छन् । विभिन्न पेसा वा व्यवसायका लागि विश्वका विभिन्न देशमा रहेका उनीहरुले त्यहीँबाटै सहयोग गर्ने जनाएका हुन् ।

गत शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्को शक्तिशाली भूकम्प आएको थियो ।

त्यसपछिका चार दिनसम्म पनि नेपाल सानाठूला गरी करिब सात सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यहाँको जनजीवन आतङ्कित बनेको छ ।

भूकम्पबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ हजार नाघिसकेको छ । त्यस्तै हजारौँ नागरिक घाइते छन् ।उद्धारको काम सशक्तरुपमा हुन सकिरहेको छैन ।

सोर्स-अन्नपूर्ण पोस्ट्




प्रतिक्रिया दिनुहोस्...