अमेरिकाविरुद्ध नेपालको शानदार जीत
काठमाडौं–आयरल्यान्डमा भएको आइसीसी विश्व ट्वान्टी २० छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार जीत दर्ज गराएको छ। नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।
२० ओभरमा अलआउट हुँदै अमेरिकाले २२ रनको लक्ष्य दिएको थियो।

नेपालले दुई बल बाँकी हुँदै ४ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए। अनिल मण्डलले २९ रनको योगदान दिए। कप्तान पारस खड्काले १७ बलमा २१ रन बनाएर नटआउट रहे। विनोद भण्डारी ७ र सागर पुन ६ रन बनाएर पेभेलियन फर्किए। शरद भेषावकर २ रनको अवस्थामा नटआउट रहे।
nepal
यसघि बलिङ गर्दै नेपालका लागि शक्ति गौचन, बसन्त रेग्मीले ३–३ विकेट लिए। सोमपाल कामीको पोल्टामा दुई विकेट पर्यो भने सागर पुनले एक विकेट लिए।
४ ओभर बलिङ गरेका कप्तान पारस खड्काले १० डट बल फाल्दै २४ रन दिए।
सुरुका ओभरमा नेपाली बलरहरुलाई दवाबमा पार्दै अमेरिकालाई आफ्नो स्कोर बढाएको थियो। ४ ओभरमा १ विकेट गुमाउँदा अमेरिकाले १ विकेट क्षतिमा ४१ रन बनाइसकेको थियो।
nepal1
सोमपालले ७ ओभरमा अमेरिकाको दोस्रो विकेट ढालेपछि विस्तारै नेपालले दवाब घटाउँदै लग्यो। ९ ओभरमा ७० रनको स्थितिमा बसन्त रेग्मीले पहिलो विकेट लिँदै नेपालको खेल सम्हालेका थिए। त्यसपछि नेपालका लागि शक्ति गौचनले सशक्त प्रदर्शन गरे। खेलमा शक्ति र बसन्त हावी हुँदै गएपछि अमेरिकाले ठूलो स्कोर बनाउन सकेन।
प्रतिक्रिया दिनुहोस्...