भारतको अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म बाहुबलीले पहिलो दिनमै ५० करोड कमायो


बाहुबलीले पहिलो दिनमै ५० करोड कमायो

फोटो :एजेन्सी
एजे‍न्सी : शुक्रबार रिलिज भएको भारतको अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म बाहुबलीले पहिलो दिनमै ५० करोड कमाइ गरेको छ ।

बाहुबलीले पहिलो दिनमा भारतभर ५० करोड कमाइ गर्दै बलिउडका यसअघिका रेकर्ड तोडेको हो । यो कमाइ आजसम्म बलिउडको पहिलो दिनको सबैभन्दा ठूलो रेकर्ड हो ।

बाहुबली भारतभरका ४ हजार फिल्म हलमा एकसाथ रिलिज भएको छ । २ अर्ब ५० करोड भारुमा बनेको यो फिल्मलार्इ बलिउडमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म भनिएको छ ।
बलिउडका विश्लेषक र बजारमा निगरानी गर्ने तरन आदर्शले ट्वीट गर्दै बाहुबलीले यसअघिका रेकर्ड तोड्द‌ै पहिलो दिनमै ५० करोड रुपैयाँ कमाइ गरेको जानकारी दिएका छन् ।

यो कुनै पनि भारतीय फिल्मको सबैभन्दा धेरै शुरुवाती कमाइ हो ।

अर्कातिर 'बाहुबली द बिगनिङ' ले एकसाथ अर्को रेकर्ड पनि कायम गरेको छ । फिल्मको हिन्दी भर्सनले पहिलो दिनमा ५ करोड १५ लाख भारु कमाइ गरेको छ । यो कुनै पनि दक्षिण भारतीय फिल्मको हिन्दी संस्करणको सर्वाधिक कमाइ हो ।
एसएस राजमौलीले निर्देशन गरेको यो फिल्म निर्माणमै २ अर्ब ५० करोड भारतीय रुपैयाँ खर्च गरिएको छ ।

यो फिल्ममा तेलुगु हिरो प्रभास, राणा दग्गुबाती, तमन्ना भाटिया, राम्या कृष्णन, नसार र सत्याराजले प्रमुख भूमिका निर्बाह गरेका छन् । यो फिल्म बनाउनमात्रै ३ वर्ष भन्दा बढी समय लागेको छ।
 





प्रतिक्रिया दिनुहोस्...