छोराछोरीलाई विषादी खुवाएर विषपान गरेकी महिलाको मृत्यु -


२४ असार, कैलाली । तीन जना सन्तानलाई विषादी खुवाएर आफूलेपनि विषपान गरेकी कञ्चनपुरको दैजीकी महिलाको मृत्यु भएको छ । तीनजना छोराछोरीलाई बिषादी खुवाएर आत्महत्याको प्रयास गरेकी दैजी गाविस ३ धरमपुरकी २८ बर्षीया मीना बोगटीको बुधबार राति महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मिनाले बुधबार अपरान्ह एक नाबालक छोरा र दुई छोरीलाई विषादी खुवाएर आफुलेपनि विषपान गरेको अस्पतालमा तैनाथ प्रहरीले जनाएको छ । आमाले खानेकुरामा मिसाएको बिषादी सेवनबाट गम्भीर बिरामी भएका तीन वर्षीय नरेन्द्र, पाँच वर्षीया जेनु र नौ वर्षीय करुणाको भारतको खटीमास्थित तपन अस्पतालमा उपचार भइरहेको छ ।
मिनालाई अस्पतालले रिफर गरेपनि थप उपचारका लागि अन्यत्र लैजाने आफन्त नआएपछि उनको उपचार नपुगेर मृत्यु भएको हो । महिलाले छोराछोरीलाई बिषादी खुवाउनुको कारण खुलेको छैन् ।






प्रतिक्रिया दिनुहोस्...