टी-२० विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्दै

काठमाडौँ, २५ असार - आगामी वर्ष भारतमा हुने विश्वकप टी-२० क्रिकेट प्रतियोगिताको छनोट खेलमा नेपाल शुक्रबार आज अमेरिकासँग भिड्दै छ।
खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। आयरल्यान्ड र स्कटल्यान्डमा विहीबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन आज नेपालले समूहको पहिलो खेल खेल्न लागेको हो। सबैखाले क्रिकेटमा नेपाल र अमेरिकाले यसअघि १९ खेल खेलेका छन्। जसमा ११ खेलमा नेपाल विजयी भएको छ।
तर, टी-२० क्रिकेटमा भने नेपाल र अमेरिकाबीच भएको एक मात्र खेलमा अमेरिकाले बाजी मारेको थियो। सन् २०१३ मा भएकोे अभ्यास खेलमा ५ विकेटले हारेको नेपाल आज सोही प्रतिद्धन्द्धीलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ।
तर, नेदरल्यान्ड्समा खेलिएकोे चार खेलको अन्तर्राष्ट्रिय श्रृंखला ३-१ ले गुमाएको नेपालको लागि लगभग त्यस्तै मैदान र मौसममा विजयी लयमा फर्कनु त्यति सहज भने हुने छैन। नियमित सुरुआती ब्याट्सम्यानहरु चल्न नसक्दा प्रशिषक पुबुदु दासानायकेले उपकप्तान ज्ञानेन्द्र मल्लाई सुरुमै पठाउन थालेका छन्। शीर्ष स्थानमा ज्ञानेन्द्र र सुभाष खकुरेलको जोडी जम्न सकेको खन्डमा भने नेपालको जितको आधार बन्नेछ।
आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा १४ टोली सहभागी छन्। नेपाल रहेको समूह एमा आयोजक आयरल्यान्ड, अमेरिका, पपुवा न्युगिनी, नामिबिया, हङकङ र जर्सी छन्।
प्रतियोगिताको समूह बीमा अर्को आयोजक स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा, अफगानिस्तान, युएई, केन्या र ओमान छन्। प्रतियोगिताबाट ६ टोली आउँदो वर्ष भारतमा हुने विश्वकप टी-२० का लागि छानिने छन्। दुबै समूहका विजेता सोझै विश्वकपमा छानिने छन् भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले प्ले अफ खेल्ने अवसर पाउनेछन्। प्ले अफबाट विश्वकप टी-ट्वेन्टीका लागि छानिने चार टोलीको टुंगो लाग्ने छ।