विमलको ह्याट्रिकमा नेपालद्वारा भुटान पराजित


फोटो :फाइल फोटो
प्रथम यु–१९ साफ फुटबल
काठमाडौं : काठमाडौंमा बिहीबारबाट शुरु पहिलो यु–१९ साफ च्याम्यिन्सिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाले भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

विमल घर्तीमगरले ह्याट्रिक गरेपछि नेपालले भुटानलाई सजिलै पराजित गरेको हो । नेपाललाई जिताउने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेका विमलले खेलको १० औं मिनेटमा खाता खोलेका थिए ।

तर, विमलले गोल गरेको एक मिनेट नबित्दै भुटानले जबाफ फर्काउँदै बराबरी ग¥यो । सोनाम तोग्बेले भुटानलाई बराबरीमा ल्याएका थिए ।

आक्रमक खेल खेलेको नेपालका लागि विमलले पनि आज उत्कृष्ट खेल पस्के । उनले खेलको २९ औं मिनेटमा भुटानलाई स्तब्ध बनाए । उनले सुन्दर स्ट्राईकिङ कला देखाउँदै नेपाललाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा २–१ को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि अर्को गोल थप्यो । यो पटक पनि खेलको ६२ औं मिनेटमा विमलले नै गोल गरे । तेज तामाङले दिएको सुन्दर पासलाई विमलले सदुपयोग गर्दै ह्याट्रिक पनि पुरा गरे ।

विश्वास श्रेष्ठलाई लडाएपछि खेलको ७३ औं मिनेटमा पेनाल्टीलाई भने विमलले खेर फाले । उनले हानेको पेनाल्टी पोस्टबाट बाहिरिएको थियो । भुटानलाई हराएपछि नेपालले सेमिफाइनलको यात्रा पनि सहज बनाएको छ।






प्रतिक्रिया दिनुहोस्...