राजधानीमा फिल्म हेर्दाहेर्दै हलभित्रै सेक्स


एजेन्सी - पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ । शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो । घटना भारतको राजधानी नयाँदिल्लीको हो । 


दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो । पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए । 
प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए । 
श्रोत : दैल्निक नेपाल डट कम 





प्रतिक्रिया दिनुहोस्...