एमाओवादी पार्टीमा अर्को लफडा


पहिलो संविधानसभा चुनावमा पहिलो दल हुन सफल एमाओवादी पार्टीमा एक पछि अर्को लफडाले घर बनाएको छ।
काठमाडौं, माघ २९ - पहिलो संविधानसभा चुनावमा पहिलो दल हुन सफल बर्तमान एमाओवादी पार्टीमा एक पछि अर्को लफडाले घर बनाएको छ ।


१० वर्षे जनसंघर्ष पछि शान्ती बार्ताहुँदै राजनीतिक मुलधारमा आएको तत्कालिन माओवादी दलले जनताका पक्षमा राम्रै काम गर्ला भन्ने आशाका साथ निमुखा जनहरुले उसलाई पहिलो संविधानसभा चुनावमै पहिलो दलको बिल्ला भिराई दिए । तर लामो एकान्तवास पश्चात एक्कासी शहर पसेको दलमा एक पछि अर्को लफडा र स्टन्टहरु देखिन थाले । फलस्वरुप उक्त दल सम्हाल्नै नसकिने गरि धेरै चिरामा छरपस्ट भैसकेको छ ।


कहिले दलकै निर्बाचित मन्त्रीले कर्मचारी कुट्ने काम गरेर चर्चा बटुले त कहिले दलका उपल्ला ओहदाका नेता सर्वसाधारणको हत्या आरोपमा जेल चलान भए । यति मात्र भए त ठिकै थियो । दलका अध्यक्ष आफैपनि स्टन्ट देखाउन आतुर देखिए । कहिले प्रधानसेनापति जिस्काउन त कहिले सार्वजनिक रुपमै रौइदिने । यति भएर पनि जनतालाई दिएको बाचा अनुसार काम गरेको भए त राम्रै हुन्थ्यो ।


सहीदका आफन्तले प्रशंसै गर्थे । गल्ति गर्ने अनि सार्वजनिक रुपमा माफी माग्ने बानीका कारण दलका नेता तथा कार्यकर्ताहरु दिक्कै भए । र फलस्वरुप एक पछि अर्को गर्दै दल फोड र दल छोड कार्यमा नेता तथा कार्यकर्ताहरुको सहभागिता देखियो । फलस्वरुप केही वर्षके अन्तरालमा दल धुजाधुजा हुन पुग्यो र दोस्रो संविधानसभा चुनावमा तेस्रो दलमा समेटिन बाध्य भयो ।


यति भएर पनि दलका अध्यक्षको चेतना खुलेन र अहिले आएर अर्को स्टन्ट गर्न पुगे । विवादस्पद  व्यक्ति ल्यारक्याल लामालाई पार्टीकातर्फबाट समानुपातिक सभासदमा मनोनित गरेर । दलमा नेतै नभए जस्तै गरि उनले एमाले तर्फबाट मन्त्री सम्म बनिसकेका र दोहोरो नागरिकता विषयमा विबादमा फसेका लामालाई समानुपातिक सभासद जस्तो गरिमामय पदमा बिराजमान गराई दिएका छन् ।


अध्यक्ष प्रचण्डको पछिल्लो स्टन्टका कारण उक्त दलका नेता तथा कार्यकर्ताहरु मरमाहत भएका छन् । दलका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नोट अफ डिसेन्ट दर्ता गराउँदा गराउँदै पनि आखिर प्रचण्डले लामालाई किन सभासदमा मनोनित गरे त ? भन्ने प्रश्नले दलमा भुमुरोको काम गरिरहेको छ । 





प्रतिक्रिया दिनुहोस्...