संसारकै सबैभन्दा खतरनाक जेल, एक-अर्कालाइ मारेर खान्छन यहाँका कैदी
(अफ्रिकी देश रूवाण्डाको गीतारामा सेन्ट्रल जेल)
मिडिया एनपी, काठमाडौं । जेलको मतलब त हामी सबैलाइ थाहानै छ, तर जुन जेलको कुरा यहाँ गर्न लागिएको छ, त्यो केही फरक खालको छ । हुन त लगभग सबै जेलहरूमा कैदिहरूको जिन्दगीको अबस्था निकै नराम्रो हुने गर्दछ तर संसारमा केही यस्ता जेलहरूपनि छन, जहाँ कैदिहरूको जीवननै खतरामा हुन्छ । यस्तै एक जेल हो गीतारामा सेन्ट्रल जेल, जुन अफ्रिकी देश रूवाण्डामा रहेको छ । यो जेलको गिन्ती संसारकै सबैभन्दा खतरनाक जेलहरूमा गर्ने गरिन्छ ।
अचम्मको कुरा त यस जेलमा सुरक्षाकर्मिहरूद्वारा कैदिहरूलाइ पिट्ने गरिन्न, यहाँ त यहाँका कैदीहरूनै एक अर्कालाइ कुटपिट गर्दछन, र यो पनि भनिन्न कि यहाँका कैदीहरू अन्य कैदीहरूलाइ मारेर उनीहरूको डेड बडी खाने गर्दछन । यस जेलमा कैदिहरूको क्षमता ६०० छ, तर यसमा ७ हजार भन्दा धेरै कैदीहरू राखिन्छ ।
यस जेलमा कैदिहरू बस्नका लागी यति कम ठाउँ रहेको छ कि उनीहरूलाइ रात-दिन उठेरनै समय कटाउनु पर्ने हुन्छ । धेरैजसो कैदी फोहोर र चिसो ठाउँमा उभिने गर्दछन । जसका कारण उनीहरू खतरनाक रोगहरूको शिकार हुने गर्दछन । यस जेलमा हरेक दिन करिब ८ जना मानिसहरूको मृत्यु फरक फरक रोगहरूका कारण हुने गर्दछ । बिभिन्न मानवाधिकार संगठनहरूले यस कुराको विरोध गर्दछन, तर विरोध जति भएपनि यहाँका कैदीहरूको जीवन स्तरमा कुनै सुधार भएको छैन ।