शुक्रबार १ फागुन, २०७१
विश्व साइकल यात्री पुष्कर शाह 'संसारलाई साढे पा"च फन्को' किताब लेखेर चर्चामा छन्। उनले गरेको यात्रा मात्रै रोचक छैन, उनको प्रेमजीवन पनि उत्तिकै रोचक छ।
किताबको प्रमोसनमा व्यापक लाग्नुभएको छ नि?
किताब पनि चकलेटजस्तै हो, जसभित्र विभिन्न प्याकेज हुन्छन्। यसलाई बिक्री गराउनु र थुप्रै मान्छेमाझ पुर्याूउनु लेखक, प्रकाशकको पहिलो कर्तव्य हुन जान्छ। त्यसैले यसको प्रमोसनमा देशदौडाहामै छौँ।
किताबमा कति प्रतिशत सत्य लेख्नुभएको छ?
के म झुटको खेती गर्दैछु? मानिसहरूलाई किन ढाँट्ने? मसँग भएका कथाहरूको केही प्रतिशतमात्र किताबमा आएको हो। यसको बम्पर प्याकेज त आउन बाँकी नै छ। किताबमा उल्लिखित सबै कुरा सही हुन्, सत्य हुन्।
किताबमा त सेक्स, बियर र प्रेम मात्र छन् त। बदनामै भइयो नि है मान्छेहरूमाझ?
तपाईंले के बदनामीको कुरा गर्नुभएको? सिंगो धर्ती नै सेक्सबिना बाँच्न सक्दैन। बदनाम भएको, नांगिएको भन्ने तपाईंको आरोपलाई म मान्दिनँ। सही हो, यात्रामा म बियर खाँदै, सुन्दर युवती खोज्दै हिँडेको हुँ। मलाई यति भन्न कुनै लाज छैन। यति सत्य बोलेर कोही बदनाम हुन्छ भन्ने म सोच्दिनँ।
विश्वका अनेक देशका युवतीसँग रोमान्स गरेको छु भन्नुहुन्छ। संसर्गका फरक–फरक स्वाद लिनुभयो...
खासमा सेक्समा केही फरक हुँदैन। सबैसँग हुने आनन्द उति हो। यसलाई बढी नै रहस्यमय कुरा बनाइयो, त्यो जरुरी छैन। सेक्सको अभिव्यक्ति, भाषा मात्र फरक हो। यौनको संकेत भाषा, इमोसनको भाषा, प्रेमको भाषा सबैतिर एउटै हुन्छ। हाम्रो यहाँ बत्ती निभाएर एक–अर्काका अंग पनि नहेरी सेक्सको आनन्द लुटिन्छ। पश्चिमाहरू खुला छन्, उनीहरूमा लाज कम छ। समुद्री किनारमा, पार्कमा उनीहरू जहाँ पनि रमाइलो गर्छन्।
कुन देशका युवती सबैभन्दा सुन्दर लागे तपाईंलाई?
मैले त्यो एंगलमा त सोचेकै रहेनछु। त्यो त हेर्ने आँखा र बुझ्ने मनमा फरक पर्छ होला। कुनै बेला लामो समय मैले संगत गरेका युवतीलाई सम्झेर भनुँला है।
पहिलो सेक्सको कथा हाल्नुस् त।
१५ वर्षको थिएँ। ८ कक्षामा पढ्थेँ। जन्मथलो दोलखामै। एक दिन स्कुलबाट फर्कंदै थिएँ। मेरै उमेरकी केटी पनि सँगै थिई। बर्खाको समय, ठूलो पानी पर्योथ। खोला तर्न सकिएन। ओढारमा ओत लागेर बसेका थियौँ। पत्तै नपाई हामी एकअर्कासँग टाँसिएछौँ। दह्रो अंकमाल भएछ। आफूलाई थाम्न सकेनौँ। त्यसपछि त बैँसको पहिलो अनुष्ठान सम्पन्न भइहाल्यो नि।
त्यो प्रेम थियो त?
थिएन। त्यहा" मात्र वासना थियो। त्यसपछि उनीसँग कुनै सम्बन्ध बाँकी रहेन।
पहिलो प्रेमको किस्सा पनि सुनाउनुस् न।
म उसलाई भावुकता भन्थेँ। ०४४/४५ सालतिर कलेज पढ्दा म उसलाई औधी प्रेम गर्थें। तर, हामीबीच ठूलो खाडल थियो, आर्थिक असमानताको। म उसलाई बिहे गरेर गाउँ लैजान चाहन्थेँ। शहरमा हुर्केबढेकी ऊ मसँग गाउँ जान तयार थिइन। र, यसरी १० वर्षभन्दा लामो हाम्रो प्रेम टुट्यो।
पहिलो प्रेम टुटेपछि रुनुभएन?
आ"शु भित्रै रोकियो, बाहिर आएन।
प्रेम पत्र कति लेखियो?
असंख्य।
अहिले उनको सम्झना आउँदैन?
– आउँछ नि। निकै आउँछ। तर, ऊ अहिले आफ्नै जिन्दगीमा खुशी छे, आफ्नै परिवारसँग।
भावुकतासँग दैहिक सम्बन्ध पनि राख्नुभयो?
प्रेममा सेक्स त भइहाल्छ नि। एकैदिनमा हामी पाँचपटकसम्म सेक्स गर्थ्यौं। ती दिन सम्झ"दा अहिले पनि निकै रोमाञ्चित हुन्छु।
मतलब, सेक्स भनेपछि तपाईं मरिहत्ते नै गर्नुहुन्छ?
त्यस्तो होइन। मैले महात्मा गान्धीले जस्तो एउटै बेडमा दुईजना नग्न युवतीसँग सुतेर पनि सेक्स गरिनँ। म आफूमा प्रयोग गर्न चाहन्थेँ। त्यो प्रयोग मैले सफल रूपमा गरेँ। यौनको नियन्त्रण गर्नु चानचुने कुरा होइन रहेछ।
पुष्कर शाहको आँखामा पुष्कर शाह के हो?
शून्य बिन्दुमा अड्किएको एउटा मांसपिण्ड हो।
जीवनमा गरेको ठूलो अपराध के हो?
अफ्रिकाको लेसोथो भन्ने देशमा घुम्न जा"दा म्युजियममा डाइनोसरको हड्डी देखेँ। त्यो सानो टुक्रा हड्डी म्युजियमको कर्मचारीलाई घुस खुवाएर लिएर आए"। अहिले पनि डाइनोसोरको हड्डी मस"ग छ।
विश्वयात्रामा तपाईंलाई विवाहका प्रस्ताव पनि त आए होलान्?
आए। एघारभन्दा बढी विवाहका प्रस्ताव आए मलाई। तर, जति नै प्रस्ताव आए पनि म स्वीकार गर्दिनथे"। किनभने, मेरो मिसन विश्व घुम्नु थियो, विवाह गर्दै श्रीमती बटुल्दै हि"ड्ने थिएन।
कुन–कुन देशका युवतीले बिहेको प्रस्ताव गरे?
– पहिलो विवाहको प्रस्ताव हङ्कङकी युवतीले गरिन्। दोस्रो र तेस्रो प्रस्ताव अमेरिकी युवतीबाट आए। चौथो प्रस्ताव आयो, क्युबालीबाट। उनी मस"ग बिहे गरेर क्युबा छोड्न चाहन्थिन्। पाँचौँ प्रस्ताव गर्ने थिइन्, भेनेजुएलाकी सुन्दरी। अति राम्री थिइन्। भेनेजुएलाका केटीहरू यसै पनि राम्रा हुन्छन्। पेरु, ट्युनिसिया, फ्रेन्च गुएना, नामिबिया, बुरुन्डी आदि देशका युवतीबाट विवाहका प्रस्ताव आए। गरिब देशका मान्छेलाई हामी फिरन्ते धनी मान्छे हौँ भन्ने लाग्दो रहेछ र तिनीहरूले विवाह प्रस्ताव गर्दा रहेछन्। धनी देशका युवतीलाई चाहि" हामी साहसिक मान्छे हौँ भन्ने लाग्दोरहेछ। एघारौँ विवाह प्रस्ताव नर्वेकी युवतीको थियो। त्योचाहि" सिरियस लभ थियो भन्ने लाग्छ। तिनको बारेमा किताबमा पनि लेखेको छु। उनको नाम तोभा थियो। मेरो लागि प्रेमिका, जीवनसंगिनी ठूलो थिएन। साइकल ठूलो थियो। त्यसैले तीमध्ये कसैको प्रस्तावलाई पनि मैले स्विकार्न सकिन"।
ती सबैलाई प्रेम गर्नुभयो?
प्रेम भावुक कुरा रहेछ। प्रेम नै थियो तिनीहरूस"ग।
विश्व घुम्नुभयो। यो कस्मेटिक दुनिया"मा प्रेम गर्ने केटीहरूले के हेर्दारहेछन्?
युवतीहरू आर्थिक रूपले सम्पन्न पुरुष हेर्छन्। त्यसैले त्यो प्रेम आफूलाई गरेको हो कि पैसालाई, छुट्याउन सकि"दैन।
प्रेम गर्ने युवायुवतीलाई केही टिप्स छन्?
तिमीहरू जोस"ग जिउन चाहन्छौ, मर्न चाहन्छौ र निकै प्रेम गर्छु भन्छौ, एउटा पूरा रात नग्न भएर बिनासेक्स सुतिहेर। तिमीहरूको त्याग त्यहीँ देखिन्छ।
धेरैलाई प्रेम गर्नुभएछ। सम्झनामा आइरहने प्रेमिका को–को हुन्?
भावुकता, सुगन्ध र सुम्निमा। यी तीनजनालाई म हर पल सम्भि्करहन्छु।
साह्रै मज्जाको छ है तपाईंको जिन्दगी?
हरेक क्षण आनन्द लुट्ने संसारका थोरै मान्छेहरूमा म पनि एक जना हु" भन्ने मेरो दाबी छ।
संसार घुम्नुअघि खल्तीमा सुको थिएन भन्नुहुन्छ। मागेरै घुम्नुभयो दुनियाँ?
शुक्रवार पत्रिकामा साहित्यकार कुमार नगरकोटीले 'म सुपर पापी हुँ भनेजस्तै म आफूलाई 'सुपर माग्ने' सोच्छु। किनभने, मैले मागेरै संसार घुमेको हु"। फरक यति छ, पहिले संसार घुम्दा म भात माग्थेँ, अहिले वाइन वा बियर मागिरहेको हुन्छु।
दीपक सापकोटा
नागरिक न्युज बाट
१५ वर्षको थिएँ 'ओढारमा पहिलो सेक्स'......