थप दुईवटा ठूला विद्युत आयोजनाको पि.डि.ए प्रक्रिया शुरु


 लगानी बोर्डले थप दुईवटा ठूला जलविद्युत आयोजनाको विकास सम्झौता पि.डि.ए गर्ने प्रक्रिया अघि बढाएको छ । माथिल्लो कर्णाली र अरुण तेस्रोको पिडिए गरिसकेको लगानी बोर्डले अपर मस्र्याङ्दी र तमाकोसी–३ जलविद्युत आयोजनाको पिडिए गर्ने तयारी सुरु गरेको बोर्ड श्रोतले जानकारी दिएको छ । अपर मर्याङ्दी आयोजनामा ६ सय मेगावाटको हुने प्रारम्भिक अध्ययनले देखाई सकेको छ ।

मस्र्याङ्दीमा लगानी गर्न माथिल्लो कर्णलीको प्रर्वद्धक भारतीय कम्पनी जिएमआरले नै चासो देखाएको छ । ६ सय ५० मेगावाटको तमाकोसी–३ को निर्माणमा भने नर्बेजियन कम्पनी स्टेटक्राफ्टले लगानी गर्ने बोर्डले जनाएको छ । यसअघिका दुईवटा आयोजनाको पिडिएमा आधारित भएर अन्य आयोजना सम्बन्धी वार्ता अघि बढाईएको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार अघिल्ला सम्झौतालाई सैदान्तीक आधार बनाएर बार्ता गरिने भएकाले दुबै आयोजनाको पिडिए टुङ्गीन लामो समय नलाग्ने छ ।

अपर मर्स्याङ्दी लमजुङ र मनाङको सिमानामा निर्माण हुनेछ भने तामाकोसी–३ आयोजना दोलखा जिल्लामा पर्दछ । दुबै आयोजनाको पिडिए बार्ता अबको एक–दुई सता भित्रै सुरु हुने गर्ने तयारी गरिएको छ । दुई आयोजनको निर्माणमा झण्डै २ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यी दुवै आयोजनाले सन् २००७ मा इजाजत पाएका हुन् ।

स्वदेशी लगानीले ठूला आयोजना निर्माण गर्न नसकिने भएकाले विदेशी लागानीलाई प्रोत्साहन गर्न बोर्डले विभिन्न आयोजनको पिडिएमा तिव्रता दिएको छ ।





प्रतिक्रिया दिनुहोस्...