एन्ड्रोइड फोन किनेपछि यी ४ कुरा गर्न नभुल्नुहोला!!


गिफ्टमा पाएको होस् या आफैलाई स्याबासी दिन होस्, एन्ड्रोइड फोन वा ट्याबलेट किनिसकेपछि कतिबेला खोलेर चलाउँ जस्तो हुने मलाई मात्रै त पक्कै होइन होला!

तर खाना बनाउनु अगाडि आगो बाल्नुको जरुरी जस्तै फोन सुचारु गर्नु अघि केही चरणहरूको तपाईँले पालना गर्नुपर्ने हुन्छ।

हामी तपाईँहरूलाई ती चरणहरू तस्विर सहित श्रिङ्खलाबद्ध रूपमा प्रस्तुत गर्ने छौँ। चिन्ता नगर्नुहोस्, यी चरणहरू सजिला छन्।
हरेक एन्ड्रोइड फोनको आफ्नै अाफ्नै छुट्टै विशेषताहरू हुन्छन्, तर भित्रीरूपमा हेर्दा सबै एन्ड्रोइड फोनहरू उस्ता-उस्तै हुन्छन्।
अब केही चरणहरू तल हेर्नुहोस्।

  
१. सिम कार्ड राखेर पिन नम्बर प्रदान गर्नुहोस्

यदि तपाईँसँग सेवा सुचारु भईसकेको सिम कार्ड छ भने, नयाँ फोनमा सिम राख्नुहोस्। फोन खोलेपछिको पहिलो चरण भनेको सिमको पिन नम्बर राख्नु हो, जुन तपाईँको सिमको प्याकेजमै सम्मेलित हुन्छ।
२. भाषा छनोट गर्नुहोस्
सिम र पिन नम्बर राखिसकेपछि गर्नु पर्ने अनिवार्य कुरा भनेको आफ्नो भाषा छनोट गर्ने हो। एन्ड्रोइड फोनहरूमा नेपाली भाषा सम्मेलन नहुने भएकोले, अङ्ग्रेजी नै छान्नुपर्ने र सबैलाई अङ्ग्रेजी नै सजिलो हुने भएकाले त्यही नै छान्नुहोस् र 'स्टार्ट' (Start) बटन क्लिक गर्नुहोस्।
३. वाई-फाई (Wifi) नेटवर्क छनोट गर्नुहोस्
यदि तपाईँ वायरलेस नेटवर्क (Wireless Network) को सीमा भित्र हुनुहुन्छ भने कनेक्सन सुचारु गर्न सक्नुहुन्छ। तर कुनै पनि वायरलेस नेटवर्कको सीमा भित्र पर्नुहुन्न भने 'स्कीप' (Skip) बटन क्लिक गरेर अरू सेवा हेर्न सक्नुहुन्छ। वाई-फाई छनोट गर्नको लागि त्यहाँ देखाईएको नेटवर्क मध्ये आफ्नो नेटवर्क छानेर त्यसको पासवर्ड टाइप गर्नुहोस् र वाई-फाई सँग कनेक्सन गर्नुहोस्।


४. गुगल एकाउन्टमा लग-इन गर्नुहोस् 
आफ्नो स्मार्टफोनबाट गुगलको सेवा र याप्सहरू उपयोग गर्न चाहनुहुन्छ भने तपाईँसँग गुगलको एकाउन्ट हुन जरुरी हुन्छ।
एन्ड्रोइडबाट गुगल एकाउन्ट कसरी बनाउने?
यदि तपाईँसँग गुगलको एकाउन्ट छ भने त्यसको विवरण दिनुहोस् र केही नियमहरूको पालना गर्न सहमत हुनुपर्ने हुन्छ। 'होइन! म अहिले वाई-फाई छनोट गर्दिन भन्नुहुन्छ' भने 'नट नाउ' (Not Now) भन्ने विकल्प पनि हुन्छ, त्यसमा क्लिक गर्नुहोस्।
त्यसपछि आफ्नो फोनलाई व्यक्तिगत रूपमा बदल्न सक्नुहुन्छ। 
तपाईँलाई स्क्रिनको फोटो मन परेन? परिवर्तन गर्नुहोस्।
स्क्रिन बढि उज्यालो भयो? सेटिङ्गमा गएर 'ब्राइटनेस' घटाउनुहोस्। 
फोनमा पासवर्ड राख्न चाहनुहुन्छ या रिङ्गटोन परिवर्तन गर्न चाहनुहुन्छ? सबे चाहे अनुसार बनाउन सक्नुहुन्छ!
ल भन्नुहोस्, तपाईँलाई तपाईँको नयाँ फोन कस्तो लाग्यो?





प्रतिक्रिया दिनुहोस्...