आफैंले जन्माएको शिशु वाग्मती नदीमा फाल्ने युवती पक्राउ


काठमाडौं, २४ असार आफैंले जन्माएको शिशु वाग्मती नदीमा फ्याल्ने एक युवती काठमाडौंबाट पक्राउ परेकी छिन् । चार दिन अघि आफैंले जन्माएको शिशु वाग्मती नदीमा फ्याल्ने क्रममा काभ्रे गोकुले ५ घर बताउने २२ वर्षीया कान्छी माया तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।




चार दिन अगाडि छोरा बच्चा जन्माई झोलामा हाली वाग्मती नदिमा फाली भाग्न लागेको अबस्थामा गौशालावृत्तवाट खटिएको प्रहरी टोलीले सूर्यघाटबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


 पक्राउ परेकी तामाङ र उनको शिशुलाई प्रशुति गृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्...