राहदानी विभागले निकाल्यो जरुरी सूचना


परराष्ट्र मन्त्रालय अन्तगर्त राहदानी विभागले जरुरी सूचना प्रकाशित गर्दै आगामी मंसिर ८ गते पछि हस्तलिखित राहदानी नचल्ने भन्दै तत्काल एमआरपी बनाउन अनुरोध गरेको छ ।



देशभित्र र विदेशमा रहेका नेपालीहरुलाई एमआरपी बनाउन अनुरोध गरेको राहदानी विभागले विदेशमा हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी एमआरपी बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरेको छ ।

सूचना यस्तो छः
राहदानी विभागको अत्यन्त जरुरी सूचना
यही नोभेम्बर २४, २०१५ (तद्नुरुप २०७२ मंसिर ०८ गते) पछि सम्पूर्ण हस्तलिखित राहदानीहरु नचल्ने (मान्य नहुने) भएकोले जतिसक्दो छिटो MRP बनाउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ । साथै विदेशमा हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी MRP बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ।





प्रतिक्रिया दिनुहोस्...