सुनको मूल्य फेरी घट्यो


काठमाडौं, भदौ १६ । पछिल्ला दिन उकालो लाग्दै गएको सुनको भाउ बुधबार ओरालो लाग्यो ।
अ न्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय ५५ रुपैयाँले झरेर ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ५१ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर ६ सय ७५ रुपैयाँमा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ३८ डलरको हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...