कांग्रेसको कार्यालयमा पेट्रोल छर्केर आगजनी


फोटो :फाइल फोटो
मधेसी मोर्चाका कार्यकर्ताले जलाएको आशंका
सुनसरी : अज्ञात समूहले सुनसरीको इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ । बन्द अवस्थामा रहेको कार्यालयमा बुधबार साँझ भनवको पछाडिको भागबाट पेट्रोल छर्केर आगो लगाइएको हो ।

आगो लगाइएपछि स्थानीयबासीले तत्काल प्रहरीलाई खबर गरेका थिए । आगो फैलन नदिइ प्रहरी नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन । कांग्रेसको कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।

आगजनीबाट कार्यालयको एउटा कोठा र त्यहाँ रहेका कागजपत्र जलेर नष्ट भएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सुरक्षा दिइरहेको छ ।

कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले आगजनीको भत्र्सना गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । प्रहरीले घटनाको मुचुल्का तयार गरी आक्रमणकारीको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले बताए ।






प्रतिक्रिया दिनुहोस्...