मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी बिट जलाए


फोटो :फाइल फोटो
गौशाला : बिहानैदेखि नारा जुलुससहित प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।

पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै आगजनी गरी ध्वस्त बनाएका छन् ।

चारैतिरबाट काठ र माथिबाट जस्तापाताले बनाइएको प्रहरी बिटमा आन्दोलनकारीले पेट्रोल छर्कदैँ आगजनी गरी नष्ट बनाएका हुन् ।

सो बिटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्दै प्रहरीलाई खेदेको समेत आन्दोलनकारीले जनाएका छन् ।

यता प्रहरी उपरीक्षक सौरभ राणाले प्रहरी बिट खाली रहेका बेला आन्दोलनकारीले बिटमा आगजनी गरेको बताए ।

१९ दिनदेखि चर्किदै गएको आन्दोलनले महोत्तरीमा मङ्गलबारदेखि उग्ररुप लिएको छ । अहिले सदरमुकाम जलेश्वरको अवस्था तनाबग्रस्त बनेको छ । रासस






प्रतिक्रिया दिनुहोस्...