काठमाडौं, भदौ १६ । पछिल्ला दिन उकालो लाग्दै गएको सुनको भाउ बुधबार ओरालो लाग्यो ।
अ न्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय ५५ रुपैयाँले झरेर ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ५१ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर ६ सय ७५ रुपैयाँमा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ३८ डलरको हाराहारीमा कारोबार भएको थियो ।
अ न्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय ५५ रुपैयाँले झरेर ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ५१ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर ६ सय ७५ रुपैयाँमा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ३८ डलरको हाराहारीमा कारोबार भएको थियो ।
मुक्तिनाथ (मुस्ताङ): हिमालपारिको जिल्ला मुस्ताङको धार्मिकस्थल मुक्तिनाथका युवा गाउँ फर्केर होटेल व्यवसायमा लगानी गर्न थालेका छन्।
हिन्दु र बुद्धिष्टहरूको पवित्र तिर्थस्थल मुक्तिनाथ आउने धार्मिक पर्यटक र पदयात्रीको संख्या बर्सेनि बढ्दै गएपछि यहाँका युवाले पर्यटन क्षेत्रमा लगानी बिस्तार गरेका हुन्।रोजगारीका लागि विदेश तथा स्वदेशकै विभिन्न सहरमा पुगेका युवा अहिले गाउँ फर्केर दुई करोडदेखि आठ करोडभन्दा बढीको लगानीमा नयाँ होटेल बनाउन थालेका छन्। गत पाँच वर्षदेखि यहाँ होटेलमा लगानी बढेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन्।
पछिल्लो समयमा आठवटा सुविधा सम्पन्न होटेल निमार्णको क्रममा रहेको उनले बताए। एउटा होटेल कम्तीमा दुई करोडदेखि आठ करोड लगानीमा निमार्ण भइरहेको उनले जानकारी दिए।
हालै तीन करोड लगानीमा निमार्ण गरी सञ्चालनमा ल्याएको होटेल ग्रयान्ड सम्वेला लिमिटेडका सञ्चालक नाम्ग्याल वाङदी (सुरज गुरुङ) आन्तरिक पर्यटकले मात्रै पनि व्यवासाय चल्ने विश्वासमा होटेलमा लगानी गरेको बताउँछन्। पदयात्रामा ठूलो संख्यामा पर्यटक आउने भएकोले पनि मुक्तिनाथमा पर्यटन व्यवसायको राम्रो सम्भावना रहेको उनको भनाइ छ।सानै उमेरदेखि जन्मथलो छाडेर अध्ययनका लागि काठमाडौं पुगेका उनले उतै रेस्टुरेन्ट व्यवासय सुरु गरेका थिए। व्यवसायबाट कमाएको रकम र ३५ प्रतिशत ऋण बैंकबाट लिएर तीन करोडको लगानीमा होटेल सञ्चालनमा ल्याएको उनले बताए।
एउटा होटेल कम्तीमा दुई करोडदेखि आठ करोड लगानीमा निमार्ण भइरहेको छ। अमेरिकाको ज्याक्सन हाइटमा याक रेस्टुरेन्ट सञ्चालन गरेका स्थानीय सोनाम लामा पनि करिब आठ करोड लगानीमा मुक्तिनाथमा होटेल निमार्ण गरिरहेका छन्। आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले भाइले सुबिधा सम्पन्न होटेल निमार्ण गरिरहेको उनका दाजु तोपचेङ गुरुङले बताए।विदेशमा रहेका र स्वदेशमै विभिन्न सहरमा व्यवसाय गरेका युवा गाउँ फर्केर पर्यटनमा लगानी गरेको उनले सुनाए।लामो समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आएका प्रेम गुरुङले पनि गाउँ फर्केर होटेलमा लगानी गरेका छन्। पर्यटन व्यवसायको भविष्य उज्वल देखेर तीन करोड बढीको लगानीमा ३१ वटा एटेच, स्विट र डिलक्स रुम बनाउँदै गरेको गरेको उनी बताउँछन्।विदेशमा र स्वदेशमा कमाइ गरेर फर्केका युवा मात्र होइन लामो समयदेखि मुक्तिनाथमै होटेल व्यवासय सञ्चालन गरेका व्यवसायीले पनि होटेलमा करोडौको लगानी बिस्तार गरेका छन्।विश्वमै प्रख्यात अन्नपूर्ण पदयात्रामा पर्ने भएकोले पनि मुक्तिनाथमा विदेशी पर्यटकको आगमन बाक्लो हुन्छ।यहाँको प्राचीन कला, संस्कृति, नीलगिरी, धौलागिरीलगायतका उच्च हिमाल पर्यटकका लागि मुख्य आकर्षण हुन्। लम्जुङको बेशीसहरबाट पदयात्रा सुरु गरी मनाङ याकखर्क हुँदै समुन्द्र सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङपास भएर बर्सेनि लाखौ पर्यटक मुक्तिनाथ आइपुग्छन्। मुक्तिनाथ समुुन्द्र सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा छ।
भक्तपुर: सिन्धुपाल्चोक मुढेका अरुण खड्का वैशाख १२ को भूकम्पले घर भत्काएपछि राजधानीमा घर बनाउने सोचमा थिए।
भक्तपुर भित्रीस्थानमा रहेको ११ आना जग्गा २० लाखमा बेचेका उनले ३० लाख थपेर लोकन्थलीमा तीन आना जग्गा पनि किने। घर निर्माण गर्न नक्सा पासका लागि मध्यपुरठिमी नगरपालिका पुग्दा उनको जग्गामा घर बनाउन नमिल्ने सुनेपछि उनी चकित परे।
अरुणकी पत्नी अनिता भन्छिन्, 'सँधियारले साढे दुई आनामा घर बनाइसकेको छ, अर्को छिमेकीले पनि थोरै जग्गामा घर बनाएको छ। उत्तिकै जग्गामा मैले बनाउन नपाउने? सरकारी नियम सबैलाई एउटै हुनुपर्ने होइन? '
भूकम्पपछि सरकारले साउन तेस्रो साता भवन निर्माण गर्दा विभिन्न ५० जति आधार पूरा गर्नुपर्ने नियम सार्वजनिक गर्यो। अरुणले अन्नपूर्णसँग भने, '१९ मिटर मोहडा छ, एक एक फिट दायाँबायाँ छाड्दा ६.६ इन्च हुन्छ।
दुई फिटको पिलर राख्नुपर्छ, चार फिटको ढोका अनि दुई इन्च प्लास्टर राख्दा त बचेको ६.४ फिटमा त बाथरुम पसेजस्तो घर हुने भयो। अब के दुई चार आना हुने हामी जस्ताले घर बनाएर बस्न नपाउनु? 'घर बनाउने तयारीमा रहेकी राधिका राउत भूकम्प आएयता रनभुल्लमा छिन्।
लोकन्थलीमै रहेको तीन आना जग्गामा घर बनाउन ल्याएको बालुवा पानीले बगाइसक्यो, रड खिया परिसक्यो, इँटा र गिटी चोरी भइरहेको छ, सिमेन्ट पोको परिसक्यो। उनले भनिन्, ‘दुःख गरी कमाएको पैसाले थोरै जग्गा किन्न सक्यौं। घर बनाउन पाएका छैनौं। नयाँ मापदण्डले पाइन्न भने चोरबाटो अपनाउने हो। भोलि नगरपालिकाले भत्काउन पाउँदैन।'
ठिमीकै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँच आना जग्गा भएका श्री खड्काले पनि यस्तै समस्या भोग्नुपरेको छ । पिलरबिनाको कलंकीको घर भत्काएपछि नयाँ घर बनाउन थालेका उनले भने, ‘२८ फिट मोहडा छ र पनि घर बनाउन पाउने अवस्था रहेन, कम्तीमा ६ आना जग्गा चाहिने भएपछि के गर्ने? '
आयोजनाभित्र मात्रै १९ देखि २१ फिट मोहडा जग्गा हुने पाँच सयजति रहेको खड्काको भनाइ छ। उनले भने, 'आयोजनाले चार मिटर बाटो कायम गरेको छ, नयाँ मापदण्डमा कम्तीमा ६ मिटर हुनुपर्ने प्रावधान छ। यसले पनि सयौंले घर बनाउन नपाउने अवस्था छ।'
यस्ता समस्या भोगेकाहरूले ठिमी नगरपालिकामा खड्काकै अध्यक्षतामा जग्गाधनी सरोकार संघर्ष समिति गठन गरेका छन् । खड्काले भने, ‘धेरैलाई नयाँ मापदण्ड थाहा छैन। ६ आनाभन्दा कम जग्गा हुनेले के अब घर बनाउन नपाउने? '
समितिले पाँचबुँदे माग शुक्रबार ठिमी नगरपालिकाकालाई बुझाएको छ। सरकारले हालै जारी गरेको बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन २०७२ को बुँदा नम्बर १४.३४ (साँध सिमानाबाट सबैतिर एक मिटर जग्गा छोड्ने) खारेज गर्नुपर्ने, जनताको सम्पत्तिसम्बन्धी मौलिक हक सुनिश्चित गर्नुपर्ने तथा पहिले कित्ताकाट भइसकेका जग्गाहरूमा पुरानै नियमअनुसार घर निर्माण गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ।
कार्यकारी अधिकृत मित्रमणि पोखरेलले यो समस्या मुलुकभर रहेको औंल्याउँदै सहरी विकास र स्थानीय विकास मन्त्रालयमार्फत जारी भएकाले सर्कुलरका कारण आफूले केही गर्न नसक्ने बताए। भक्तपुरका अनन्तेश्वर, चाँगु, नगरकोट, सूर्यविनायक र भक्तपुर नगरपालिकासँग सहकार्य गरी जग्गाधनीलाई परेका समस्या र मापदण्डबीचका अप्ठ्याराको अध्ययन गरी मन्त्रालयलाई जानकारी दिने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा सुन किलोमा २५.१ डलरले घट्दै ११३३.३० डलर कायम भएको छ । यो यस हप्ताको सबैभन्दा बढी र यो वर्षको तेस्रो सबैभन्दा बढी साप्ताहिक गिरावट हो । बजार विश्लेषकका अनुसार सप्ताहिक बजारमा उतारचढाव हुनु र अमेरिकी फेडरल रिजर्व बैंकद्वारा ब्याजदर बढाउने सम्भावनाले सुनको भाउ कमजोर भएको हो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
ताजा खबर, काठमाडौं । केही दिन यतादेखि तलमाथि भइरहेको सुनको भाउ साताको पहिलो दिन तोलामा १ सय रुपैयाँका दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ५० हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ ।
त्यस्तै चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलामा ६ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गका अनुसार गत सोमबार फेसबुकले यो अभूतपूर्व सफलता हात पारेको हो । एक ब्लग पोष्टमार्फत जुकरबर्गले सोमबार एकैदिनमा १ अर्ब भन्दा बढिले फेसबुक चलाएको भन्दै जुकरबर्गले लेखेका छन्, ‘विश्वका हरेक ७ मा एक जनाले आफ्ना साथीभाई तथा परिवारसँग जोडिनका लागि फेसबुक प्रयोग गरे ।’
फेसबुकका मासिक प्रयोगकर्ताको संख्या डेढ अर्ब छ । तर दैनिक रुपमा एक अर्बले आफ्नो फेसबुक अकाउण्ट चलाएको यो पहिलोपटक हो । फेसबुकका कुल प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमै १ अर्ब पुगेको थियो । १ अर्ब मासिक प्रयोगकर्ताको त्यो संख्यालार्य फेसबुकले ३ वर्षमै दैनिक प्रयोगकर्ता बनाउन सफल भएको हो ।
बिहिबार जुकरबर्गले आफ्नो फेसबुक पेजमा गरेको पोष्टमा फेसबुकका प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने अनुमान गरेका छन् । हार्वार्ड विश्वविद्यालयमा पढ्दै गर्दा जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए ।
फेसबुक पोष्टमा जुकरबर्गले आफुहरु पहिलोचोटी कोशेढुंगामा पुग्न सफल भएको र यो पूरै दुनियाँलाई जोड्ने कुराको सुरुवात मात्र भएको बताएका छन् ।
गत जुलाइमा फेसबुकले विश्वका कुल अनलाइन प्रयोगकर्ता मध्ये आधाले फेसबुक चलाउने दाबी गरेको थियो ।
जुकरबर्गले फेसबुकका प्रयोगकर्ताको संख्य ाझै बढिरहने दाबी गरेपनि विश्लेषकहरुले भने यो विन्दु फेसबुक प्रयोगकर्ताको लगभग उच्चतम विन्दु रहेको र फेसबुकका प्रयोगकर्ताको संख्या अब तिव्र रुपमा नबढ्ने विश्लेषण गरेका छन् । विश्वको दोश्रो धेरै जनसंख्या भएकेा भारतमा फेसबुक प्रयोगकर्ताको संख्या झण्डै उच्चतम विन्दुमै पुगेको र अमेरिका तथा युरोपमा पनि यो अधिकतम नै रहेको देखिएको छ ।
तर अफ्रिका, एसियाका केही देश तथा ल्याटिन अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या कम देखिएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा फेसबुक प्रतिबन्धित रहेको छ ।
काठमाडौं, भदौ १० । युरोपको चर्चित रेसिङ बाइक ‘अप्रिलिआ’को ७५० सीसी क्षमताको ‘डोरसोडुरो एबीएस’ मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता जेएनजे इन्टरनेसनले अप्रिलिआको नयाँ मोडल ल्याएको हो । मोटरसाइकलकोे बजार मूल्य २४ लाख रुपैयाँ रहेको छ ।
यो मुख्यत: स्पोट्र्स बाइक भएपनि यसलाई
पिचरोड र अफरोड दुबैमा सजिलै कुदाउन सकिने कम्पनीको दाबी छ ।
नेपालका लागि आधिकारिक बिक्रेता जेएनजे इन्टरनेसनले अप्रिलिआको नयाँ मोडल ल्याएको हो । मोटरसाइकलकोे बजार मूल्य २४ लाख रुपैयाँ रहेको छ ।
यो मुख्यत: स्पोट्र्स बाइक भएपनि यसलाई
भदौ ९, काठमाडौँ । पछिल्लो समएमा उकालो लागि रहेको सुनचाँदीको भाउ बुधबार भने ह्वातै घटेको छ । सुन बुधबार तोलामा ८ सय रुपैयाँले घटेर ५१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको भाउ मंगलबार तोलामा ५१ हजार ८ सय रुपैयाँ थियो । त्यसतै हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौं: एक अमेरिकी डलर किन्न एक सय पाँच नेपाली रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली रुपैयाँमा परेको छ । भारतसँग नेपाली मुद्राको सटही दर स्थिर भएकाले भारुमा हुने उतारचढावको सीधा असर नेपाली रुपैयाँमा परेको हो।
अमेरिकी डलरको भाउ चुलिँदा नेपालको अर्थतन्त्रमा फाइदा र बेफाइदा दुवै हुन्छ । अर्थविद्हरू अहिलेको अवस्थामा हामीलाई फाइदा भन्दा बेफाइदा धेरै हुने बताउँछन् । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा यतिबेला विश्व अर्थतन्त्रमै हलचल पैदा भएको छ।
पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै तल झर्दा रसियाको अर्थतन्त्र धराशायी बनेको छ भने पछिल्लो समय छिमेकी चीनको अर्थतन्त्रसमेत धरमराउन थालेको छ ।
चीनको सेयर बजारमा ३० प्रतिशतभन्दा बढी गिरावट आएको छ।
आर्थिक वृद्धिदर खुम्चिएको छ भने निर्यात व्यापारमा पनि ह्रास आउन सक्ने अनुमान छ। अर्थतन्त्र थप धराशायी हुन नदिन चीनले आफ्नो मुद्राको क्रयक्षमता घटाएरै भए पनि निर्यात व्यापारमा गिरावट आउन नदिने रणनीति तय गरेको छ।
चीनले सस्तोमा सामान निर्यात गर्दा त्यसको प्रत्यक्ष असर भारतीय अर्थतन्त्रमा समेत देखिन थालेको छ। चिनियाँ सामान सस्तो हुँदा भारतीय वस्तुले प्रतिस्पर्धा गर्न सकेको छैन । यसबाट भारतीय अर्थतन्त्र पनि खुम्चिने अवस्था छ।
फलस्वरुपः अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ। भारु कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली रुपैयाँमा परेको हो। चिनियाँ मुद्रा सस्तो भएपछि भियतनाम, लाओस, ताइवानको मुद्रासमेत अवमूल्यन भएको छ।
अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने तयारी गरेको छ। ब्याज धेरै पाइने भएकाले विश्व बजारका लगानीकर्ता सेयर, सुन तथा पेट्रोलियमको सट्टा अमेरिकी डलरमै लगानी बढाइरहेका छन्।
यसका कारण यतिबेला सुन, पेट्रोलियम र सेयर बजारसमेत घटेको छ भने बैंकमा डलर मौज्दात राख्नेक्रम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीन, भारत, रसियालगायतका मुलुकका अर्थतन्त्रमा तत्काल सुधार नआए अमेरिकी डलरको भाउ अझै चुलिन सक्ने अर्थविद्को अनुमान छ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुरले क्षेत्री चीन, भारत र रसियाको अर्थतन्त्रमा सुधार नआएसम्म अमेरिकी डलरको अवस्था मजबुत नै रहिरने सक्ने देखिएको बताए। भारत र चीनको अर्थतन्त्र खल्बलिँदा नेपालको अर्थतन्त्रमा समेत असर परेको हो।
चीनले अर्थतन्त्र थप धराशायी हुन नदिन आफ्नो मुद्राको क्रयक्षमता घटाएरै भए पनि निर्यात व्यापारमा गिरावट आउन नदिने रणनीति तय गरेको छ।
'भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले भारतीय अर्थतन्त्र ओरालो लाग्दा सीधा असर देखिएको हो,' उनले भने। अमेरिकी डलरको भाउ बढ्दा हामीलाई फाइदा र बेफाइदा दुवै हुन्छ। सबैभन्दा बढी फाइदा रेमिट्यान्समा हुन्छ।
विदेशमा गएका नेपालीले पठएको रेमिट्यान्सको अर्थतन्त्रमा निकै ठूलो योगदान छ। डलरमा हिसाब हुने भएकाले नेपालीले पाउने रकम बढ्न जान्छ।
निर्यात गर्ने मुलुकलाई पनि डलरको भाउ बढ्दा निकै फाइदा पुग्छ। नेपालको कुल आयातनिर्यात व्यापारमा निर्यातको अंश अत्यन्त सानो भएकाले यसबाट खासै फाइदा भने लिन सकिँदैन।
पस्मिना, हस्तकला, गार्मेन्टलगायतका निर्यातजन्य नेपाली उद्योगले यसबाट फाइदा लिन सक्छन्। यसबाहेक वैदेशिक सहयोग तथा अनुदानमा फाइदा हुन्छ।सहयोग तथा अनुदानको डलरमा हिसाब हुने भएकाले त्यसलाई नेपाली रुपैयाँमा तुलना गर्दा रकम बढ्न जान्छ।
डलरको भाउ बढेका बेला पुनर्निर्माणमा दाताले प्रतिबद्धता गरेको रकम लिन सक्ने हो भने नेपालले प्राप्त गर्ने रकमको हिसाब थप बढ्नेछ। दाता सम्मेलनमार्फत नेपालले पुनर्निर्माणमा चार खर्ब ४० अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता पाएको छ। त्यसबेला अमेरिकी डलरको भाउ एक सय रुपैयाँ हाराहारीमा मात्र थियो।
डलर महँगो भएका बेला पर्यटन उद्योगले पर्याप्त फाइदा लिन सक्छ। विदेशी पर्यटकले गर्ने खर्चको हिसाबकिताब अमेरिकी डलरमा हुने भएकाले पर्यटन व्यवसायीले बढी लाभ पाउन सक्ने पूर्वगभर्नर क्षेत्री बताउँछन्। तर, यतिबेला हाम्रो पर्यटन उद्योगमा मन्दी आएको छ। भूकम्पका कारण पर्यटक आगमन घटेको छ।
डलर महँगो हुँदा आयात व्यापारमा नराम्रो असर पर्छ। हाम्रो व्यापार घाटाको अंश अत्यधिक ठूलो छ। कुल व्यापारमा एक रुपैयाँको सामान निर्यात हुँदा नौ रुपैयाँको आयात भइरहेको छ। यसर्थ, डलरको भाउ चुलिँदै जाँदा व्यापार घाटा थप बढ्ने अर्थविद्को चिन्ता छ।
विद्युत् प्राधिकरणले ठूला आयोजनाको पीपीए (विद्युत् खरिद सम्झौता) अमेरिकी डलरमा गरेको हुन्छ। यसबाट प्राधिकरणलाई करोडौं रुपैयाँ घाटा हुन्छ। देशमा अध्ययन गर्न, औषधिउपचार र घुम्न जानेलाई डलर महँगिदा बेफाइदा हुन्छ।
‘अर्थविद् केशव आचार्य डलरको भाउ बढ्दा समग्रमा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने बताउँछन्। व्यापार घाटाको अंश निकै बढी भएकाले हामीलाई बेफाइदा नै धेरै हुन्छ,' उनले भने। विशेषगरी चिनियाँ अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर विश्वभर देखापरेको उनको विश्लेषण छ।
चीनमा सेयरको बजार पुँजीकरण ३० खर्ब डलरले घटिसकेको छ। 'सेयर बजारमा निराशा आउँदा बाह्य लगानीकर्ता डराएका छन्। ऋणपत्रलगायतका क्षेत्रमा अल्पकालीन लगानी गर्नेहरूले लगानी फिर्ता लगिसकेका छन्,' उनले भने। चीनले मुद्रा अवमूल्यन गराएर भए पनि निर्यात व्यापार घट्न नदिने रणनीति अख्तियार गरेको छ।
काठमाडौं,
४ भदौ : सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ । बिहिबार प्रतितोला ५० हजार २ सयमा कारोवार भएको सुनको मूल्य शुक्रबार ५१ हजार ६ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५ मा कारोबार भएको चाँदी शुक्रबार(आज) प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
४ भदौ : सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ । बिहिबार प्रतितोला ५० हजार २ सयमा कारोवार भएको सुनको मूल्य शुक्रबार ५१ हजार ६ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५ मा कारोबार भएको चाँदी शुक्रबार(आज) प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
५ भदौ, काठमाडौं । साताभर सुनको भाउ उकालो लाग्ने क्रम जारी रहृयो । साताको पहिलो दिन तोलाको ४९ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ६ सय रुपैयाँ पुग्यो ।
अमेरिकी संघीय बैंकले आगामी सेप्टेम्बरबाट बढाउने भनिएको ब्याजदर हाल आएर मुद्रास्फ्रिति र आर्थिक सुचकांकमा आएको अपेक्षित सुधारलाई मनन गर्दै यसको सूक्ष्म अध्ययनपछि मात्र बढाउने संकेत दिएको छ ।
यसले लगानीकर्ताहरु फेरि सुनमा फर्किएका छन् । यही कारण अमेरिकी डलरमा सामान्य गिरावट आएको छ भने सुनचाँदीको भाउ क्रमिक रुपमा बढ्न थालेको छ । जसले सुनचाँदीको भाउ करीब डेढ महिना अगाडिको मूल्यको हाराहारीमा पुगेको छ ।
आगामी हप्ता पनि यही सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ ।
चाँदीको भाउ पनि साता भरमा १५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
४ भदौ, काठमाडौं । जीबन बीमाको कारोबार गर्ने बीमा कम्पनीहरुले व्यवसायको आकार र नाफा दुबै बढाएका छन् । आर्थिक वर्ष २०७१/०७२ मा जीबन बीमा कम्पनीहरुको प्रगति सन्तोषजनकै नै देखिएको छ ।
सञ्चालनमा रहेका आठ जीबन बीमा कम्पनीमध्ये गुराँस लाइफले मात्रै हालसम्म वित्तीय विवरण सार्वजानिक गरेको छैन । वित्तीय विवरण सार्वजानिक गर्ने कम्पनीहरुका मूख्य सूचक यस्ता छन् ।
नेपाल लाइफ
चुक्ता पुँजीका हिसाबले पनि यो कम्पनी पहिलो नम्बरमा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ छ । यो जीबन बीमा कम्पनीमध्ये सेयरधनीलाई सबैभन्दा धेरै लाभांस दिने कम्पनी पनि हो ।
नेशनल लाइफ
यो कम्पनीले गत वर्ष १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल लाइफले हालसम्म ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ९६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन
यो कम्पनीले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ५४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ५९ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ८५ करोड ५५ लाख रुपैयाँ छ ।
प्राइम लाइफ
यो कम्पनीले गत वर्ष ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी २६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ४८ करोड ८१ लाख रुपैयाँ छ । यो नियामक बीमा समितिले तोकेकोभन्दा सवा १ करोडले कम हो । बीमा समतिलिे जीब्न बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।
सूर्या लाइफ
यो कम्पनीले गत वर्ष १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७२ कारोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी ३ कारोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५० करोड छ ।
अमेरिकन लाइफ
यो कम्पनीले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । हालसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी ८४ कारेड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी
यो कम्पनीले २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी १० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
जीबन बीमा कम्पनीका मूख्य सूचकहरु (हजारमा)
| कम्पनी | नाफा |
|---|---|
| नेपाल लाइफ | १७९७०० |
| एलआइसी | २५८५९ |
| नेसनल लाइफ | १६१३२४ |
| प्राइम लाइफ | ७२०८८ |
| एसियन लाइफ | २०६३१ |
| सूर्या लाइफ | १७०३७ |
| अमेरिकन लाइफ | ६०३२५ |
| राष्ट्रिय जीबन बीमा कम्पनी | २४८७९९ |
भदौ ३, काठमाडौँ । काठमाडौँ, २७ साउन । पछिल्लो समयमा लगातार रुपमा घटी रहेको सुनको भाउ उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो । हिजो प्रति तोला ४९ हजार ७ सयमा कारोबार भएको सुन आज ५ सयले बढेपछि सुनको मूल्य प्रतितोला ५० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीमा पनि हिजोको तुलनामा १५ रुपैयाँले बढेर तोलाको ७ सय ५ मा कारोबार भइरहेको छ ।

काठमाडौँ, भदौ २ । घरमा इन्टरनेट जोड्नुभएको छ र पनि सबै ठाउँमा टिपीरहेको छैन ? यदी त्यस्तो हो भने चिन्ता नलिनुहोस् । तपाइले वाइफाइका लागी प्रयोग गरेको राउटर भुइमा वा टेबुल मुनी राखीरहनुभएको छ भने त्यसलाई त्यहाँबाट उठाएर कुनै अग्लो स्थानमा राख्नुहास् । अझै सम्भव हुन्छ भने घरको बीच भागमा राख्नुभयो भने त्यो अझै उत्तम हुन्छ ।
यदी राउटरको आसपास अर्को कुनै इलेक्ट्रोनीक सामान छ भने त्यसको स्थान पनी फेरीदिनुहोस् जस्ले गर्दा राउटरले आफ्नो स्थान बढाएर लिन पाउँछ । यदी घरमा करलेस फोन छ भने पनी त्यसले राउटलाई असर पुर्याउने हुनाले त्यसलाई पनी अन्य स्थानमा सार्दा हुन्छ । यदी वाइफाइ राउटरको आसपासमा थुप्रै तारहरु छन् भने पनी यसले राउटरको क्षमतामा ह्रास ल्याइ रहेको हुन्छ । एजेन्सीको सहयोगमा
नविन अर्याल
१ भदौ, काठमाडौं । रातोपुलमा बस्दै आएका चितवन निवासी प्रकाश श्रेष्ठले केही दिन अगाडि बाइक बेचेर स्कुटर खरिद गरे । भर्खरैमात्र विवाह बन्धनमा बाँधिएका उनले ‘मल्टीयुज’का लागि पल्सर बाइक बेचेर डिओ स्कुटर खरिद गरेका हुन् ।
भैंसेपाटीकी सरला रेग्मीले छोरा छोरी दुबैका लागि उपयुक्त हुने भन्दै स्कुटर किनिन् । घरमा स्कुटर भएपछि आवश्यक परेको बेलामा आफुले पनि चलाउन पाइने र छोराछोरी दुवैलाई हुने भएकाले स्कुटर रोजाइमा परेको उनी बताउँछिन् ।
यसरी बाइक छोडेर स्कुटरमा हुँइकिने युवाहरुको संख्या नेपालमा बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पछिल्लो समय बाइकको भन्दा स्कुटरको माग उच्च रहेको छ । नेपाली सडकमा स्कुटरको उपस्थिती बाक्लिदो छ ।
महिला तथा पुरुष दुबैका लागि उपयुक्त, चलाउन सजिलो, समान राख्न मिल्ने हुँदा स्कुटरका ग्राहक बढेका छन् । स्कुटर मल्टीयुज गर्न पाइने हुँदा ग्राहकको आकर्षण बाइकमा भन्दा स्कुटरमा बढी देखिएको हिरो स्कूटरको बिक्रेता एनजीएम हिरोका मार्केटिङ प्रमुख दिनेशरत्न बज्राचार्यको अनुभव छ ।
पछिल्लो समय बिवाहित जोडीको एउटै रोजाई स्कुटर हुन थालेको छ । बाइक र स्कुटर दुईवटै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको व्यवसायी बताउँछन् ।
महिला वा पुरुष दुवैले चलाउन मिल्ने र सामान बोक्न पनि सजिलो हुने भएकाले नै आर्कषण बढेको बताउँछन् होण्डा बिक्रेता स्याकर कम्पनीका सुरज श्रेष्ठ ।
‘स्कुटर फेमिली ट्रान्सपोर्टेसन बनेको छ, यतिमात्र होइन सबै उमेर समुह र महिला पुरुषले सजिलै चलाउन सक्छन्’ श्रेष्ठले अनलाइनखबरसँग भने- ‘यही कारण स्कुटर खोज्दै आउने ग्राहक धेरै छन् ।’
नेपालको दुई पांग्रे बजारमा स्कुटरको हिस्सा २२ प्रतिशत भन्दा बढी रहेको व्यवसायी बताउँछन् । ग्राहकको आकर्षण स्कुटरतर्फ मोडिन थालेपछि अधिकांश कम्पनीले स्कुटर भित्राउन जोड दिइरहेका छन् ।
अहिले बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटरहरु रोजी रोजी किन्न पाइन्छ । दुई पांग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा-राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । डिजाइनमा बाइकलाई चुनौती दिने स्कुटरहरु बजारमा उपलब्ध हुन थालेका छन् ।
नेपालमा होण्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, डालिम, युएम लगायत कम्पनीका स्कुटरहरु बिक्री हुँदै आएका छन् । सवा लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध रहेका छन् ।
होन्डा
नेपालको स्कटर बजारमा होन्डाको उपस्थिती पहिलो नम्बरमा रहेको छ । होन्डाको डिओ स्कुटर अहिले बजारमा सर्वाधिक चर्चामा रहेको छ । आकर्षक डिजाइन, उच्च माइलेज, अत्याधुनिक डिजाइनका कारण डिओ सबैको रोजाइमा पर्न सफल भएको स्याकर कम्पनीका सुरज श्रेष्ठ बताउँछन् ।
‘स्कुटर बजारमा होण्डाको कसैसँग प्रतिस्पर्धा छैन्, स्कुटर किन्नेको पहिलो रोजाइ डिओ नै रहेको छ’ उनले भने- ‘डिओ नै रोज्नुको मूख्य कारण ब्रान्ड भ्यालु, बिश्वसनीय, टिकाउ, बिक्रिपछिको सेवा, रिसेल मूल्य र डिजाइन नै हो ।’
होण्डा डिओ हालैमात्र नयाँ मोडलमा आएको छ । नेपालमा आएको तीन महिनाको अवधिमा नयाँ डिओ करिव ५ थान बिक्री भइसकेको छ । डिओ चार कलरमा उपलब्ध छ ।
होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङका अनुसार स्कुटर बजारमा होण्डाको उपस्थिती ३२ प्रतिशत बढी छ । अहिले होण्डाका डिओ, एभियटर र एक्टिभा गरी तीनवटा स्कुटर उपलब्ध छन् ।
अहिले नेपाली सडकमा १ लाख बढी होण्डा स्कुटर दौडिने गरेको कम्पनीले जनाएको छ । गत वर्ष होण्डा स्कुटरको बिक्री बृद्धिदर १० प्रतिशत रहेको छ ।
डिओ ११० सीसीको स्कुटर हो । यसले नेपाली सडकमा ६० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य नेपालमा १ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी एभियटर पनि ११० सीसीको स्कुटर हो । यसले ४० किलोमिटर माइलेज दिने बताइएको छ । मेटल बडी भएको यसको मूल्य १ लाख ८० हजार ९ सय रुपैयाँ रहेको छ ।
एक्टिभा पनि ११० सीसीकै स्कुटर हो । यसले ४५ देखि ५० किलोमिटर माइललेज दिने छ । यसको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
महिन्द्रा
महिन्द्राको स्कुटरले पनि नेपालमा राम्रो रेस्पोन्स पाउन सफल भएको छ । अहिले महिन्द्राका चारवटा स्कुटर बजारमा उपलब्ध छन् ।
महिन्द्रा रोडियो र फ्लाइट सबैभन्दा चलेका स्कुटर हुन् । तीनवटै मोडल १२५ सीसीमा उपलब्ध छन् । महिन्द्रा डिउरो पनि चलेको मोडल हो । रोडियो र डिउरो खासगरी पुरुषलाई लक्षित गर्दै बजारमा ल्याएको कम्पनीको दाबी छ ।
महिन्द्रा रोडियोको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको छ । आकर्षक डिजाइन, पावरफुल रोडियोको मूख्य विशेषता हो ।
यसैगरी महिन्द्राको अर्को मोडल गष्टो हो । ११० सीसी इञ्जिन क्षमताको यो स्कुटरको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । महिन्द्राले छिट्टै गष्टो १२५ सीसी इञ्जिन क्षमतामा भित्राउँदै छ ।
शंकर ग्रुपले बिक्री गर्दै आएको महिन्द्रा स्कुटर तथा बाइक अब अग्नी ग्रुपले बिक्री वितरण गर्ने भएको छ । अग्नीले महिन्द्रा चार पांग्रे सवारी साधन बिक्री गर्दै आएको छ ।
यामाहा
नेपाली स्कुटर बजारमा यामाहाले दोस्रो स्थान कायम गरेको छ । यामाहाको रे जेड नेपालमा सर्वाधिक चलेको स्कुटर हो । यामाहाका दुईवटा मोडल बजारमा उपलब्ध छन् । दुबै मोडल ग्राहकमाझ लोकप्रिय रहेका छन् ।
११३ सीसीको यामाहा रे जेडले पुरुषहरुको समेत मन जित्न सफल भएको छ । आकर्षक डिजाइन र कलरमा उपलब्ध भएको हुँदा युवाहरुमाझ यो स्कुटर लोकप्रिय भएको छ ।
यामाहा रे जेडको मूल्य १ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ भने यामाहा अल्फाको मूल्य १ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।
यामाहाले छिट्टै स्यासिनो स्कुटर ल्याउने जनाएको छ ।
सुजुकी
पछिल्लो समय सुजुकी स्कुटरले पनि बजारमा पिकअप लिन थालेको छ । अहिले सुजुकीका दुईवटा मोडल नेपाली बजारमा उपलब्ध छन् ।
उच्च पावर, आकर्षक डिजाइन भएको कारण सुजुकी स्कुटरमा नेपालीको आकर्षण देखिन थालेको हो । सुजुकी दुबै मोडल १२५ सीसी इञ्जिन क्षमतामा उपलब्ध छन् ।
सुजुकी एक्सेसको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ भने सुजुकी स्वीसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।
सुजुकी एक्सेसको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ भने सुजुकी स्वीसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।
हिरो
हिरोको प्लेजर होण्डाको डिओपछि सर्वाधिक चलेको स्कुटर हो । भर्खरैमात्र यो अपग्रेडेड पिचर्ससहित नयाँ डिजाइनमा नेपाली बजारमा भित्रिएको छ । १०२ सीसीको प्लेजरको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ रहेको छ ।
हिरोका मार्केटिङ प्रमुख दिनेशरत्न बज्राचार्यका अनुसार नेपाली स्कुटर बजारमा हिरोको उपस्थिती तेस्रो स्थानमा रहेको छ । हिरोको एउटामात्र मोडल उपलब्ध रहेको छ । अन्य ब्रान्डका धेरै मोडल उपलब्ध हुँदा हिरोको बजार सोचेँजति विस्तार हुन नसकेको उनी बताउँछन् ।
यही यथार्थलाई मध्यनजर गरी हिरोले छिट्टै दुईवटा नयाँ मोडलका स्कुटर बजारमा ल्याउँदैछ । हिरोको डुएट केही हप्ताभित्रै बजारमा आउन लागेको बताइएको छ ।
नयाँ प्लेजरमा लुक्स परिवर्तन गरिएको छ । कलर ग्राफिक्स आकर्षक रहेको छ । यसको सबैभन्दा आकर्षक विशेषता हो- स्ट्यान्ड हटाए/नहटाएको सूचना दिनु । हतारमा स्टान्ड नहटाई स्कुटर बाइक चलाउँदा ठूलो एक्सीडेन्ड हुने गरेको छ, जुन खतरा यो स्कूटरले टार्छ ।
यसमा मोबाइल चार्जिङ प्वाइन्ट राखिएको छ भने सिटमुनीको स्पेस पनि ठूलो बनाइएको छ । सिट खोल्ने वित्तिकै डिक्कीमा बत्ती बल्छ । यसमा एकिकृत ब्रेक सिष्टम छ रहेको छ ।
भेस्पा
इटालियन ब्रान्डको भेस्पा स्कुटर हालैमात्र नेपाली बजारमा प्रवेश गरेको हो । डि लाइफ स्टाइल्सले भेस्पाका दुईवटा मोडल नेपालमा भित्राएर बिक्री सुरु गरेको हो ।
नेपाली बजारमा भेस्पा भिएक्स र भेस्पा एस गरी दुईवटा मोडल उपलब्ध छन् । जसको मूल्य क्रमशः २ लाख ४९ हजार ९ सय र २ लाख ६३ हजार ९ सय तोकिएको छ ।
भेस्पा स्कुटर विभिन्न चार आकर्षक कलरमा नेपालमा उपलब्ध छन् । १२५ सीसीका यी स्कुटर वातावरणमैत्री रहेको दाबी गरिएको छ । स्कुटरमा तीनवटा भल्भ इञ्जिनसहित डिस्क ब्रेक, स्टिल बडी र ट्युबलेस टायर लगायत रहेका छन् । नेपाली युवावर्गलाई लक्षित गर्दै भेस्पा स्कुटर बजारमा भित्राएको कम्पनीको दाबी छ ।
टिभिएस
टिभीएस स्कुटरले पनि नेपालीको मन जित्न सफल ब्रान्ड हो । तर, पछिल्लो समय स्कुटर बजारमा प्रतिस्पर्धा बढ्न थालेपछि यसको बजार खुम्चिएको छ । नयाँ र आकर्षक डिजाइनका स्कुटर समयमै बजारमा ल्याउन नसक्दा टिभीएस स्कुटरको बजार अरु ब्रान्डले खोसिदिएका हुन् ।
अहिले टिभीएसका चारवटा मोडलका स्कुटर बजारमा उपलब्ध छन् । टिभीएस जुपिटर ११० सीसीको स्कुटर हो । यसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।
यसैगरी टिभीएस पेप प्लस ७७.८ सीसीमा उपलब्ध छ । यसको मूल्य १ लाख ३२ हजार ९ सय रुपैयाँ पर्छ । टिभीएस स्टि्रक ८७.८ सीसीको स्कुटर हो । यसको मूल्य १ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । टिभीएस विगो १०९ सीसीको १ लाख ६३ हजार ९ सय रुपैयाँ पर्ने स्कुटर हो ।
टिभीएसले नयाा जेष्ट स्कुटर ल्याउन लागेको छ ।
अमेरिकन ब्रान्ड युएमले पनि नेपाली बजारमा स्कुटर भित्राउँदै छ । भदौ अन्तिममा हुन लागेको नाडा अटो शोसम्म स्कुटर भित्रिने नेपाली बिक्रेता आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए ।
युएमले १२५ सीसीको स्कुटर ल्याउन लागेको हो । नेपालमा स्कुटरको माग बढेपछि स्कुटर भित्राउन लागेको शिवाकोटीले बताए । युएमले भित्राउन लागेको स्कुटरको मूल्य १ लाख ७२ हजार रुपैयाँ पर्नेछ ।
युएम स्कुटरमा आकर्षक फिचर्स रहेका छन् । डिक्कीमा ब्यागभित्र रहेको मोबाइल आएमा ड्यास बोर्डमा नम्बर देखिन्छ । स्कुटरसँगै प्राप्त हुने स्पेशल हेल्मेटबाट मोबाइल ननिकाली रिसिभ तथा काट्न सकिन्छ ।
प्रतिलिटर ५० किलोमिटर माइलेज दिने दाबी गरिएको युएम स्कुटरमा ८/९ लिटर पेट्रोल अटाउँछ । सामान्यतया नेपालमा उपलब्ध स्कुटरमा ४/५ लिटरमात्र तेल अटाउँछ ।
अहिले बजारमा प्रतिस्पर्धामा रहेका स्कुटरसँग युएम स्कुरटको मूल्य मिल्दो जुल्दो हुनेछ । तर, सुविधा भने धेरै फरक हुनेछन् । ‘स्कुटर हामीले नाडा अटो-शोबाट बिक्री सुरु गर्छौं’ शिवाकोटीले भने- ‘जनवरीसम्म डेढदेखि दुईसय थान बिक्री गर्ने लक्ष्य छ ।’
मोबाइल हराउला भनेर धेरैलाई टेन्शन हुन्छ । हुनु पनि स्वभाविकै हो महंगो मोबाइल हराउँदा पैसा मात्र होइन यसमा भएका सूचना र सामग्री सबै जान्छन् । तर अव भने मोबाइल हराउने चिन्ता गर्नु नपर्ने भएको छ ।mobailluckअमेरिकामा बन्ने मोबाइलमा ‘किल बटन’ अर्थात चोरी भएका मोबाइल निष्क्रिय पार्ने सुविधा राख्ने कानून लागु भएपछि यस्तो चिन्ता हटेको हो । मंहगा मध्येको आइफोन अमेरिकाकै उत्पादन हो भने अन्य महंगा उत्पादन पनि अमेरिकाकै छन् । मोबाइल चोरी रोक्नका लागि अमेरिकाका कम्तिमा ४ राज्यमा यस्तो कानून लागु हुने भएको छ भने अन्य राज्यमा पनि त्यस्तै तयारी गरिएको छ । अमेरिकाको कनेक्टिकट, इलिनोइस, मिसिसिपी, मिसौरी, न्यू मेक्सिको, न्यूयोर्क, ओरेगन र भर्जीनिया राज्यमा यस्तो प्रविधीको प्रयोग हुने छ । यो प्रविधी राखेपछि मोबाइल हराएमा त्यसलाई अरुले चलाउन नसक्ने र त्यसमा भएका सूचना कसैले प्रयोग गर्न नसक्ने बनाउन मिल्ने छ । यस्तो प्रविकी सफ्टवेयरकोरुपमा अन्य देशमा समेत प्रयोग गर्न सकिने छ । जसले गर्दा मोबाइल हराउने समस्याबाट मुक्ति पाउने विश्वास निर्माताहरुले गरेका छन् ।
न्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी १९ वर्षीया किशोरी बदलाको भावना लिएर एचआइभी संक्रमण फैलाउँदै हिँडेकी छन् ।

आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।
कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् ।
केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar

आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।
कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् ।
केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar
सरकारकै कारण कालोबजारी: व्यवसायी
सरकारले खाँचो टार्न नसक्दा व्यवसायीले बाङ्गो बाटोबाट महँगोमा सुन ल्याएर आवश्यकता पूर्ति गर्नुपरेको उनीहरूको भनाइ छ। ग्राहकको माग थाम्न नसकिरहेको अवस्थामा सरकारले हप्ते पालो लगाइदिँदा पसल बन्द गर्नुपर्ने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका गोरखा शाखा अध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउँछन्।
ग्राहकको मागअनुसार सुन पुर्याउन नसक्दा सरकारलाई नै नोक्सान परिरहेको उनको भनाइ छ। 'सुन पुर्याउन नसक्दा ग्राहकलाई एक हप्तापछि आउनुस् भनेर फर्काउनुपरेको छ', उनले भने, 'एक हप्तापछि पनि दिन नसक्दा पसलै बन्द गरेर बस्नुपर्ने अवस्था आएको छ। यसले ग्राहकलाई मात्र होइन, सरकारलाई राजस्वसमेत नोक्सान परेको छ।'
सुनको भाउ घटेपछि अहिले गहना किन्नेको चाप बढेको हो। 'अहिले तपाईं हरेक सुनपसलमा लाइनमा बसेर सुन र गहना किनिरहेको देख्न सक्नुहुन्छ', कलश सुनचाँदी ट्रेडर्सका प्रोप्राइटर श्यामबाबु श्रेष्ठ भन्छन्, 'गोरखाको बजारमा एक हप्तामा झन्डै तीन किलो सुनको कारोबार हुन्छ। सरकारले एक हप्तामा एक किलो सुन दिन्छ। थप सुन कहाँबाट आएको छ? आफै बुझ्नुस्।'
'गोरखाको बजारमा एक हप्तामा झन्डै तीन किलो सुनको कारोबार हुन्छ। सरकारले एक हप्तामा एक किलो सुन दिन्छ। थप सुन कहाँबाट आएको छ? आफैं बुझ्नुस्।' श्यामबाबु श्रेष्ठ, सुनचाँदी व्यवसायी
व्यवसायीलाई अवैध सुनको कारोबार गर्न सरकारले नै बाध्य पारिरहेको गोरखाका व्यवसायीको टिप्पणी छ। 'सरकारले एक किलो सुनको तीन लाख रुपैयाँ राजस्व पाउँछ तैपनि किन चाहिएजति उपलब्ध गराउँदैन?
किन तस्करहरूलाई राजस्व छलेर ल्याउने वातावरण सिर्जना गरेको छ? ' उनले भने, 'नेपालको बजारमा अवैध सुनको कारोबार भइरहेको सबैले थाहा पाएर पनि गुपचुप रहेको उनले बताए।'
सरकारको यो नीतिले ठूला व्यवसायी फस्टाइरहेका र साना डुबिरहेको व्यवसायी कृष्णबहादुर विश्वकर्मा बताउँछन्।'पैसा हुनेले प्रशस्त सुन लिन्छ अनि अनधिकृत नाफा खाएर बेच्छ', उनी भन्छन्, 'साना व्यापारी आफ्नो कोटामा परेको सुन पनि एकैचोटि लिन सक्दैनन् अनि साहुसँग तोलाको हजार, बाह्र सय रुपैयाँसम्म बढाएर किन्न बाध्य हुन्छन्।'
उनका अनुसार सरकारले काठमाडौं उपत्यकाबाहिरकालाई दैनिक ६ किलो र उपत्यकाभित्रकालाई नौ किलो सुनको कोट छुट्याएको छ। यसरी लिएको बैंकको सुन राजधानीका ठूला व्यवसायीले उठाउने र तोलामा हजार, बाह्रसय रुपैयाँ अनधिकृत नाफा लिएर साना व्यवसायीलाई बेच्ने गरेको विश्वकर्माको भनाइ छ।
काठमाडौं: नेपाल राष्ट्रबैंकले सुन आयातको कोटा पाँच किलोले बढाएको छ।
अहिले दैनिक १५ किलो सुन आयात गर्ने कोटा रहेकोमा राष्ट्रबैंकले त्यसलाई २० किलोमा पुर्याएको छ।
सुन सस्तो भएको तथा माग बढेकोले राष्ट्रबैंकले आयात गर्ने कोटाको सिमा बढाएको हो।
राष्ट्रबैंकले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन्।
वाणिज्य बैंकले पालो प्रणाली अनुसार सुन आयात गर्ने गरेका छन्।
राष्ट्रबैंकले बढाइएको सिमा असोज मसान्तसम्ममा मात्र लागु हुने जनाएको छ।
विगतमा पनि राष्ट्रबैंकले विवाहको सिजनमा सुन आयातको कोटा बढाउने गरेको थियो। यसैबीच केही दिनयता स्थिर रहेको सुनको मुल्य मंगलवार प्रतितोला पाँचसयले बढेको छ।












