काठमाडौँ, १५ भदौ - असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुब्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषिमन्त्रीबाट राजिनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन्।
बामदेव गौतामले मन्त्री निवासमा दुई वटा ब्लक लिएका छन्। ती दुई मध्ये एक ब्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन्। कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्रै उपप्रधानमन्त्री गौतमले गर्दै आएको दृष्टि साप्ताहिकमा खबर छ।
पराजुलीले संकेत गरेपछि मात्र गौतमले फाइल सदर गर्दै आएको बुझिएको छ। कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका छन्। राजिनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन्। पराजुलीले नै आफूलाई कृषि मन्त्री हुन नदिएको भनी बामदेव निकट अर्का नेता बलराम बास्कोटा आक्रोशित छन्।

जातीय सद्भाव विगार्न खोजेको आरोप
काठमाडौं : जातीय सद्भाव विग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा प्रहरीले आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई बौद्धबाट पक्राउ गरेको छ ।
संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
शेर्पालाई बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आयोजित एक कार्यक्रमस्थलबाट अपराध महाशाखाका सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन्।
उनले पछिल्लो समय शेर्पाको बाहुल्यता रहेको क्षेत्रमा आन्दोलन चर्कार्इ जातीय द्धन्द्व बढाउन खोजेको सूचना प्रहरीले पाएको थियो । शेर्पा बाहुलक्षेत्रमा आन्दोलन चर्काउने तयारीका लागि उनी बौद्धमा बैठक गरिरहेका थिए ।
बौद्धमा बिहान ११ बजेदेखि बसेको बैठक २ बजे दिउँसो सकिएपछि उनी पक्राउ परेका हुन् । बैठकस्थलबाट मोटरसाइकलमा निस्कन लागेका उनलार्इ महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ हिरासतमा लिएको छ ।
अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उछृंखल अभिव्यक्ति दिँदै हिँडेकाले शेर्पालाई पक्राउ गरिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
शेर्पाले पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा जातीय सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिँदै हिँडेपछि उनीमाथि प्रहरीले निगरानी गरिरहेको थियो ।

आङकाजीको पछिल्लो फेसबुक स्टाटस
भदौ १६, काठमाडौं । डीभी पीआरधारी कर्मचारीलाई सरकारी सेवामा नराख्ने ऐन पारित गराएर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगममै बसिरहने कर्मचारीलाई दुर्गममा पठाउनका लागि कानूनमै कडा ब्यवस्था गर्न लागेका छन् । निजमती ऐनको पाँचौं शंसोधन गृहकार्य भइरहेको बेला मन्त्री पण्डितले त्यस्तो प्रावधान थप्न लागेका हुन् । मन्त्री पण्डितको योजनाअनुसार अब तीन वर्ष दुर्गम क्षेत्रमा नबसेमा उक्त कर्मचारीले बढुवा हुन पाउने छैनन् । दुर्गममा सरुवा गराउने, काज मिलाएर सुगममै बस्ने अनि नम्बर पाएर बढुवा हुने चलन नतोडेसम्म जनताले सरकारी सुविधा नपाउने मन्त्री पण्डितले बताए । सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा निजामती ऐन संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएकोमा उनी पञ्चेश्वर प्राधिकरणको प्रशासन प्रमुख भएर गएपछि सहसचिव डुण्डुराज घिमिरेलाई कार्यदलको जिम्मेवारी तोकिएको छ । संशोधनमा कर्मचारी बढुवा हुनका लागि तीन वर्ष दुर्गममा अनिवार्य बसेकै हुनुपर्ने ब्यवस्था गर्न लागिएको छ । डीभी पीआरधारी निजामती कर्मचारीलाई कारबाही गर्ने अभियान चलाएका सामान्य प्रशासनमन्त्री पण्डित निजामती सेवा ऐनको संशोधन गराएर मुलुककै लागि ठूलो योगदान दिएको ठान्दै मख्ख देखिन्छन् । दुई दशकभन्दा बढीको जागिर अवधिमा काठमाडौ नछाडेका तर बढुवाका लागि दुर्गममा काम गर्नैपर्ने प्रावधान पूरा गर्न मात्र रोल्पाको शहीदमार्गमा कार्यालय प्रमुख बनेका सुबोध देवकोटाले अर्को कर्मचारीलाई हाजिर गर्न लगाएर जागिर खाइरहेका छन् । नेपाल निजामती कर्मचारी युनियन ९संघ० को अध्यक्षसमेत रहेका सुबोध निजामती सेवा नियम विपरीत युनियनको अध्यक्ष र कार्यालय प्रमुख एकसाथ बनेका छन् ।
काठमाडौ, १४ भदौ नेपाली नेताहरुलाई सिध्याउने र पहाडी मुलका वासिन्दालाई खेद्न उर्दी जारी गर्ने मधेशवादी नेपाली नेताहरु भारतीय सांसदहरु र गृहमन्त्रीलाई समेत भेटेर हाम्रो आन्दोलनलाई सहयोग गर्नुस् भनी याचना गरिरहेका छन् ।सायद मधेशका नेपाली नेतालाई आश्वासन दिनका लागि होला भारतीय गृहमन्त्री तथा नरेन्द्र मोदीको पार्टी बीजेपीका नेता राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । उत्तर प्रदेशको महाराजगञ्ज आएका गृहमन्त्री सिंहले आइतबार नेपालको सीमामा खटिएका सीमा सुरक्षाबलका अधिकारीहरुसँग भेटघाट गरेपछि उनले नेपालमा रहेका भारतीयका विषयमा कुरा गरेको भारतीय सञ्चार माध्यममा लेखिएको छ ।
उनको भनाई उदृत गर्दै इण्डिया टुडेमा पियुष श्रीवास्तवले लेखेका छन् ‘यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले नेपालमा बसोबास गरिरहेका १ करोड भारतीयहरुको संरक्षण गर्नुपर्छ।’
मधेसको आन्दोलनमा भारतीय सहयोग शुरु भयो
काठमाडौमा आह्वान गरिएको आन्दोलन उठ्न नसकेपछि तराई झरेका मधेशी नेताहरु त्यहाँ पनि आन्दोलन ले अपेक्षित गति लिन नसकेपछि सीमाक्षेत्रका भारतीय नेताहरुसँग हारगुहार गरिरहेका छन् । यसका साथै भारतमा लुकेर बसी नेपालको तराई क्षेत्रमा बितण्ड मच्चाउँदै आउका हतियारधारी समूहहरुसँग पनि मधेशी नेताहरुले आन्दोलनमा सहयोग गर्न वार्ता गरेका छन् ।
इण्डिया टुडेले नेपालका बारेमा नेपालीलाई मान्य कुन नसक्ने टिप्पणी पनि प्रकाशित गरेको छ । सो समाचारमा भनिएको छ मधेशीहरु भारतीय हुन्, जो वर्षौं अगाडि नेपालमा बसाइँ सरेका थिए । जब धेरैले नेपाली नागरिकता पाए, तिनीहरुको बहुसंख्या अहिलेसम्म नागरिकताविहीन छन् । मधेसीहरुलाई धेरै राजनीतिक एवं सैन्य संगठनहरुले नेपाल छाड्न धम्की दिँदै आएका छन् । जे भए पनि उनीहरुलाई बीजेपीले लामो समयदेखि समर्थन गर्दै आएको छ ।
योगी आदित्यनाथ, गोरखपुरका बीजेपी सांसद र गोरखनाथ मन्दिरका महन्तले नेपाल सरकार विरुद्ध भइरहेको मधेसीहरुको आन्दोलनलाई लजिस्टिक सपोर्ट गर्दै आइरहेका छन् । मधेसीहरु हिन्दुहरु हुन् । तथापि भारतीय मुस्लिम र क्रिश्चियनहरु पनि त्यहाँ छन् ।
युपी, बिहार र पश्चिम बंगालसँग जोडिएको नेपालको दक्षिणी भूभागलाई मधेस भनेर चिनिन्छ । जहाँको तराई क्षेत्रमा ३० प्रतिशत नेपालको जनसंख्याको बसोबास छ । तर, ४० प्रतिशत यहाँका नागरिकसँग अहिलेसम्म नेपाली नागरिकता र मतदानको अधिकार छैन । आफूहरुलाई नेपाल सरकारले वेवास्ता गरेको उनीहरुको दाबी छ ।
नेपालबाट प्रकाशित पत्रिकाहरु जलाउने मधेशीवादीहरुले भारतीय पत्रिकामा गएर लेखाएका कुराहरु तथ्य परक नभएका परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताए ।
अस्ति मात्र रिपोर्टस् क्लबमा भएको अन्तक्र्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका प्रदीप ज्ञवाली र माओवादीका दिनानाथ शर्माले हालको ७ प्रदेश सहितको संघीय खाकामा परिवर्तन नहुने, नाजायज आन्दोलनका कारण मुलुकलाई असर नपर्ने र संविधान जारी भएरै छाड्ने बताएका थिए ।
काठमाडौं- अब कस्तो घर बनाउने? कति लागतमा बन्छ, भूकम्पले नढल्ने घर?
वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले घरविहीन भएका ६ लाखभन्दा बढी नेपालीको साझा चिन्ता हो यो।
यही चिन्ता कम गर्न सहरी विकास मन्त्रालयले १६ थरी घरका नमुना डिजाइन तयार पारेको छ।
भूकम्प अति प्रभावित १४ जिल्लाका ग्रामीण क्षेत्र र सहरछेउका गाउँलक्षित यी डिजाइनलाई 'भूकम्पप्रतिरोधी प्रविधि प्रयोग गरी बनाइने नमुना आवास भवनह?' नाम दिइएको छ। निर्णयका लागि मन्त्रिपरिषद पठाइएको नमुना र लागतमा घर प्रविधि र तला हेरेर २ लाख ८६ हजार रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म लागत आँकलन गरिएको छ। एकदेखि तीन तलासम्मका डिजाइनमा तलाअनुसार प्रयोग गरिने निर्माण सामग्रीको अनुमानित संख्या र प्रविधिसमेत स्पष्ट उल्लेख गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहका अनुसार यो प्रविधि र डिजाइन अनुमोदन भएपछि घर बनाउन चाहनेले अनुकूलताअनुसार कुनै एउटा डिजाइन अनिवार्य रुपमा लागू गर्नुपर्ने हुन्छ। तर, कसैलाई उक्त डिजाइनबाहेकको घर बनाउन इच्छा भएमा अनिवार्य रुपमा सम्बन्धित क्षेत्रका सरकारी निकायसँग घरको डिजाइन र नक्सा पास गराउनुपर्छ। 'अब बन्ने भवन भूकम्पीय दृष्टिले सुरक्षित बनाउन र भवनसंहिता लागू गर्न एकदेखि तीन तलासम्मका १६ प्रकारका घरका डिजाइन तयार पारिएको हो,' उनले भने, 'तीन तलाभन्दा माथि र त्यसभन्दा भिन्न डिजाइनको घर कसैले बनाउन चाहन्छ भने पनि सरकारी निकायमा आएर अनिवार्य डिजाइन पास गराउन सक्छन्।' उनले डिजाइनभन्दा पनि प्रविधिमा बढी जोड दिइएकाले भूकम्पप्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चा पदार्थ तथा निर्माण सामग्री प्रयोग अनिवार्य गरिएको बताए। प्रस्तावित डिजाइनअनुसारको घर बनाउँदा ग्रामीण क्षेत्रमा सहजै उपलब्ध हुने ढुंगा, माटो, काठ, इँटालगायत निर्माण सामाग्री प्रयोग गर्न सकिन्छ। नयाँ डिजाइनअनुसारको घर र प्राविधिक पक्षको पालना गर्ने हो भने तीन तलासम्मका घर बनाउँदा इन्जिनियर आवश्यक पर्दैन। तर, त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुका साथै माटो परीक्षणसमेत गर्नुपर्ने भनिएको छ। महानिर्देशक सिंहका अनुसार नयाँ डिजाइन र प्रविधिअनुसार घर बनाउनेले तालिमप्राप्त डकर्मी, सिकर्मी तथा ठेकेदारको सहयोग भने लिनुपर्छ। 'नयाँ डिजाइनसँगै घर निर्माणका क्रममा अपनाइने र प्रयोग गर्ने प्रविधिका विषयमा ज्ञान दिन सरकारले डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने कार्यक्रमसमेत ल्याएको छ,' उनले भने, 'ग्रामीण भेगका स्थानीयको आर्थिक अवस्था हेरेर गाउँमै उपलब्ध हुने स्रोत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको हो।' उनका अनुसार भूकम्पप्रभावित जिल्लामा सरकारले उपलब्ध गराउने २ लाख रुपैयाँ राहत र केही रकम परिवार आफैँले थप गरेर नयाँ डिजाइनअनुसारका घर बनाउन सक्नेछन्। यसका साथै बैंकले उपलब्ध गराउने तीन प्रतिशत ब्याजदरको ऋण लिएरसमेत घर निर्माण गर्नसकिन्छ। प्रस्तावित डिजाइनमध्ये 'स्टाब्लिस्ड सोयल ब्लक सिमेन्टु ९सिएसएसबी० प्रयोगबाट बनाइने एकतले तीनकोठे भवन सबैभन्दा सस्तो मूल्यमा बनाउन सकिनेछ। २ सय ७० वर्गफिट क्षेत्रफलमा बनाइने यस्ता घरका लागि २ लाख ८६ हजार खर्च लाग्ने अनुमान गरिएको छ। यस्तै, इँटा, सिमेन्टको प्रयोगबाट बनाइने साढे २ तलाको घरका लागि भने सबैभन्दा बढी ३३ लाख रुपैयाँ पर्ने अनुमान छ। ढुंगाको प्रयोग गरेर घर बनाउनेको हकमा १८ इन्च, इँटाको हकमा १४ इन्चको गाह्रो हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यसैगरी, आरसिसी ढलान, काठको भुइँ, पाली भएको, भिरालो जग्गामा बनाउने घर, काठको दलिन, टिनको छाना भएको घरको डिजाइनअनुसारको खर्च र घर निर्माणका लागि आवश्यक पर्ने अनुमानित कामदार संख्यासमेत प्रस्तावित डिजाइनमा उल्लेख छ।

भदौ १४, काठमाडौं । सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पद अनुसारको लोगो र चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरूले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरू चढ्ने गाडीमा झन्डा राख्ने व्यवस्था गर्न लागेको हो । सरकारले उच्चपदस्थ कर्मचारीदेखि निम्न तहका सबै कर्मचारीलाई सेवाको प्रकृतिअनुसार पोसाकमा लोगो लगाउने व्यवस्थासमेत गर्न लागेको छ ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रूपनारायण भट्टराईले निजामती कर्मचारीको सवारीसाधन र पोसाकमा प्रयोग गर्ने झन्डा, लोगो र चिह्नसम्बन्धी निर्देशिकाको मस्यौदा बनिरहेको जानकारी दिए । हाल नेपाल प्रहरी र नेपाली सेनामा पदअनुसारको लोगो र चिह्न प्रयोग हुँदै आएको छ । प्रवक्ता भट्टराईका अनुसार अब मुख्यसचिवको गाडीमा नेपालको झन्डा फहराउनेछ । निजामती कर्मचारीको लोगो र स्टार अंकित हुनेछ । नम्बरप्लेटको अघि र पछि नम्बरसँगै लोगोसमेत राखिनेछ । सचिवको गाडीमा निजामती कर्मचारीको लोगोसहित नेपालको झन्डा राखिनेछ । सहसचिवको गाडीमा भने निजामतीको झन्डासहितको लोगो र स्टार राखिने भएको छ । सरकारले निजामती सेवामा सामान्यतः मुख्यसचिव, सचिव र सहसचिवस्तरका कर्मचारीलाई मात्रै गाडी सुविधा दिँदै आएको छ ।
गाडी सुविधा पाउँदै आएका उच्चपदस्थ कर्मचारीले बाटोमा हिँड्दा पहिचानको अभावमा विभिन्न असुविधा भोग्नुपरेकाले उनीहरूलाई चिनाउन झन्डासहितको लोगोको व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उपसचिवदेखि तलका कर्मचारीको पोसाकमा विभिन्न लोगोको व्यवस्था गरिनेछ । उपसचिवको पोसाकमा लोगो र एउटा स्टार राखिनेछ भने शाखा अधिकृतको पोसाकमा निजामतीको लोगोअंकित चिह्न राखिनेछ । मुख्यसचिव, सचिव र सहसचिवको गाडीमा राखिने चिह्नको टुंगो लागेको, तर अन्य पदका कर्मचारीको पोसाकमा कस्तो लोगो राख्ने भन्नेबारे टुंगो नलागेको मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार पोसाकको लोगो र चिह्नबारे सुझाब लिने काम जारी छ । निर्देशिकामा झन्डासहित लोगोको सुविधा पाउने उच्चपदस्थ अधिकारीलाई यातायात सुविधामा ट्राफिक प्रहरीले समेत विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिनेछ । झन्डासहित आएका कर्मचारीलाई कहीँ कतै पनि ट्राफिकले रोक्नेछैन ।
के हुन्छ मुख्यसचिवको गाडीमा ?मुख्यसचिवले चढ्ने गाडीमा मन्त्रीहरूको झैँ राष्ट्रिय झन्डा फहराइनेछ, त्यस्तै नम्बरप्लेटमा निजामतीको लोगो र तारा पनि राखिनेछ ।
सचिव चढ्ने गाडीमा राष्ट्रिय झन्डा र नम्बरप्लेटमा निजामतीको लोगो राखिनेछ, त्यस्तै सहसचिव चढ्ने गाडीको नम्बरप्लेटमा राष्ट्रिय झन्डा र निजामतीको लागो हुनेछ ।
काठमाडौँ, १४ भदौ - राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए । सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।
त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए । स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो ।
काठमाडौं- भदौ १४, श्रीमानको उपचार गर्दा र घर बनाउँदा मकवानपुरको थाहा नगरपालिका–९ का कविता गोलेको परिवारलाई ऋण लाग्यो । भाका पुगेपछि साहुले दिनरात ऋण तिर्न ताकेता गर्न थाले । तीनजना बालबच्चाको पढाई र लालनपालन गर्नु पनि थियो । अरु उपाय नभएपछि कविता र उहाँका श्रीमान विजयले घरमा मसिना बालबच्चालाई छाडेर विदेश जाने सल्लाह गर्नुभयो । तर विजय मेडिकलमा फिट नभएपछि विदेश जान पाउनु भएन ।
दुवै जनाले कमाउने र साहुको ऋण छिट्टै तिर्ने योजना त्यत्तिकै तुहियो । विदेश नगए ऋण तिर्न नसकिने निष्कर्षमा पुगेकाले कविता एक्लै भएपनि विदेश जाने निर्णयमा पुग्नुभयो । साउदी अरविया उडेकी कवितालाई जेठ २९ गते विमानस्थलमा विदाई गरेर विजय घर फर्किनुभयो । मेडिकलमा समस्या देखिएपछि विदेश जान नपाएका विजय वालवच्चाको स्याहारसुसार र खेती गर्दै घरैमा बस्नुभयो । कविता विदेश गएपछि विजयलाई आशा थियो अव साहुको ऋण दिनदिनै घट्दै जाने छ । म घर व्यवहार र बालबच्चाको ख्याल गर्छु । कवितालाई विदेश पठाएपछि साहुले पनि विजयलाई अव त ऋण छिट्टै तिर्लास भनेर सान्त्वना पनि दिन्थे । कविताले साउदी अरवमा काम सुरु गरिसक्नु भएको थियो ।
यो खबरले विजयलाई झनै खुसी मिल्यो । बालबच्चा पनि आमाले कमाउन थालेको सुनाउँदा खुसी हुन्थे । तर यो परिवारको खुसी धेरै दिन टिकेन । साउदीबाट कविताले विरामी परेँ भन्दै फोन गर्नुभयो । मासिक १ हजार रियल तलव भएपनि कविताले १५ दिन मात्रै काम गर्नुभयो । कवितालाई रोगले झनझन चाप्यो । त्यसपछि काम गर्ने कुरै भएन । त्यहि कम्पनीमा कार्यरत अरु नेपाली महिलाले उहाँलाई अस्पताल लगे । अस्पताल भर्ना भएपछि उहाँलाई बीसको उन्नाईस भएन ।
यो खबरले मकवानपुरको घरमै बसेका विजयलाई उस्तै छटपटीमा पर्नुभयो । विरामी भएर परदेशमा थलिएकी कवितालाई नेपाल फर्काउन विजयले हारगुहार सुरु गर्नुभयो । परदेशमा साथीहरुले जसोतसो उपचारमा त सघाए तर पर्याप्त थिएन । रोगले झनझन च्याप्तै लग्यो । विरामी परेकी कविता साउदी पुगेको २ महिनामै नेपाल फर्किनु भएको छ । अहिले ललितपुरको पाटन अस्पतालमा उहाँको उपचार भैरहेको छ । तर रोग पत्ता लागेको छैन् । कमाउन गएकी कविता धनको सट्टा रोग लिएर फर्किनुभयो ।
उपचार गराउने खर्चको उस्तै अभाव छ । थला परेर साउदीबाट फर्किएकी कविता घरसमेत पुग्न सक्नु भएको छैन् । कवितालाई नेपाल फर्काउन काठमाडौं आएका श्रीमान पनि कवितासँगै अस्पतालमै हुनुहुन्छ । घरमा भएका बालबच्चा विद्यालय जानसमेत सकेका छैनन् । घरबाट बालबच्चाले फोन गर्छन आमा चप्पल फाट्यो कहिले ल्याईदिनुहुन्छ । तपाई नआएसम्म हामी विद्यालय जान सक्दैनौं ।
कविताको उपचारका लागि विजयले घर छाडेदेखि वालबच्चा विद्यालय गएका छैनन् । एकातिर साहुको ऋण अनि वालवच्चाको विजोग सम्झिँदा कवितालाई मुन्टो उठाउनै गाह्रो छ । साउदीमा आपत विपत पर्दा आफ्नै देशका दाजुभाइले पनि सहयोग गर्न सक्दैनन् । किनभने त्यहाँ सितिमिती पुरुषले महिलाको अनुहार हेर्न पाइन्न । हेर्दा कानून अनुसार कडा सजाय भोग्नुपर्छ ।
१४ भदौ, काठमाडौं - ६० लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीले इन्दिरा रिमाललाई पक्राउ गरेको छ । रिमालसहितको समूहले जडिबुटीको कारोवार गर्ने भक्तपुर १४ का रामलक्ष्मी त्वायनाको ६० लाख रुपैयाँ ठगेको अभियोग छ ।
प्रहरीका अनुसार त्वायनालाई शंकरापुर ८ का गणेशकुमार पण्डितले जैविक विविधता नेपाल नामको जडिबुटी प्रशोधनका सञ्चालक निर्मल कार्कीसँग चिनजान गराराएका थिए । पण्डितले नुवाकोट खड्ग भन्ज्याङ्ग २ घर भई बालुवाटार बस्ने इन्दिरा रिमालको भारतमा जडिबुटी सम्बन्धी ठुलो कारोवार भएको र भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई नवरस हर्बल इन्ड्रष्टिजको स्तरोन्नती गर्ने प्रलोभन देखाएका थिए ।
उनीहरुले रामलक्ष्मी त्वायनाको जग्गा धितो राख्न लगाई ६० लाख झिकेको थिए । त्वायनालाई भने इन्दिरा रिमालले ६० लाखको चेक दिएकी थिइन् । तर, चेक साट्न जाँदा रकम नपाएपछि पीडित रामलक्ष्मी त्वायनाले यस अपराध महाशाखामा ठगीको उजरी दिएका थिए । ठगीमा संलग्न मध्ये गणेश कुमार पण्डित धरौटीमा छुटेका छन् । इन्दिरालाई बालुवाटारबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
१३ भदौ, काठमाडौं । सरकारले पीआरधारी कर्मचारीलाई कि जागिर कि पीआर त्याग्न अल्टिमेटम दिएपछि अधिकांश कर्मचारी जागिर नै छाडेर अमेरिका रोजेका छन् । तर रुपन्देही टिकुलीगढका शशीधर शर्मा पौडेल भने अमेरिकी भिसा त्यागेर देशमै गाईफार्म सञ्चालन गरेर बसेका छन् । १५ वर्षअघि सरकारी विद्यालयमा स्थायी शिक्षकको जागिर खाएका पौडेलले आफ्नै पेट्रोल पम्प पनि चलाएका थिए । बुटवलमा घरजग्गा भएकाले आर्थिक अवस्था पनि राम्रो रहेको पौडेललाई अमेरिका जाने भुत चढेपछि घरजग्ग्ाा र पेट्रोलपम्प बेचेर अमेरिकाका जाने सुर कसे ।
अमेरिकाको लागि पाँच वर्षको भिसा पनि लागेपछि उनी अमेरिका पुगे । तर दुई हप्तामै उनले मन बदले । दोस्रो दर्जाको नागरिक भएर बस्नु भन्दा आफ्नै देशमा केही गर्छु भनेर उनी दुई हप्तामै भिसा त्यागेर स्वदेश फर्किए । स्वदेश फर्किएर उनले २०६५ सालदेखि ब्यवसायिक रुपमा गाई पाल्न शुरु गरेको कारोबार दैनिकमा खबर छ । गाई पाल्न लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रालिमार्फत रुपन्देहीको टिकुलीगढमा १० विगाहा जग्गा किनेर आधनिक शैलीको गोठ बनाए । शुरुमा होलस्टन र जर्सी जातका दुई सय बढी गाई ल्याए । शुरुमै २५ करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले २० विगाहाको क्षेत्र विस्तार गरी ८० करोड लगानी पुर्याएका छन् । उनको फार्ममा अहिले पाँच सय गाई छ भने दैनिक एक हजार लिटर दूधबाट वाषिर्क पाँच करोड रुपैयाँ आम्दानी गर्छन् ।
अमेरीकामा उपचारत आदित्य दाहाल भन्छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ’
काठमाण्डौ। अमेरीकामा उपचाररत बालग्यानी गुरु आदित्यले टिकापुर घटनाका विषयलाई लिएर मुख फोरेका छन् ।
क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालमा उपचाररत आदित्यले कैलालीको टीकापुर आक्रमणलाई गहन रुपमा लिँदै पर्दापछाडीबाट मनोबल दिने काम भैराखेको बताएका छन् । उनले एक सन्देश लेख्दै भनेका छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ ।
Aaditya-kailali
आदित्यले केही दिन अघि मात्रै लेखेको सन्देशमा भनेका छन् आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि रु सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको भन्दै आदित्यले सन्देशमा लेखेका छन् उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ उनले ट्वीटरमा लेखेका छन् । को हुन् आदित्य ?
चार वर्ष आठ महिनाका यि बालक न बोल्न सक्छन् न हिँड्डुल गर्न । उनी अहिलेसम्म विद्यालय गएकै छैनन् । बसी बसी हरेक प्रश्नको जवाफ लेखेर दिन्छन् । एक अलौकिक बालकजसलाई आँखाले नदेखेसम्म पत्याउन मुस्किल पर्ने यि बालकसँग संसारका अनेट जटिल प्रश्नको उत्तर छ । उनले केही प्रश्नलाई भने कुटनीतिक जवाफ दिने गरेका छन् । Aaditya-dahal-taja नेपालको संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले नेताहरुबीचको झगडा मिलेपछि २०७२ सालमा भनेका छन् । त्यस्तै उनलाई भेट्न जाने मानिसहरुलाई बेग्ला बेग्लै सल्लाह दिने गरेका छन् । त्यस्तै उनले सुशील कोइरालापछि नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । त्यस्तै उनले आफू २०७३ असार ३१ देखि हिँड्न थाल्ने पनि बताएका छन् ।

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् । ‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्। उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्।

‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् । साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् ।

काठमाडौं ।
कैलालीमा गत सोमबार भएको हिंसात्मक घटना पछि प्रहरीको अत्याधिक खोजिको सूचिमा रहेका पात्र हुन् रेशम चौधरी । घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजि कार्य जारी राखेको छ तर उनी हाल नेपालमा नभएको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।
यस्तो छ कैलाली घटनाको पृष्ठभूमि
कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो ।
कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार सहित प्रदर्शनमा उत्रनु पर्ने गरी निक्कै उत्तेजित र विवादाष्पद अभिव्यक्ति दिए । जसको संसदमा निक्कै आलोचना भयो ।
गृहमन्त्री बामदेव गौतमले त्यसको अडियो टेप संसदलाई उपलब्ध गराएर राज्य व्यवस्था समितिमा पठायो । र राज्य व्यवस्थाले उपसमिति गठन गरेर अहिले त्यसको छानविन गरिरहेको छ । त्यसरी भाषण गर्ने पात्र आम सभामा बोलाउने र उनीहरुलाई उत्तेजित भाषण नगरे जनता आन्दोलनमा सहभागि नहुने भन्दै उकास्ने पात्र उनै रेशम चौधरी भएको श्रोतको दावी छ । जुन आमसभाको अध्यक्षता चौधरी आफैले गरेका थिए ।
टिकापुर घटना घट्नु अघिल्लो दिनसम्म उनी आफ्नै फूलबारी रिसोर्टमा थिए । श्रोतका अनुसार आन्दोलनको सबै योजना त्यही रिसोर्टबाट बनेको थियो । प्रहरी श्रोतका अनुसार एस एस पी लक्ष्मी न्यौपाने माथि पहिलो प्रहार गर्ने व्यक्ति पनि उनै रेशम चौधरी थिए ।
को हुन रेशम चौधरी ?
देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन ।
दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२÷०६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी । त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो ।
जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे ।
कैलाली घटना कसले गरायोः भरत दाहालको दावी यस्तो छ
उनी सदभावनामा प्रवेश मात्र गरेनन्, राजेन्द्र महतो पछिको दोस्रो ठूलो पद अर्थात केन्द्रीय उपाध्यक्ष पनि हात पारे ।
त्यति मात्र होइन, दोस्रो संविधानसभा चुनावमा टिकट पनि पाए र कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । स्रोत : हेडलाइन्स

गत सोमबार हिंसात्मक घटना घटेको कैलालीको टिकापुर नगरपालिका र वरिपरिका गाउँमा स्थानीय प्रशासनले अहिले कर्फ्यु जारि गरेको छ। टिकापुर नगपालिकासहित वरिपरिका ९ गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरि कर्फ्यु जारी गरिएको स्थानीयले जानकारी दिएका छन्। सेतोपाटीसँग फोनमा कुरा गर्दै टिकापुर नगरपालिका वार्ड नम्बर ९ मा बस्ने बाबुराम चौधरीले भने,‘अहिले कर्फ्यु जारि गरिएकोले सुरक्षाकर्मीले कसैलाई हिड्न दिएका छैनन्, त्यसैले टिकापुर शान्त छ, केहि घटना भएको छैन।’ फोनमा कुरा गर्ने टिकापुरका धेरै थारू समुदायका मानिसले अस्ति मंगलवार कर्फ्युको समयमा स्थानीयको भीडले केहि थारु समुदायको घर जलाउँदा र पसल भत्काउँदा सुरक्षा दिन नसकेको भन्दै सुरक्षाकर्मीको आलोचना गरे।
‘कर्फ्यु भन्ने, घरबाट मानिस बाहिर निस्कन पाउँदैन भन्ने अनि भीडले एउटा खास समुदायको घर जलाउँदा सुरक्षाकर्मीहरू हवाई फायर मात्रै गरेर बस्ने?’ एक आक्रोशित स्थानीय थारू अगुवाले सेतोपाटीसँग भने। सोमवार थरूहट प्रदेशका पक्षधरहरुको प्रदर्शनीका क्रममा घटेका हिंसात्मक घटनामा सात सुरक्षाकर्मी र एक बालकको हत्या भएपछि मंगलबार पहाडे समुदायका केहि मानिसले आक्रोशपूर्ण प्रदर्शन गरेका थिए। सो अवसरमा केही स्थानीय थारूहरूको घर जलाइएको थियो। कैलाली क्षेत्र नम्बर एकका प्रत्यक्ष तर्फका सभासद जनक चौधरी, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष रेशम चौधरी, र स्थानीय ब्यापारी मिरू चौधरीको आफ्नै घरमा रहेको इलेक्ट्रोनिक पसल मिरू टेडर्समा आगजनी तथा तोडफोड भएको थियो।
त्यसबाहेक थारू समुदायका मानिसहरुको स-साना चिया तथा फलफूल पसलहरु तोडफोड भएको उनीहरुले बताए। टिकापुरमा थारु समुदायका मानिसहरुको ६० प्रतिशत घर तोडफोड र जलाइएको छ रे हो भन्ने प्रश्नमा बाबुरामले भने, ‘त्यस्तो त लाग्दैन। कर्फ्युले गर्दा हामी धेरै बाहिर जान पाएको छैन। तर स्थानीय एफएमहरुले त्यस्तो भनेको छैन।’ फोनमा कुरा गर्ने कतिले टिकापुर वारिपरीका गाउँ र कमैया बस्तिहरूमा सुरक्षाकर्मीहरूले खानतलास गरेको आफूले सुनेको बताए। ति मध्ये एक जनाले स्थानीय अल्फा चर्चमा प्रहरीले गएर हातपात गरेको बताए। ‘चर्चमा बसिरहेका करण चौधरीलाई प्रहरीले तिमी पनि थरूहटको कार्यकर्ता हो? अस्ति आन्दोलमा आक्रमण गर्ने तिमी पनि हो भनेर हप्काए। त्यही चर्चका मंगल चौधरीले सम्झाएर प्रहरीलाई पठाए। तर पछि करण चौधरी बाटोमा हिँडीरहेको बेला प्रहरीले टाउकोमा दुई घुस्सा लगायो, खुट्टामा पनि पिट्यो’, उनले भने। करण चौधरीसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन। टिकापुरमा बस्ने एक अगुवा राजनीतिक कार्यकर्ताले भने नगरपालिका वरिपरिका गाउँ र कमैया समुदायमा प्रहरीले धेरै खानतलास गरेको आफूले सुनेको बताए।
टिकापुर नगरपालिकाको पूर्वमा शिवनगर टोलमा ठूलो कमैया बस्ती छ। त्यहाँ करिब ३५० कमैया परिवार बस्छन्। सोही बस्तीमा बस्ने विवश चौधरीलाई हामीले फोन गरेर सोध्यौं,‘तपाईको बस्तीमा सुरक्षाकर्मी खानतलासी गर्न आएको छन्?’ उनले भने, ‘हाम्रो बस्तीमा त आएका छैनन् तर दक्षिणपटिको टोलमा आएका थिए भन्ने सुनेको छु।’ बिवसले कर्फ्युले कमैया बस्तीका बासिन्दाको दैनिकी कठिन बनेको बताए। ‘धेरै कमैयाहरुले दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउछन्। धेरैको राशन सकिसक्यो,’ उनले भने ‘मेरैमा पनि चामल अव दुई-तीन दिन भन्दा धेरै पुग्दैन। किन्न जाने ठाउँ छैन।’
श्रोत अनलाइन खबर => भदौ, बुटवल । एकातिर सरकारी जागिरमा जिम्मेवार पद, अर्कोतिर सरकार विरोधी आन्दोलनको नेतृत्व । धनीराम चौधरीलाई तालमेल मिलाउन मुस्किल परेको हुनुपर्छ । कैलालीसहित पश्चिम मधेसमा जारी थारु आन्दोलनको नेतृत्व गर्दै आएको थारु कल्याणकारी सभाका अध्यक्ष हुन् धनीराम । उनी थारु सभासदहरुको मोर्चा सहित ४ संगठनको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् ।
उनै धनीराम सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर पनि हुन् । उनी साउन २९ देखि भदौ २४ गतेसम्मका लागि घरबिदामा छन् । तर, कुनै घरायशी काम परेर होइन, आन्दोलनको नेतृत्व गर्न उनलाई विदा चाहिएको हो ।
निजामति सेवा ऐन २०४९ को (संशोधित ऐन २०७२०) अनुसार उनले आन्दोलनको नेतृत् वगर्न मिल्दैन । तर, चौधरी सरकारी कामलाई थाँती राखेर सरकारविरुद्धकै आन्दोलनमा हिँडेका छन् ।
निजामति सेवा ऐन अनुसार सरकारी कर्मचारीले कुनै पनि किसिमको राजनीतिक गतिविधी गर्न पाइदैन । तर चौधरी करिब एक वर्षदेखि थारु कल्याणकारी सभाका संयोजक छन् । बर्खास्त हुन्छन्ः लालबाबु पण्डित सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले ट्रेड युनियन बाहेक राजनीतिक अधिकारका लागि कुनै पनि आन्दोलनमा सहभागी हुन नपाइने अनलाइनखबरलाई बताए । ‘सरकारी कर्मचारीले यस्तो आन्दोलनमा हिँडेको पुष्टि भए बर्खास्तसम्म हुन सक्छ,नेतृत्व गरेको भए त झनै गम्भिर हो’ उनले अनलाइनखबरसित भने । बिदा लिएर बसेको अवस्थामा पनि यस्ता निजामति ऐन आकषिर्त हुने उनको भनाई छ । धनिराम भन्छन्-म सरकारी इन्जिनियर हुँ थरुहट आन्दोलन संयोजक चौधरीले आफू सरकारी सेवामा भएको स्वीकार गरे । ‘हो म सरकारी इन्जिनयर छु,’ उनले भने, ‘राष्ट्र र राष्ट्रियताका लागि शान्तिपूर्ण आन्दोलनमा होमिएको हुँ । यसमा गलत के छ ?’ उनले आफ्नो संगठन राजनीतिक नभएर सामाजिक भएको समेत जिकिर गरे ।
काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् ।
उनीहरुले मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको आरोपसमेत लगाएका छन् । सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
रौतहट : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा एम्बुलेन्स जलाएका छन्।
गौरमा जारी निषेधाज्ञा अवज्ञा गर्दै सडकमा उत्रेका आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए। आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ।रासस

टीकापुर घटनापछि कैलालीमा सेना परिचालन गरिएको छ । कफ्र्यु लगाइएको रौतहटमा पनि सेनाले गस्ती थालेको छ । दुवै जिल्लाका केही भाग संकटग्रस्त क्षेत्र घोषणा गरिएका छन् । कैलाली प्रशासनले दिउँसो ४ बजेदेखि टीकापुर नगरपालिका, मनुवा, नारायणपुर, जोशीपुर र दुगौली तथा त्यसआसपासका क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
ती क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्ति समूहमा हिँडडुल गर्न नपाउने, प्रहरीले विनापुर्जी जोकोहीलाई पक्राउ गर्न सक्ने, नारा–जुलुस गर्न र पर्चा–पोस्टर टाँस्न नपाउने प्रशासनले जनाएको छ । हिंसाजन्य गतिविधि हुने अवस्थामा गोली हान्न सक्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई दिइएको छ । स्थानीय प्रशासनको निर्णयलगत्तै साँझ टीकापुर क्षेत्रमा नजिकैका दुई गणबाट सैनिक बाहिर निस्केका छन् ।
पूर्व–पश्चिम राजमार्ग आसपासमा रहेको गोरांगे ब्यारेक तथा अत्तरिया र गोदावरीको बीचमा रहेको तेघरी ब्यारेकबाट सेना परिचालित भएको जंगी अड्डाले जनाएको छ । ‘दंगाग्रस्त क्षेत्र घोषणा भइसकेको अवस्थामा स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय गरेपछि सेना परिचालित भएको छ,’ सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने ।
कैलाली प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(ख) अनुसार दंगाग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालनको निर्णय गरेको हो । उक्त दफामा कुनै विशेष क्षेत्रमा परिस्थिति प्रहरीको काबुबाहिर गएमा स्थानीय प्रशासनको निर्णयअनुसार सेना परिचालन हुन सक्ने प्रावधान छ । देशैभरि संकटग्रस्त अवस्था उत्पन्न भए सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस युवा नेता तथा सभासद् गगन थापाविरूद्ध ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका छन् । ‘गुन्डा नाइके’ कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएको घटनाको निष्पक्ष छानविनको माग गर्दै थापा राष्ट्रिय मानव अधिकार आयोग पुगेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरूद्ध निर्मम खनिएका हुन् ।
थापाले आइतबार आयोग कार्यालय पुल्चोक पुगेर प्रहरी ज्यादतीको छानविन गर्न माग गरेका थिए । थापा आयोग कार्यालय पुगेर ‘कुख्यात अपराधीको बचाउमा’ लागेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘थापा शान्ति र अमनचयनको विरोधी रहेको र गुण्डागर्दीको संरक्षणमा लागेकोले उनीपनि उही ड्यांगको मुला भएको’ तर्क गरेका छन ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘थापा शान्ति र अमनचयनको विरोधी रहेको र गुण्डागर्दीको संरक्षणमा लागेकोले उनीपनि उही ड्यांगको मुला भएको’ तर्क गरेका छन ।
आइतबार थापाको साथमा सभासद जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान पनि आयोग कार्यालय पुगेका थिए । मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले कुमार घैंटेको परिवारलाई सहयोग गर्न थापासहित सभासदहरुले आग्रह गरेको बताएकी छिन् ।
थापासहित कांग्रेस सभासदहरु घैंटेको लविङमा मानवअधिकार आयोग पुगेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्वीटर प्रयोगकर्ताले त ‘गगन थापा ब्लक’ अभियान समेत चललाएका छन ।
‘घैंटेको कुरा लिएर मानवअधिकारमा जाने मान्छे हिजो ज्युँदै बालक रेटिँदा, महिलालाई आगो लगाईंदा किन मौन ? आखिर अधिकार सबैको हैन र बाँच्न पाउने ?–ठूला मुखे
गगनको के बाध्यता थियो थाहा भएन, म पनि छक्क परेँ ! यो राजनीतिमा भित्र भित्र के पाक्दो रहेछ बास्ना बाहिरै पो आयो त ! –द सर्कल
खासमा चरी मरेकै बेला राजेन्द्र पाण्डेहरूलाई गगन थापाहरूले सघाएको भए अहिले घैंटेको ज्यान जाने अवस्था आउने थिएन । –रोशन साँवा
यो मान्छे युवा अनि राम्रो भनेको त पापिहरूको संगतले पतित भैसके छ । बल्ल त्यो असल हुनुको मुखुण्डो खोलेछन् । सही अनुहार त यो पो रै छ ! –मिस्टर नेपाल
कांग्रेसः कुमार घैँटेलाइ सहिद घोषणा गर सरकार ।
सरकारः सहिद घोषणा गर्दा बिरोध हुन्छ..राष्ट्रिय बिभुति घोषणा गरौँ । –घनश्याम बाबु
सरकारः सहिद घोषणा गर्दा बिरोध हुन्छ..राष्ट्रिय बिभुति घोषणा गरौँ । –घनश्याम बाबु
घैंटेको अवसानले नेकाका दुइजना होनहार कहलिएका घैंटेका अनन्यमित्र सभासदद्वय युवानेता गगन थापा र धनराज गुरुङको पनि अवसान गराए जस्तो छ । –भीम उपाध्याय
नेपाली जनताको गगन थापाप्रती रहेको आस र भरोसा पनि भत्कियो अब । धन्यवाद गगन थापा बेलैमा आफ्नो सक्कली अनुहार देखाइदिएकोमा । –दीपा
यदि घैँटेको बिषय लिएर गगन मानव अधिकार आयोग धाएकै हुन भने के नै भन्न छ र ‘थुक्क’ बाहेक । –गोरे सुरज ।
फुटिसकेको घैँटेको पछि लागेर गगनले आफ्नो कद घटाउनु हुँदैनथ्यो । यदी उनी घैँटेप्रवृत्तिको संरक्षकनै हुन भने ‘गगन’ शान्ति र अमनचयनका खलपात्र हुन। –अक्षर काका
गगन थापा ! सुर्खेत मा ४ जना मर्दा मानवअधिकार छाबिन आयोग कता थियो? एउटा समाजको किरा मर्दा येति धेरै पिर ! –ठाकुर
गगन थापा एउटा आशा लाग्दा नेता हुन् जस्तो लाग्थ्यो तर होइन रहेछ यो मुला पनि उही ड्याङ्ग कै परेछ,घैँटे इन्काउण्टरको छानबिन गर पो भन्छ गाँठे !–सुइखुट्टे
आस लागेको मान्छे जेठा जु पर्यो भनेझैँ भयो । गगन भन्ने मान्छे लाई सबै पार्टीको युवा देखि वृद्धसम्मकोले मानेको । उल्टो भो! –गुरिल्ला इज योर फादर
गगन थापाले नभाको इज्जत नि डुबायो युवा नेता रे छि ! –रोशन बराल
डियर गगन सर ! घैँटेको समर्थन गरेर, जनताले हजुरप्रतिको विश्वास गुमाए ! अब जनताले गगन थापा भन्ने छैनन, त्यै ‘गगने’ भन्ने छन् ! –मेनका घिमिरे
गगन थापा अहिलेपनि काठमाडौको ठेक्कापट्टा डन हुन, काठमाडौंमा धेरै गुण्डा गगनबाट संरक्षित छन । गगनले राजनीतिको खोल ओढेर परिचय लुकाएका थिए । –निर्मल नेपाल
काठमाडौं, ८ भदौ । नेपालमा प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् ।
दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए । ‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ ।’ उनले भने ।
उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’
उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।
dainiknepal.com