पछिल्लोपटक गरिएको एक अनुसन्धानले अपर्याप्त निद्राका कारण मानिसमा रुघाखोकीको जोखिम बढ्ने देखाएको छ ।
अनुसन्धान अनुसार दिनमा ६ घण्टा वा सो भन्दा कम समय मात्र सुत्ने मानिसलाई रुघाखोकीले सताउने जोखिम बढि रहन्छ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका मुख्य शेाधकर्ता डाक्टर एरिक प्राथरका अनुसार रुघाखोकीले सताउने कारक तत्वहरुमा अन्य मध्ये कम निद्रा वा अनिद्रा सबैभन्दा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ ।
मानिसहरुको उमेर, वर्ग, तनावको अवस्था, शिक्षा तथा आय वा अन्य जिवनशैली जे सुकै रहेपनि रुघाखोकीका लागि निद्रा सबैभन्दा महत्वपूर्ण विषयको रुपमा रहेको उनले बताएका छन् ।
शोधका क्रममा १६४ जना स्वस्थ मानिसहरुलाई एक हप्तासम्म उनीहरुको नाडीमा सेन्सर बाँधेर उनीहरुको सामान्य निद्राको आनीबानी रेकर्ड गरिएको थियो ।
त्यसपछि उनीहरुको नाकबाट रुघा लगाउने राइनो भाइरसको झोल हालियो । अनि उनीहरुलाई ५ दिनसम्म होटलमा छुट्टै राखेर अवलोकन गरियो की कति जनालाई रुघाखोकीको लक्षण देखापर्छ ।
त्यसक्रममा कम समय मात्र सुत्ने गरेका मानिसहरुमा रुघाखोकीको लक्षण तत्कालै देखा पर्यो भने पर्याप्त निद्रा सुत्ने मानिसहरुमा रुघाखोकी देखा परेन ।
अपर्याप्त निद्राले मानिसको रोग प्रतिरोधी क्षमता पनि घटाउँछ भन्ने यसअघिको सिद्धान्त समेत यो प्रयोगले सिद्ध गरेको दाबी शोधकर्ताको छ ।
शोधकर्ताहरुले मानिसहरुको निद्राको समय मात्र मापन गरेका थिए । निद्राको गहिराइ वा गुणस्तर मापन गरिएको थिएन । मानिस रातको समयमा कति घण्टा सुत्दछ भन्ने कुराले मात्र प्रभाव पार्ने तर सुतेको बेला रातमा कतिपटक जागा हुन्छ वा पूरै एक निद्रामै बिहान मात्र ब्युँझिन्छ भन्ने कुराले फरक नपार्ने शोधकर्ताहरु बताउँछन् ।
रातमा ७ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसहरुमा चिसो तथा रुघाखोकीले सताउने जोखिम थोरै सुत्ने मानिसमा भन्दा कम रहने अध्ययनको निष्कर्ष छ ।
यसअघिका विभिन्न अध्ययनले अपर्याप्त निद्राले मानिसमा बिमार तथा मोटोपना समेत बढाउँछ ।
विज्ञहरुका अनुसार स्वस्थ मानिसका लागि रातमा ८ घण्टाको गहन निद्रा आवश्यक हुन्छ ।निद्राको गडबडीले मानिसमा रुघाखोकीको औषधि तथा खोपको प्रभाव पनि घटाउने शोधकर्ताहरु बताउँछन् ।
विशेष गरी थाइराइडसम्बन्धी चिकित्सक नहुँदा ग्रामीण क्षेत्रका मानिस बढी समस्यामा परेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
१० महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो। दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ। दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ। तर, यदी दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने त्यही दुध विषपान गरेसमान हुनसक्छ।
दुधसँग तपाइले यी सात चीज खादै हुनुहुन्छ, सावधान! यदि त्यसो गर्दै हुनुहुन्छ भने तपाइले आफैलाई विषपान गर्दै हुनुहुन्छ।
कालो दालसँग दुध
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ। तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ। यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
दहीसँग दुध
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।
मूला, माछामासु जस्ता पदार्थसँग दुध
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस्। यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ। यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ।
नुन र करेलासँग दुध
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन। यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ।
तिलको सेवनसँग दुध
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ। यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ।
कागतीसँग दुध
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ।
सुत्नु भन्दा अघि तातो दुध
सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ। तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ।

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ ।लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि हुन्छ ।५ लाख भन्दा बढि मानिसमा गरिएको अध्ययनका आधारमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की लामो समयसम्म लगातार काममा खटिइरहँदा तनाव बढ्ने र त्यस्तो तनाव हृदयाघात तथा अन्य खाले स्वास्थ्य समस्या कारण बन्दछ ।त्यसैले लामो समयसम्म काम गर्ने मानिसले अकाल मृत्युबाट बच्नका लागि आफ्नो रक्तचापको नियमित परीक्षण गराउनुपर्ने विशेषज्ञ बताउँछन् ।अध्ययनका क्रममा हप्तामा ३५ देखि ४० घण्टा काम गर्नेको तुलनामा हप्तामा ४८ घण्टा काम गर्ने मानिसमा हृदयाघातको सम्भावना १० प्रतिशत उच्च रहेको पाइएको थियो ।त्यस्तै हप्तामा ५४ घण्टा काम गर्नेमा २७ प्रतिशत तथा ५५ घण्टा काम गर्नेमा ३३ प्रतिशत बढि पाइयो ।युनिभर्सिटी कलेज अफ लण्डनका डाक्टर मिका किविमाकीका अनुसार हरेक ३५ देखि ४० घण्टा प्रति हप्ता काम गर्ने मानिसहरुमा हरेक १० वर्षमा विश्लेषण गर्दा हृदयाघातको घटना प्रतिहजार ५ जना भन्दा कम पाइएकेा छ ।जबकी ५५ घण्टा प्रतिहप्ता काम गर्नेमा यो संख्या प्रतिहजार ६ जना थियो ।पछिल्लो शोधको निष्कर्ष सुरुवाती निष्कर्ष रहेको भन्दै शोधकर्ताले यसमा अझै अनुसन्धानको खाँचो रहेको बताएका छन् ।हृदयाघातका कारणमा लामो समयसम्म काम गर्दा उत्पन्न हुने तनावका साथै लामो समयसम्म बसिरहेर काम गर्दा उत्पन्न हुने जोखिम समावेश हुन्छ ।त्यस्तै लामेा समयसम्म कार्यस्थलमा बसेर काम गर्नुपर्दा व्यायाम तथा सन्तुलित भोजनको अवसर पनि कम मिल्ने हुनाले मानिसको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।त्यसैले कार्यसमयलाई सरीरले थेग्नसक्ने बनाउनुका साथै स्वस्थ खानपान, जिवनशैली अपनाउनुका साथै कार्यालयमा बसिरहनु भन्दा बेलाबेलामा कुर्सीबाट उठेर यताउती हिँड्ने तथा शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्ने शोधकर्ताहरुको सल्लाह छ ।
1. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमाा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं ।
2. पेटको अल्सर का लक्षणहरु के के हुन्?
यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ । खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु, आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ
3.पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।
4. पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने । रक्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने ।
5. रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?
खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ताा हटाउने र हास्नर खुशी रहन सिक्ने घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने । शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने पेटको अल्सर लागिसकेपछि के के नगर्ने ? धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने । व्रतलिन छाडिदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने राती धेरैबेरसम्म नबस्ने । दुखाइ हटाउने
विर्तामोड ।
प्यारालाइसिस भएर कम्मर पछाडि तिघ्रामा घाउ भइ लामो समयदेखि उपचार विहिन भएर बसेका इटाभट्टा झापाका चन्दन धिमालले आफ्नो उपचार भएपछि सन्तुष्टिको सास फेरेका छन् । गत जेठ १८ मा भारत सिलिगुडीका डा.मोहपाललाई देखाउन पुगेका धिमालको घाउको तत्कालै शल्यक्रिया गरियो । तर, घर फर्किएपछि रोग निको हुन त कता हो कता, झन् पो बल्झियो ।
वर्ष ४० का धिमालले भने, ‘झन् भित्रैदेखि घाउ पाकेर पो आएछ ।’ उनले भारतको सिलगुढीमा गइ उपचार गर्दा पैसा पनि सकिएको र ज्यान पनि झण्डै सकिएकोमा दुःखेसो गरे । भने, ‘त्यहाँ त साह्रै दुःख पाइयो ।’
अहिले धिमालको उपचार बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भइरहेको छ । उनको घाउको भर्खरै शल्यक्रिया गरियो । उनले भने, ‘अब बाँच्छु जस्तो लागेको छ । आज नै मलाई डिस्चार्ज गरिँदै छ ।’ बी एण्ड सी अस्पतालका अर्थोपेडिक सर्जन डा. निराजन पराजुली भन्छन्, ‘अप्रेशनबिना सम्भव नहुने यो प्रविधि पूर्वका लागि नौलो हो ।’
कम्मर पछाडिको घाउ भएको भागको मासु निकालेर शरीरको अर्को ठाउँबाट मासु काटी लगेर गरिने यो अप्रेशनलाई ‘फ्ल्याप सर्जरी’ भनिने डा. पराजुलीले जनाए । उनका अनुसार विरामी अन्तिम अवस्थामा आइपुगेका थिए ।
उता, धरमपुर–७ झापाका मनोरथ घिमिरे र फिक्कल इलामका दिनेश राई पनि यतिवेला खुशी देखिएका छन् । नेपालमै नौलो मानिएको ‘म्याग्जिलो फेसियल सर्जरी’ को माध्यमबाट आफ्नो अनुहारको भाँच्चिएको हड्डी ठीक भएकोमा उनीहरु हर्षित देखिएका हुन् ।
बी एण्ड सी अस्पतालकी डा. अर्पिता सिंहद्वारा गरिएको उक्त सर्जरी पूर्वमै पहिलो पटक सम्भव भएको हो । हस्पिटलका मेडिकल डाइरेक्टर उमेशकुमार शर्मा भन्छन्, ‘अस्पताल पूर्णरुपमा सञ्चालनमा आएको साढे ३ महिनाको अवधिमा १ हजार भन्दा बढी सानातिना शल्यक्रिया गरिएका छन् भने सय भन्दा बढी जटिल प्रकृतिका शल्यक्रिया गरिएका छन् ।’ उनले फ्ल्याप सर्जरी, म्याग्जिलो फेसियल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक सर्जरी लगायत क्यान्सर सम्बन्धी जटिल रोगको उपचार सम्भव भएको बताएका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीका अनुसार बी एण्ड सी अस्पतालमा नेपालमै नभएको नयाँ प्रविधिको उपचारका लागि ‘न्यूरो माइक्रोस्कप पेन्टेरो–९००’ भित्र्याइएकोे छ । जसले उपचार पद्धतिलाई अत्यन्त सहज बनाएको छ । क्यान्सर केयर सुरु गरेपछि केमो पनि दिन थालिएको र त्यसका लागि भारतबाट समेत विरामी आउने गरेको डा. गिरीले जनाए । भर्खरै बिर्तामोडका अन्जेश गिरीको गरिएको टाउकोमा रहेको ट्यूमरको अपरेशन अत्यन्तै जटिल प्रकृतिको रहेको र त्यो बी एण्ड सी अस्पतालका डाक्टरहरुले गरेको अपरेशनमध्ये अत्यन्तै जटिल रहेको उनले बताए ।
मुटु बचाउने ७ तरिका
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
१. कम्तिमा सात घन्टा सुतौँ हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
२. आफ्नो रक्तचाप जानी राखौँ रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।
३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।
४. दैनिक ३० मिनेट हिँडौँ व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
५. हप्ताका एक दिन माछा खाऔं माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
६. सन्तुष्ट हुन सिकौँ आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
७. दाँत माझौँ गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।

बंगलादेश, पाकिस्तान, भुटानजस्ता छिमेकी देशमा देखिने यौनरोग र नेपालमा देखिने यौनरोगको समस्या एउटै छ । नेपालजस्ता अल्पविकशित देशमा कुपोषण तथा वातावरणका कारण यौनरोग धेरै देखिने गर्छन् । अहिले पनि ग्रामीण क्षेत्रमा खोलाको फोहोर पानीमा नुहाउने तथा पौडी खेल्ने महिला प्रशस्तै छन्, जसले यौनरोगलाई निम्त्याउँछन् । सानै उमेरमा विवाह र चेताना एवं शिक्षाको कमी पनि यौनरोगको कारण हो । मुख्यतः विदेश गएका युवाबाट गम्भीर प्रकृतिका यौगरोग भित्रिने गरेको पाइन्छ । विदेश गएका व्यक्ति यौनरोग लिएर आउने र श्रीमतीलाई सार्नेको संख्या धेरै छ ।
यौनरोगहरू महिलाबाट पुरुषमा भन्दा पनि पुरुषबाट महिलामा सर्ने सम्भावना बढी हुन्छ । योनीबाट निस्कने श्रावको परिमाण बढेमा, गन्हाउने श्राव भएमा, तल्लोपेट दुख्ने र योनीमा डाबर वा घाउ आएमा यौनरोगको शंका गर्न सकिन्छ । यौनरोगका विभिन्न प्रकारका हुन्छन् । यसलाई तीन किसिमले हेर्न सकिन्छ । ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी । ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो ।
यसमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाव गर्दा पाल्नेजस्ता लक्षण देखिन्छन् । केही महिलामा योनी खुम्चने रोग पनि देखिन्छ । यस्ता रोग यौनसम्पर्कका कारण नभई ब्याक्टेरियाका कारण लाग्छन् । यसले गर्भवती महिलाको बच्चा समयभन्दा चाँडो जन्मने हुन्छ । यस्तै, महिलामा देखिने अर्को यौनजन्य समस्या ट्राइकोमोनासिस हो । यसलाई खतरा नमानिए पनि यौनी चिलाएर हैरान पार्छ । यो यौन सम्पर्कका कारण सर्ने रोग हो । पिसाब गर्दा पोल्ने, योनी धेरै चिलाउने, गन्हाउने पानी बग्ने, योनी र त्यसको वरपर रातो हुने यसका लक्ष्यण हुन् । एचआईभी, धातुरोग र भिरिङ्गी गम्भीर खालका यौनरोग हुन् । धातुरोग र भिरिङ्गीको समयमै उपचार नगरे यसले बाँझोपना निम्त्याउन सक्छ । यसमा संक्रमित व्यक्तिसँग यौन सम्पर्क राखेको दुई देखि सात दिनभित्र लक्ष्यण देखिन थाल्छ । योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, तल्लो पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, यौन सम्पर्क राख्दा पोल्ने वा रगत आउनेजस्ता लक्ष्यण देखिन्छन् भने केहीलाई त कुनै लक्ष्यण नै देखिँदैन ।
यौनी चिलाउने धेरै कारण हुन सक्छ । कसैलाई लुतो वा जुम्राको कारण योनी चिलाउँछ भने कसैलाई साबुन वा स्याम्पूको एलर्जीले पनि यौनी चिलाउँछ । कसैलाई जटिल संक्रमणका कारण पनि यौनी चिलाउने हँुदा समयमै उपचारतर्फ लाग्नुपर्छ । नेपालमा स्वास्थ्य सेवा र शिक्षाको कमी भएकाले जाँच गराउने आउनेमध्ये ५० प्रतिशतमा यौनरोगको संक्रमण भेटिन्छ । यी रोगीहरूमा पछि गएर निसन्तान हुने, क्यान्सर हुने र लगातार रक्तश्राव हुने गम्भीर समस्या देखिन्छ । त्यसैको समाधान भनेकै नियमित रूपमा योनी परीक्षण गराउनु हो । महिला वा पुरुष दुवैलाई यौनरोगबाट बचाउन सर्वप्रथम जनचेतना आवश्यक छ । नेपाली समाजमा रहेको रुढीवादी सोच र परम्परा त्याग्न जरुरी छ । एउटै कपडा नछुने भएका बेला पाँचदेखि सात दिनसम्म प्रयोग गर्ने, राम्ररी नसुकेको पेन्टी वा भित्री कपडा प्रयोग गर्नाले ब्याक्टेरियाले योनीमा आक्रमण गर्छ । जसका कारण संक्रमण भई विभिन्न यौनरोग उत्पन्न हुन्छ ।
यौनरोगको विषयमा छोरीलाई शिक्षा कसरी दिने भन्ने कुरामा बाबुअमाले सोच्नुपर्छ । सानैदेखि यस विषयमा जानकारी गराए यौनरोग लाग्नबाट बचाउन सकिन्छ । अर्को कुरा विदेशबाट यौनरोग लिएर आएकालाई कसरी जोगाउने, कसरी उनीहरूको जाँच गर्ने, कसरी कन्डमको प्रयोग बढाउने भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ । एचआईभीजस्तो डरलाग्दो यौनरोगबाहेक सबै प्रकारका यौनरोगको उपचार सम्भव छ । सम्भव छ भन्दैमा लापरबाही गर्नु भने हँुदैन । सबैभन्दा ठूलो कुरा डर हो । नेपाली समाजमा स्वास्थ्यमा सामान्य गडबडी आए पनि ठूलो रोग हो कि भनेर चिन्ता लिने प्रवृत्ति छ ।
यही डरका कारण रोग बढ्दै जाने देखिन्छ । अर्कोतर्फ गम्भीर समस्या नआएसम्म उपचार गराउन नै नजाने मानसिकताले पनि हाबी छ । यौनरोग लाग्नेबित्तिकै क्यान्सर भयो भन्ने डर धेरैले पाल्छन् । यौनरोग लाग्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । तर रोग लुकाएर ढिला उपचार गर्दा जटिलता थपिन्छ । तसर्थ रोगका कुनै लक्ष्यण देखिए पनि लुकाएर बस्ने वा डराएर आत्तिने गर्नु हुँदैन, तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार गर्नेतर्फ लाग्नुपर्दछ ।

चितवन, श्रावण २९ - चिकित्सकले चरम लापरबाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप छाडेका छन्। दुख्न नछाडेपछि बिरामीले पटक–पटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएपछि चरम लापरबाहीको खुलासा भएको हो।
भरतपुर उपमहानगरपालिका १८ विजयनगरकी ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। अप्रेसन डा.ज्ञान पोखरेलले गरेका थिए। मिर्गौलामा १४.७ एमएमको ढुंगा थियो, त्यो झिकियो। उनी औषधि बोकेर घर गइन्। तर निको हुनुको सट्टा दिनदिनै उनी झन् बिरामी हुँदै गइन्। १३ दिनपछि फेरि अस्पताल आइन्। चिकित्सकले राम्रोसँग नहेरी उल्टै औषधि थपेर पठाइदिए। ‘जँचाउन जाँदा पनि राम्रोसँग हेरेनन्,’ उनले भनिन्, ‘औषधि मात्र थपिदिए, जति खाए पनि सन्चै भएन।’
गोमाले अब धामीझाँक्री लगाइन्। केही गर्दा सन्चो नभएपछि फेरि अस्पताल पुगिन्। नारायणी सामुदायिक अस्पतालमै भिडियो एक्सरे गराइन्। तर चिकित्सकले केही नदेखिएको बताए। बिरामीका आफन्तलाई शंका लाग्यो। भरतपुर सामुदायिक अस्पताल र शंकर मेडिकलमा गएर भिडियो एक्सरे गर्दा पेटमा २ वटा पाइप देखियो। त्यति मात्रै होइन, शल्यक्रिया गरेकै ठाउँमा फेरि ६.५ एमएमको ढुंगा देखियो।
‘बाहिर लगेर एक्सरे नगराएको भए अस्पतालले औषधि थपेर पठाउने काम मात्र गथ्र्याे होला,’ बिरामीका भाइ हरि गौतमले भने, ‘धन्न बाहिर गएर एक्सरे गर्दा पाइप र ढुंगा रहेको खुलासा भयो।’
अहिले पनि पेट दुख्ने, छिनछिनमा पिसाब लाग्ने र पीडा सहन नसकेर बिरामीे रुने कराउने गर्ने गौतमले बताए। ‘अस्पतालले लापरबाही गर्दा उपचारमा सास्ती खेप्दै आएका छौं,’ बहिनी रमा पाण्डेले भनिन्, ‘अहिले पनि अस्पतालले समस्या सुन्नै चाहँदैन, गल्ती लुकाउन मात्र खोज्छ।’ बिरामी भएपछि गोमा सुरुमा वैशाख १४ गते पुष्पाञ्जलि अस्पताल पुगेकी हुन्। पछि राम्रो उपचार हुने विश्वासमा परिवारले उनलाई वैशाख १८ गते नारायणी सामुदायिकमा भर्ना गरे। २३ गते शल्यक्रिया गरेर पत्थरी झिकियो। चिकित्सकको सल्लाहमा २८ गते डिस्चार्ज गरेर घर लगियो।
अस्पतालका चिकित्सक भक्तमान श्रेष्ठले गल्ती भएको स्वीकार गर्दै पाइपले खासै समस्या नगर्ने तर्क गरे। अस्पतालकै प्रबन्ध निर्देशक पुष्प धितालले ‘काम गर्दै जाँदा गल्ती हुने’ जवाफ दिए। ‘एक्सरे गर्दा अस्पतालमा सबैतिर हेरेको भए यस्तो समस्या हुने थिएन,’ उनले भने, ‘यसमा गल्ती भएको हो, अब नि:शुल्क उपचार गरेर सहयोग गर्न तयार छौं।’ पीडित परिवारले बिहीबार पनि उपचार नपाएपछि निराश भएर घर फर्किएको बताएको छ।

चना खानुका फाइदाहरुचना खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ, त्यो पिसेको होस् या टुसा पलाएको होस् । चनामा पाइने पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, आइरन, भिटामिन, क्याल्सियमका कारण स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । दिनहुँ चनाको प्रयोगका केही फाइदाहरू यस्ता छन् :
१. टुसा पलाएको चना सामान्य चनाभन्दा कैयौ गुणा पौष्टिक हुने हुनाले टुसा पलाएको चना दैनिक प्रयोग गर्नु स्वास्थ्यका लागी राम्रो मानिन्छ ।
२. चना प्रयोगले सुन्दरता बढ्नुका साथै मष्तिष्क पनि तेज हुन्छ ।
३. दैनिक रूपमा चनाको रोटी दश दिन खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ ।
४. पत्थरीको समस्यामा पनि चना फाइदाजनक हुन्छ । राती एक मुठ्ठी चनाको दाल भिजाएर बिहान महसँग मिसाएर खानु राम्रो हुन्छ ।
५. गर्भवती महिलामा यदी बान्ता हुने समस्या छ भने चनाको सातु खुवाउँदा उक्त समस्याबाट राहत मिल्छ ।
६. नियमित चनाको प्रयोगले रगत सफा गर्छ जसले छालालाई ममुलायम बनाउँछ ।
७. चनाले यौनशक्ति बढाउन पनि मद्धत गर्छ ।
८. दैनिक रूपमा चनाको प्रयोग गर्नाले कपाल झर्ने समस्याबाट पनि केही हदसम्मछुटकारा पाउन सकिन्छ
मिडिया एनपी, काठमाडौं । उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा मेलाटोनिन र सेरोटोनिन हार्माेनको श्राव धेरै हुने हुँदा यसले मानव स्वास्थ्यलाई निकै फाइदाजनक हुनेछ । विशेष गरी तनाव हुन नदिने, आँखालाई आराम तथा शरीरलाई स्फूर्त पनि राख्ने काम गर्छ । यस्तै सूर्यको किरणले हाम्रो छालालाई ऊर्जा प्राप्त हुन्छ । सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ जसले हड्डीलाई बलियो बनाउने काम गर्छ । यसर्थ चिकित्सकहरुले घाममा शरीर तताउन पनि सल्लाह दिन्छन् । तर शरीरलाई घाममा तताउनु अघि केहीबेर सूर्यलाई नाङ्गो आँखाले अवलोकन गर्दा निकै फाइदा हुन्छ । कसरी सूर्यलाई हेर्ने तथा स्वास्थ्यका लागि कसरी फाइदा लिने जानौं। कति सयम सूर्यलाई हेर्न सूर्याेदय तथा सूर्यास्तको समयमा जब घाम उदाउने र डुब्ने बेला हुन्छ तब नाङ्गो आँखाले सूर्य तर्फ १० सेकेन्ड सम्म हेर्नुहोस् । यसरी सूर्यलाई दैनिक अवलोकन र सूर्यको ताप लिँदा पाउने फाइदा लिन सक्नु हुन्छ । मेलाटोनिन र सेरोटोनिन सूर्यलाई हेर्दा मेलाटोनिन र सेरोटोनिनको उत्पादन बढ्छ । वास्तवमा सूर्य तर्फ हेर्दा पिनियल ग्रन्थि पनि उत्तेजित हुन्छ , जुन आँखासँग सिधा सम्बन्ध राख्छ भने दिमाखको कार्य क्षमता पनि बढाउँछ । यसले मेलाटोनिन र सेरोटोनिनको उत्पादनले शरीरमा आरामको महसुस पनि हुन्छ । ऊर्जाको स्तरमा वृद्धि उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा शरीरमा शक्ति प्राप्ति हुने र अधिक क्रियाशिल क्षमता पनि पाइनेछ । सूर्यलाई हेर्दा हार्मोनको श्राव हुने भएकाले पनि शक्ति प्राप्त र काम गर्ने क्षमतामा पनि वृद्धि हुने हो । पिनियल ग्रन्थिको आकारमा वृद्धि सूर्य तर्फ हेर्दा पिनियल ग्रन्थिको आकारमा वृद्धि हुन्छ । यसलाई तेश्रो आँखा पनि भनिन्छ । हार्माेनको स्तर बढ्ने कारणले पनि यस्तो हुने भएको हो । उमेर बढ्ने क्रममा पिनियल ग्रन्थि खुम्चिने भएकाले सूर्यलाई हेर्नु आवश्यक छ । सूर्य तर्फ हेर्ने व्यक्तिको ७० वर्ष पुग्दा पनि पिनियल ग्रन्थि अन्य व्यक्तिको तुलनामा तीन गुणा बढी हुन्छ । शरीरको तौल कम गर्छ उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्दा दिमाख र शरीर दुवैलाई पोषण मिल्छ । यस्तै सूर्य तर्फ हेर्दा खाना खान कम मन लाग्ने भएकाले पनि शरीरको तौलमा कमी आउँछ । आँखामा आराम सूर्य तर्फ हेर्दा आँखालाई पनि आराम मिल्छ । व्यायामबाट प्राप्त गरे झैं यसबाट पनि आँखालाई आराम हुन्छ । १० सेकेन्डसम्म खुला आँखाले सूर्यलाई हेर्ने र फेरि आँखा बन्द गरेपछि फेरि २ सेकेन्डसम्म सूर्यलाई हेर्नु फाइदाजनक हुनेछ । मनोवैज्ञानिक प्रभाव सूर्यलाई हेर्दा मनोवैज्ञानिक प्रभाव पर्छ । बिहान उठेर खुला हावामा सूर्यलाई हेर्ने व्यक्तिको दिमाखमा सकारात्मक विचार आउँछ । यसले तनावलाई पनि हटाउँछ र काम गर्ने क्षमतामा विकाससँगै शरीरलाई पनि स्फूर्त राख्छ ।
महिलाहरुले वास्ता नगर्ने यी थरिथरिका क्यान्सरहरु
नियमित गरिने चेकजाँचले शरीरमा क्यान्सरले घर बनाएको छैन भन्दैमा ढुक्क भएर बस्न हुन्न । आफ्नो शरीरमा केही फरक, अनौठो तथा वर्णनगर्नै नसकिने लक्ष्ण देख्नुभयो या सुन्नुभयो भने होसियार हुनुपर्छ ।
हाज हामीले शरीरमा देखा पर्ने केही लक्ष्णहरुका बारेमा चर्चा गर्दैछौं जुन महिला दिदी बहिनीहरुले बेवास्ता गर्ने गरेका छन् ।
१. स्तन रातो हुनु, दुख्नु तथा सुनिनु
यो स्तन क्यान्सरको लक्ष्ण हो । यस्तो समस्या देखा परेमा आफ्नो चिकित्सकलाई भेटिहाल्नुपर्छ ।
२. स्तनको मुन्टामा परिवर्तन आउनु
स्तनको मुन्टा फराकिलो, लत्रिनु तथा दायाँ वा बायाँतिर झर्नु भनेको स्तन क्यान्सरको लक्ष्ण हो ।
३. बारम्बार ज्वरो तथा संक्रमण हुनु
यो रक्त नली तथा बोन म्यारोजन्य क्यान्सरको लक्ष्ण हो । अनि यसका कारण असमान्य सेतो रक्त कोषहरु उत्पादन हुनुका साथै शक्ति क्षृण हुँदै जान्छ र शरीरले शंक्रमणसँग जुध्न सक्तैन ।
४. झोल तथा ठोस खानेकुरा निल्न गाह्रो
निल्न गाह्रो हुने समस्या घाँटीजन्य समस्यासँग संबन्धित हुन्छ । अनि कहिलेकाही यसका कारण फोक्सोको क्यान्सर समेत हुन पुग्छ ।
५. कमजोरी तथा थकान
थकान तथा कमजोरी महसुस गर्नु भनेको क्यान्सरको लक्षण हो । अनि थकान तथा कमजारी निरन्तर महसुस भएको खण्डमा बिवास्ता गर्नुहुँदैन । अझै थकानका कारण रातीगरि निन्द्रा लागेन भने आफ्ना चिकित्सकलाई भेटीहाल्नुहोस् ।
६. अनावश्यक रुपमा शरीरको तौल ब्ढ्नु र सुनिनु
महिलाहरुको शरीर अनावश्यक रुपमा मोटो तथा सुनिएका खण्डमा पाठेघर क्यान्सरको संका हुन सक्छ ।
७. भोक नलाग्नु
पाठेघर क्यान्सरको लक्ष्णका कारण महिलाहरुलाई भोक नलाग्ने हुनसक्छ । अनि यस्तो अवस्थामा महिलाहरुले खाना नखाएपनि भोक लाग्दैन ।
८. पेट नियमित रुपमा हलुका सँग दुखिरहनु
पाठेघरमा समस्या तथा पाठेघरमा क्यान्सर भएको खण्डमा महिलाको पेटमा दर्दहुने गर्छ । फियोमा समस्या भएको खण्डमा पेटदर्द हुन्छ ।
९. दिशामा रगत आउनु
कोलेरेक्टर क्यान्सरको लक्ष्णमा महिलाहरुमा दिशा बस्दा रगत आउने गर्छ ।
१०. अनावश्यक रुपमा शरीरको तौल घटेमा
शरीरको तौल अनावश्यक रुपमा घटेमा कोलन क्यान्सरको लक्षण मान्नुपर्छ । अनि यो बिस्तारै कलेजोतिर सर्दै जान्छ जसका कारण भोक लाग्दैन ।
११. सास फेर्दा हल्का गार्हो महसुस
फोक्सोको क्यान्सरहरु मध्ये धेरैले सुरुमा सास फेर्दा नजानिदो तरिकाले अपठ्यारो भएको महसुस गरेका हुन्छन् । तर सुरुमा बेवास्ता गर्नाले पछि रोगले च्याप्ने गरेको अध्ययनले देखाएको छ ।
१२. नियमित खोकी तथा छातीमा दर्द
ल्युकेमिया तथा लंग ट्यूमरका कारण लहरे खोकी तथा ब्रोङकाइटिस भएको हुनसक्छ । कतिपय फोक्सो क्यान्सरका रोगीहरु छाती दुखेको अनुभव गर्छन् जुन कांध तथा पाखुराको तल सम्म लम्बिएको हुन्छ ।
१३. महिनाबारी अवधिमा अत्यधिक रगत बग्नु तथा दर्दहुनु
यो अवस्था पिसावथैलीमा क्यान्सरको लक्षण हो । यस्तो अवस्था नियमित रुपमा दोहोरिरहेको खण्डमा चिकित्सकलाई भेटी हाल्नुपर्छ ।
१४. अनुहार सुनिएको
कतिपय बिरामीहरुमा फोक्सोको क्यान्सर लागेको बखत उसको अनुहार सुनिएको तथा रातो हुने गर्छ ।
१५. शरीरको कुनै घाउ निको नहुनु तथा सजिलै रगत बग्नु
छालाजन्य क्यान्सरमा यस्तो समस्या देखिने गर्छ ।
१६. नङ्को रङमा परिवर्तन आउनु
हाथगोडाको नङमा अकस्मात तरिकाले परिवर्तन देखिन थाले पछि सचेतना अपनाउनु पर्छ । यो बिभिन्न प्रकारको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो अवस्था छाला क्यान्सर, फोक्सो क्यान्सर तथा कलेजो क्यान्ससमा देखिन्छ ा
माथी उल्लेखित लक्षणहरु तपाई वा तपाईका आफन्तमा देखापरेको खण्डमा तुरन्त आफ्नो चिकित्सकसँग भेटेर सल्लाह गरिहाल्नुहोस् ।

२७ साउन ।
चायाबाट बच्ने केहि उपायहरु :
१) कपाल सुकाउँ :
चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।
के तपाई चाया को समस्याले गर्दा तनावमा हुनुहुन्छ ? चाया सरुवा रोग होइन । चायाको समस्या देखिने दर हाम्रो मुलुकमा भने अझ बढी छ । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो, जुन कपालको जरो छेउछाउ जम्मा हुन्छ । चाया बढ्दै जाँदा टाउको चिलाउने, छालामा खटिरा/बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् । चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ । चाया सबै मौसममा हुने गर्छ, जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह अत्यावश्यक हुन्छ ।चायाबाट बच्ने केहि उपायहरु :
१) कपाल सुकाउँ :
चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।
२) दही र कागतीको प्रयोग :
चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।
चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।
३) तनाव ब्यबस्थापन :
तनावले स्वास्थ्यलाई अझ बढी नबिगार्ने स्वास्थ्य अबस्था कतै हुन्छ ? तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।

४) ‘हेयर स्पा ट्रिटमेन्ट’ :
चायाग्रस्त रुखो कपालको सुरक्षाका लागि सातामा एक पटक ‘हेयर स्पा ट्रिटमेन्ट’ गर्ने । यसबाट टाउकाको छालासँग जोडिएको चाया पर्ने, कपाल झर्ने, टाउकाको छाला सुक्खा हुने र कपाल दुईमुख हुनेजस्ता समस्या समाधान हुन्छन् । साथै, कपाल चम्किलो र स्वस्थ पनि हुन्छ । ‘हेयर स्पा ट्रिटमेन्ट’ ले टाउकाको रक्तसञ्चार पनि ठीक गराउँछ ।

५) भोजनमा फेरबदल :
स्वस्थ छाला र कपालका लागि भोजनको भूमिकाका बारेमा धेरै पहिलेदेखि थाहा पाइएको छ । जब चाया देखा पर्छ, सामान्यतया जिंक, ओमेगा ३ चिल्लो एसिड, सेलेनियम, अनि बी भिटामिन भएका खानाहरु फाइदाजनक हुन्छन् ।यदि तपाईँ आफ्ना भोजनमा यी कुराहरुलाई संगठित गर्ने प्रयास गर्नुहुन्छ भने चाया को समस्या पनि धेरै कम हुन्छ

यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । रिंगटा लाग्नु एक साधारण रोग हो तर यसलाई मामुली सम्झेर गम्भीरतासँग नलिनु ठीक होइन, यो कुनै गम्भीर रोगको संकेत पन हिुन सक्छ । पहिलोपटक रिंगटा लाग्दैमा भविष्यमा बारम्बार हुने रोग हा भनेर जान्नु पर्छ । रिंगटा लाग्नुको प्रमुख कारणमा :1.रक्त संचारमा कमी आउनु । 2.रगतको कमी, रक्तचाप कम या बढी हुनु, 3.अत्याधिक शारिरिक या मानसिक थकान,4. मानसिक तनाव, भय,5. टाउकोमो चोट, हर्टब्लाक, 6.मुटुको धडकनमा असामान्यता आँखा कमजोर हनु, 7.चश्मा नलगाउनु, मस्तिष्कमा रगतको कमी, 8.नसा फाटने, ब्रेन हृयामरेज, 9.ब्रेन टयुमर,10. खाने कुरा दबाइको एलर्जी,11. माइग्रेन,12. ब्रत बस्नाले शरिर कमजोर हनुु, 13.रक्सी जस्तो नशा लाग्ने चीज धेरै खानु ।
अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन् । भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ ।
जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ ।

ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ । ती घरेलु उपाय यस्ता छन् :
वाफ लिने– दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् ।
तुलसी– अनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ ।
बदाम– बदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ ।
कागती र मह– कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ ।
अनुहारका काला थोप्ला हटाउने घरेलु उपाय २०७२ साउन २३ गते १०:२७ मा प्रकाशित 4392 2 0 makeup अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन् । भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ । जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ । ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ । ती घरेलु उपाय यस्ता छन् : वाफ लिने– दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् । Tulsi तुलसी– अनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ । बदाम– बदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ । lemon-honey कागती र मह– कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ |
जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।
कहाँ हुन्छ भाग्य रेखा ?
तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ ।
जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।
विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।

आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।
आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्ने छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।
गहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव यस्तो रहेको छ ।
आवश्यक सरदामहरु:
१. १०० मिलीलिटर कागतीको जुस
२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल
३. १०० मिलीलिटर बीयर
ओखती तयार पार्ने बिधि:
सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।
ओखती सेवन गर्ने बिधि:
प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।
यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।