यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको
सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
जवाफ कलमले लेखेर दिन्छ ।
सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
जवाफ कलमले लेखेर दिन्छ ।
भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे ।नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेख फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए । इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए। मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं । ’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् । उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र । सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।
एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो ।
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।
८ वर्ष सम्म अड्किएको संविधानको मस्यौदामा सहमति जुटाएर गाउँ गाउँमा त्यसमाथि सुझाव संकलनका लागि जान लागेका नेताहरु आक्रमणमा पर्न थालेका छन् । रौतहटमा माधव नेपाललाई कुर्सी प्रहार गरिएको छ भने नुवाकोटमा अर्थमन्त्रीको गाडीमा पेट्रोल बम प्रहार हानिएको छ ।
गौरस्थित नगरपालिका हलमा सुझाव संकलन भैरहेको समयमा आज बिहान नेपालमाथि सद्भावना पार्टीका समर्थकहरुले माधव नेपालमाथि कुर्सी प्रहार गरेका हुन् । आक्रमणपछि सुझाव संकलन कार्य बिथोलिएको थियो । स्थिति नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रु ग्याँस र हवाइ फायर समेत गरेको छ ।
उता जनताको राय सुझाव बुझ्न नुवाकोटको गणेशस्थानस्थित छेदीखोला पुग्दा अर्थमन्त्री रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट गाडीमा हल्का क्षति भएपनि मन्त्री महत सकुशल छन् ।
कसले के उद्देश्यले बम हानेको भन्ने खुल्न सकेको छैन । मन्त्रीनै असुरक्षित भएपछि नुवाकोटमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
प्रचण्डलाई कालो झण्डा
५ दिने भारत भ्रमणबाट फर्किए लगत्तै संविधानको मस्यौदामाथि जनमत बुझ्न निर्वाचन क्षेत्र सिराहा जान लागेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि विरोधको समाना गर्नु पर्ने देखिएको छ । मधेशी मोर्चा सम्बद्ध युवा संगठनहरुले प्रचण्ड लगायतका सभाषदलाई कालो झण्डा देखाउने तयारी गरेका छन् ।
असन्तुष्ट मधेशी तथा जनजाति दलहरुले संविधानको मस्यौदामाथिको जनमत संकलन बहिस्कार गर्ने र विथोल्ने घोषणा गरेका थिए ।
प्रचण्डमाथि आक्रमण हुन सक्ने भन्दै सिराहामा सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ ।
गौरस्थित नगरपालिका हलमा सुझाव संकलन भैरहेको समयमा आज बिहान नेपालमाथि सद्भावना पार्टीका समर्थकहरुले माधव नेपालमाथि कुर्सी प्रहार गरेका हुन् । आक्रमणपछि सुझाव संकलन कार्य बिथोलिएको थियो । स्थिति नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रु ग्याँस र हवाइ फायर समेत गरेको छ ।
उता जनताको राय सुझाव बुझ्न नुवाकोटको गणेशस्थानस्थित छेदीखोला पुग्दा अर्थमन्त्री रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट गाडीमा हल्का क्षति भएपनि मन्त्री महत सकुशल छन् ।
कसले के उद्देश्यले बम हानेको भन्ने खुल्न सकेको छैन । मन्त्रीनै असुरक्षित भएपछि नुवाकोटमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
प्रचण्डलाई कालो झण्डा
५ दिने भारत भ्रमणबाट फर्किए लगत्तै संविधानको मस्यौदामाथि जनमत बुझ्न निर्वाचन क्षेत्र सिराहा जान लागेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि विरोधको समाना गर्नु पर्ने देखिएको छ । मधेशी मोर्चा सम्बद्ध युवा संगठनहरुले प्रचण्ड लगायतका सभाषदलाई कालो झण्डा देखाउने तयारी गरेका छन् ।
असन्तुष्ट मधेशी तथा जनजाति दलहरुले संविधानको मस्यौदामाथिको जनमत संकलन बहिस्कार गर्ने र विथोल्ने घोषणा गरेका थिए ।
प्रचण्डमाथि आक्रमण हुन सक्ने भन्दै सिराहामा सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ ।
सरकारले केही खाडी मुलुकहरुको लागि ब्यवस्था गरेको फ्रि भिसा फ्रि टिकटको बिषयमा म्यानपावर ब्यबसायी र सरकार बीच सहमत हुन सकेको छैन । सरकारले केही खाडी मुलुकहरुमा फ्रि भिसा फ्रि टिकटको ब्यबस्था लागू गर्ने अडान लिए पछि म्यानपावर ब्यबसायी र सरकारबीच वार्ता पनि निष्कर्षमा पुग्न सकेन । श्रम मन्त्रालय र म्यानपावर कम्पनीहरु बीचको बिवादको कारण नेपाली कामदारहरु अन्यौलमा परेका छन । अहिले बिदेश जाने नेपाली कामदारको सख्या न्यून भएको छ । फ्रि भिसा फ्रि टिकटको बिषयमा सरकार र ब्यबसायीको बिवादको कारण अहिले पनि नेपाली कामदारहरु अप्ठ्यारोमा परेका छन । सरकारले फ्रि भिसा फ्रि टिकटको ब्यवस्था कुनै पनि अवस्थामा फिर्ता नगर्ने अडान लिए पछि ब्यबसायीहरु सरकारसग वार्तामा जुटेका छन । तर शुक्रवार श्रम मन्त्रालयमा भएको ब्यबसायी र सरकार बीचको वार्ता निश्कर्षमा पुग्न सकेन । श्रम मन्त्रालयले सरकारले फ्रि भिसा र फ्रि टिकटको निर्णय फिर्ता नलिने र ब्यबसायीहरुले भने तत्काल यो ब्यबस्था लागू गर्न नहुने अडान लिए पनि शुक्रवारको वार्तामा सरकार र ब्यबसायीहरु बीच सहमति हुन सकेन । सरकारले मलेसिया लगायत ६ वटा खाडी मुलुकहरु कतार, साउदी, युएई, बहराइन, कुवेत,ओमान लगायतका देशहरुमा जाने नेपाली कामदारलाई फ्रि भिसा फ्रि टिकटको ब्यबस्था गरे पछि सरकार र ब्यबसायी बीच बिवाद शुरु भएको हो । सरकार र ब्यवसायी बीचको बिवाद चर्किर्दै गए पनि सरकार र ब्यबसायी बीच वार्ता भएको हो ।
श्रम राज्य मन्त्री टेक बहादुर गुरुङको पहलमा भएको वार्तामा सरकार र ब्यबसायी बीच सहमति जुट्न सकेको छैन । खाडी मुलुकहरुले नेपाल सरकारलाई नेपाली कामदारलाई फ्रि भिसा र प्रिंm टिकटमा र्नै पठाउन पत्राचार गरे पछि श्रम राज्य मन्त्रालयले निर्णय फिर्ता गर्न नसक्ने बताउदै आएको छ । ब्यबसायी र सरकार बीचको वार्ता अझै निश्कर्षमा पुग्न नसकेको ब्यबसायीहरुको भनाई छ । नेपालबाट खाडी लगायतका बिभिन्न देशहरुमा १६ सय नेपाली कामदार जादै आएकोमा पछिल्लो समय फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउन म्यान पावर कम्पनीहरुले असहयोग गरेको कारण अहिले बिदेश जाने नेपाली कामदार सख्या दैनिक सय भन्दा पनि कम भएको छ । बिश्व श्रम बजारमा नेपाली कामदारलाईं दिएको सुविधाको बिषयमा म्यान पावर कम्पनीहरुले असहयोग गरेको श्रम राज्य मन्त्री गुरुङको भनाई छ । तर म्यान पावर ब्यबसायीहरुले भने सरकारले एकतर्फी ढङबाट फ्रि भिसा फ्रि टिकट लागू गर्न खोजेकोले बार्तामा सहमति नभएको बैदेशिक रोजगार ब्यबसायी सघका महासचिव सरोज पोखरेलले बताए ।
अन्तराष्ट्रिय श्रम बजारमा नेपाली कामदारलाई दिएको प्रि भिसा प्रि टिकटमा म्यान पावर ब्यबसायी र सरकार बीचको लुछाँचुडी र श्रर्मिकको पैसामा भएको चलखेलको कारण नेपाली श्र्रिर्मक मर्कामा परेका छन भने अन्तर्राष्ट्रिय बजारमा नेपालको बदनाम भएको छ ।
बुधबारको अबिरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको सम्शेरगन्जस्थित बाँके खोलामा आएको बाढीले बस पल्टाउन खोजेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोली
श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले फ्रि भिसा र टिकटमा नेपाली कामदार विदेश पठाउने निर्णयले हुण्डीमार्फत अवैधानिक रुपमा भित्रने गरेको अरबौं रकम पनि रोकिने दाबी गरेका छन् ।
कुरा गर्दै मन्त्री गुरुङले, अहिले म्यानपावर कम्पनीले डिमान्ड ल्याउनका लागि वर्षमा कम्तीमा पनि १० अर्ब रुपैयाँ हुण्डी मार्फत मलेसिया र खाडी मुलुकमा अवैधानिक तवरले पठाउने गरेको दाबी गरे ।
‘हुण्डी मार्फत अवैधानिक रुपमा भित्रदै आएको रकम पनि अब भित्रन पाउँदैन’, मन्त्री गुरुङले भने, ‘रेमिट्यान्समा केही असर परेपनि आत्तिहाल्नु पर्ने अवस्था भने छैन’।
नेपाली म्यानपावर कम्पनीको विदेशी रोजगारदाता कम्पनीसँग सिधै सम्पर्क नभएको र त्यहाँ पनि एजेन्टमार्फत रोजगारदाता कम्पनीबाट डिमान्ड झार्न अर्बौैं रकम पठाउने गरेको मन्त्री गुरुङले बताए ।
आइएमइ लगायतका मनी ट्रान्सफर कम्पनीहरुबाट म्यानपावर कम्पनीहरुले अवैधानिक रुपमा हुण्डी गरी रकम पठाउने गरेको उनले दाबी गरे ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि हुण्डीमार्फत रकम विदेश जाने गरेको विषयमा आफूसँग जानकारी लिएको उनले सुनाए ।
कुरा गर्दै मन्त्री गुरुङले, अहिले म्यानपावर कम्पनीले डिमान्ड ल्याउनका लागि वर्षमा कम्तीमा पनि १० अर्ब रुपैयाँ हुण्डी मार्फत मलेसिया र खाडी मुलुकमा अवैधानिक तवरले पठाउने गरेको दाबी गरे ।
‘हुण्डी मार्फत अवैधानिक रुपमा भित्रदै आएको रकम पनि अब भित्रन पाउँदैन’, मन्त्री गुरुङले भने, ‘रेमिट्यान्समा केही असर परेपनि आत्तिहाल्नु पर्ने अवस्था भने छैन’।
नेपाली म्यानपावर कम्पनीको विदेशी रोजगारदाता कम्पनीसँग सिधै सम्पर्क नभएको र त्यहाँ पनि एजेन्टमार्फत रोजगारदाता कम्पनीबाट डिमान्ड झार्न अर्बौैं रकम पठाउने गरेको मन्त्री गुरुङले बताए ।
आइएमइ लगायतका मनी ट्रान्सफर कम्पनीहरुबाट म्यानपावर कम्पनीहरुले अवैधानिक रुपमा हुण्डी गरी रकम पठाउने गरेको उनले दाबी गरे ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि हुण्डीमार्फत रकम विदेश जाने गरेको विषयमा आफूसँग जानकारी लिएको उनले सुनाए ।
मानिन्छ बच्चा भगवानको रुप हो तर कसैले नवजात शिशु जन्मे भने तिनीहरुलाई हेला गर्छन भने कसैले असुइकर गर्छन । त्यसैगरी जनकपुरधाम भने बेवारिसे अवस्थामा फालिएकी नवजात छोरीले १५ दिनपछि आमाको काख पाएकी छिन् । जनकपुर उपमहानगरपालिका–१ रेल्वे स्टेशननजिकै झाडीमा फालिएको अवस्थामा स्थानियवासीले उद्धार गरेकी नवजात शिशुलाई जनकपुरकै एक दम्पत्तिले धर्मपुत्रीको रुपमा अपनाएपछि छोरीले आमाबुवाको साथ पाएकी हुन् । छोरी अपनाउन गाह्रो मान्ने मधेसी समुदायमा उदाहरण बन्दै ३५ वर्षीय रामकुमार साह र ३१ वर्षीया निर्मला साहले नवजातलाई ‘गोद’ लिएका हुन् । विहे भएको १७ वर्ष भईसक्दा पनि निसन्तान साह दम्पत्तिले सन्तान पाउन धेरै उपचार गराउँदा पनि सफल भएका थिएनन् । टेस्टट्युब बेबी लिन प्रयास गर्दा त्यो पनि गर्भमा रहन सकेको थिए । त्यसपछि सन्तान पाउने आशा मेटिएका बेला अनायास बच्ची फालिएको खबर पाएपछि छोरीको रुपमा अपनाएको निर्मलाले बताइन् । सबै सुख सुविधा भएर पनि जीवन खुशी नभएको बेला एक्कासी छोरी घरमा आएपछि खुशियाली आएको रामकुमारले सुनाए । ‘जसले फाल्यो उसको लागि दुर्भाग्य होला’, उनले भने, ‘तर, हाम्रो लागि यो बच्चीलाई पाउनु ठूलो सौभाग्य हो ।’ छोराछोरी जेसुकै भएपनि आफूहरुलाई सन्तानको आश रहेकोले नवजात शिशु भेटिएको थाहा पाउनेबित्तिकै उसलाई अपनाउने प्रक्रियामा लागेको रामकुमारले बताए । भेटिँदा डेढ किलोमात्र तौल रहेकी शिशुलाई स्यहार सुसार गर्दै दुई किलो बनाएको उनले बताउ । अब यीनै छोरी आफुहरुको जीवन भएकाले स्यहारसुसारमा कमी हुन नदिने निर्मलाले खुशी हुँदै सुनाइन् । शिशुलाई १४ दिनसम्म जनकपुर अञ्चल अस्पतालमा राखिएको थियो । छोरी भेटेर आफूहरुको सपना पुरा भएकोले उसको नाम पनि सपना राखेको निर्मलाले बताइन् । पछिल्लो समयमा जनकपुरमा नवजात शिशु फाल्ने क्रम बढ्दै गएको छ । फालिएका शिशुमा छोरा भेटिए धर्मपुत्र राख्न निवेदन दिनेहरु थुप्रै आउने गरेका छन् । तर छोरी भेटिएमा त्यसलाई अपनाउने इच्छा थोरैलेमात्र गर्ने गरेको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत सञ्जीव महतोले बताए । छोरीलाई भाग्यमानी भन्ने कि यी २ आमा बुबालाई भन्ने त । जो भाग्यमानी भए पनि दुबैको भबिस्यको उज्वल कामना गर्दछौ । स्रोत : सत्य खबर
काठमाडौं, २८ असार – वैदेशिक रोजगार व्यवसायीहरुले ५ बुँदे माग गर्दै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सेतोपाटि डटकमले खबर लेखे अनुसार वैदेशिक रोजगारले देशको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्नुका साथै करिब ६० प्रतिशत घरधुरीमा रेमिट्यान्सको योगदान रहेको बताउँदै व्यवसायीहरुले त्यसलाई निमिठ्यान्न पार्न खोजिएको आरोप लगाएका छन् ।
म्यानपावर व्यवसायीले राखेका ५ माग यसप्रकार छन् :
१. श्रम तथा रोजगार मन्त्रालयले रोजगार ऐन २०६४ को दफा४ वमोजिम रोजगारदाता मुलुकसंग द्धिपक्षिय सम्झौता गर्नु पर्ने रोजगारदाता कम्पनी/मुलुकसँग कुनै छलफल, सहमति, सम्झौता समेत नगरी मिति २०७२-०३-२१ बाट फ्रि भिषा, फ्रि टिकट मात्र नेपाली कामदार पठाउन निर्णय खारेज गर्नु पर्ने।
२. वैदेशिक रोजगार जाने कामदारको लागि हाल २६ सय २५ रुपैयाँ शूल्कमा स्वास्थ परीक्षण भईरहेको एक अवस्थामा एक आपसमा सम्बन्ध नै नभएको वायोमेट्रिक प्रणालीलाई जोडेर सिन्डिकेट प्रथा लागु गरि स्वास्थ परिक्षण शूल्क सरदर ७ हजार हुने गरी कामदारलाई आर्थिकभार पार्ने प्रणाली स्थगित गरिनु पर्ने
३. मलेसियामा नेपाली कामदार जानको लागि भिसा शूल्क ७ सय भएता पनि भिसा प्रोसेसिङ नाममा अन्य कुनै पनि श्रोत मुलुकमा लागु नभएको प्रणली नेपालमा मात्रा लागु गरी थप ३२ सय छुट्टै रकम लिई कामदार माथि आथिर्क शोषण गर्ने भिएलएन खारेज गर्नु पर्ने।
४. नेपाल सरकारले दक्षिण कोरिया मुलुकमा कामदार पठाउँदा १ लाख रुपैयाँ (९सय ९८ अमेरिकन डलर) लिने तर निजी क्षेत्रका व्यवसायीहरुलाई खाडी तथा मलेसिया मुलुकमा कामदार फ्रि भिषा, फ्रि टिकट हनुपर्ने असान्दभिक निर्णय सरकारबाटनै सुरु गरिनु पर्ने
५. वैदेशिक रोजगार ऐन २०६४ कामदार र व्यवसायी प्रतिकुल रहेकाले तत्काल संसोधन र परिमार्जन गरिनुपर्ने भन्दै आन्दोलन जारी रहेको भन्दै व्यवसायीको तर्क छ।
म्यानपावर व्यवसायीले राखेका ५ माग यसप्रकार छन् :
१. श्रम तथा रोजगार मन्त्रालयले रोजगार ऐन २०६४ को दफा४ वमोजिम रोजगारदाता मुलुकसंग द्धिपक्षिय सम्झौता गर्नु पर्ने रोजगारदाता कम्पनी/मुलुकसँग कुनै छलफल, सहमति, सम्झौता समेत नगरी मिति २०७२-०३-२१ बाट फ्रि भिषा, फ्रि टिकट मात्र नेपाली कामदार पठाउन निर्णय खारेज गर्नु पर्ने।
२. वैदेशिक रोजगार जाने कामदारको लागि हाल २६ सय २५ रुपैयाँ शूल्कमा स्वास्थ परीक्षण भईरहेको एक अवस्थामा एक आपसमा सम्बन्ध नै नभएको वायोमेट्रिक प्रणालीलाई जोडेर सिन्डिकेट प्रथा लागु गरि स्वास्थ परिक्षण शूल्क सरदर ७ हजार हुने गरी कामदारलाई आर्थिकभार पार्ने प्रणाली स्थगित गरिनु पर्ने
३. मलेसियामा नेपाली कामदार जानको लागि भिसा शूल्क ७ सय भएता पनि भिसा प्रोसेसिङ नाममा अन्य कुनै पनि श्रोत मुलुकमा लागु नभएको प्रणली नेपालमा मात्रा लागु गरी थप ३२ सय छुट्टै रकम लिई कामदार माथि आथिर्क शोषण गर्ने भिएलएन खारेज गर्नु पर्ने।
४. नेपाल सरकारले दक्षिण कोरिया मुलुकमा कामदार पठाउँदा १ लाख रुपैयाँ (९सय ९८ अमेरिकन डलर) लिने तर निजी क्षेत्रका व्यवसायीहरुलाई खाडी तथा मलेसिया मुलुकमा कामदार फ्रि भिषा, फ्रि टिकट हनुपर्ने असान्दभिक निर्णय सरकारबाटनै सुरु गरिनु पर्ने
५. वैदेशिक रोजगार ऐन २०६४ कामदार र व्यवसायी प्रतिकुल रहेकाले तत्काल संसोधन र परिमार्जन गरिनुपर्ने भन्दै आन्दोलन जारी रहेको भन्दै व्यवसायीको तर्क छ।
२३ असार, काठमाडौं ।
संयुक्त अरब एमिरेट्समा शुन्य लागत बाहेकका नयाँ नेपाली कामदार मागपत्र स्वीकृत नहुने भएको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीलाई शुन्य लागत खर्चमा मात्र युएई सहित खाडीका ६ देश र मलेसियामा लैजानुपर्ने निर्णय लागु गरेपछि यूएइस्थित नेपाली दुतावासले यस्तो निर्णय लागु गरेको हो ।
सरकारले शुन्य लागत बाहेकका अन्य कामदार मागपत्र आएमा स्वीकृत नगर्नु भनेकाले दूतावासले निर्णय कार्यान्वयन गरेको दुतावासको भनाइ छ। निर्णय लागु भएसँगै कम्पनीहरुले म्यानपावर एजेन्सीलाई कामदार ल्याए बापतको सेवा शुल्क सहित फ्री भिसा र फ्री हवाइ टिकट उपलब्ध गराए मात्र शुन्य लागतमा कामदार युएई जान सक्नेछन् ।यदी कुनै कम्पनीले कामदारको भिसा र हवाइ टिकट निशुल्क दिएर कामदार ल्याए बापतको सेवा शुल्क नदिए म्यानपावर व्यावसायीले वैदेशिक रोजगारमा आउने कामदारबाट १० हजारदेखी बढीमा २० हजार नेपाली रुपैयाँ मात्र लिन पाउने निर्णय सरकारले गरेको छ। बैदेसिक रोजगार ब्याबसायी भने सरकारी निर्णयको बिरोधमा आन्दोलित भएका छन् ।उनीहरुले प्रधानमन्त्री शुसील कोइरालालाई भेटी तत्काल निर्णय सच्याउन समेत ध्यानाकर्षण गराएका छन् । त्यसैगरि देशभरका म्यानपावर कम्पनीहरु आन्दोलीत हुदै अनिस्चिकालकालागी म्यानपावर कम्पनी बन्द गरेकाछन् ।source:npheadlines
एजेन्सी । कोही चोर तपाईको घर चोरी गर्न आयो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई सम्भव भए आफै र त्यो पनि नभए प्रहरी बोलाएर पक्राउ गराउनुहुन्छ र त्यसलाई सजाय दिलाउनु हुन्छ । तर भारतको भोपालमा भने अनौठो घटना सार्वजनिक भएको छ, जुन कुरा सुनेर तपाई पनि छक्क पर्नुहुन्छ । चोर जुन घरमा चोरी गर्न गएको थियो त्यही घरकी मालिक्नीसँग प्रेम सम्बन्ध स्थापित भएको छ ।चोरले उनको घरमा चोरी गरेर फर्किए र दुई दिनपछि उनले आफ्नो मनको सबै कुरा भने । चोरको कुराबाट घर मालिक्नी प्रभावित भइन् । प्रहरीको क्राइम ब्युरोले ३४ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गर्यो ।एक दिन उनी दिलकुशाकी रेहानाको घर चोरी गर्न गएका थिए । रेहाना सुतिरहेकी थिइन् । चोरी गर्न गएपनि ठाकुर रेहानालाई देखेर धेरै प्रभावित भए ।रेहाना आफ्ना पतिसँग अलग भएर दिलकुशामा बसेकी हुन् । चोरी गर्नका लागि आएका मुकेश त्यहाँबाट गए तर दुई दिनपछि फेरि फर्किएर आए । उनले आफू चोरी गर्न आएपनि फर्किएर गएको बताए ।रेहाना मुकेशको कुराले निकै प्रभावित बनिन् र उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भयो । पक्राउ परेका मुकेशले प्रहरीसँग भने दुई दर्जन घटनामा संलग्नता स्वीकार गरेका छन् ।
हालै वैज्ञानिकहरूले ठूलो शोधपछि एउटा भविष्यवाणी गरेर पृथ्वी छैटौं महाप्रलयको युगमा प्रवेश गरेको बताएका छन्।
स्टानफोर्ड उड्स इन्स्टिच्युट फर इन्भारोमेन्टका प्राध्यापक तथा शोधकर्ता पाउल इर्लिचको टोलीले यस्तो भविष्यवाणी गरेको हो। यो भविष्यवाणी 'साइन्स एड्भान्स जर्नल'मा छापिएको छ।यो शोधबारे समाचार प्रकाशन र प्रसारण भएपछि मानिसमा त्रास फैलिएको देखियो। मानिसले प्रकृतिबाट प्रशस्त फाइदा उठाएर प्रकृतिलाई नै हेप्न थालेपछि यस्तो अवस्था आउन लागेको हो।
यदि पृथ्वीमा प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई अलि लम्ब्याउने हो भने माटोबाट जुन तत्त्व हामीले लिन्छौं, त्यो अर्को तत्त्वमा रूपान्तरित हुन्छ।
त्यो रूपान्तरित तत्त्वलाई माटोमै लगाउने हो भने प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई केही अरू वर्ष लम्ब्याउन सकिन्छ।
पञ्चतत्त्वले अडिएको छ, यो पृथ्वी। अग्नि, जल, वायु, आकाश र माटो नै पञ्चतत्त्व हुन्। तत्त्व सिर्जना हुँदैन, न नष्ट नै हुन्छ।
यो त रूपान्तरितमात्रै हुन्छ। यही तत्त्व रूपान्तरण हुने चक्र खल्बलिएपछि कसरी प्राणीजगत् यो संसारमा टिकिरहन सक्छ?
यसरी चक्र खल्बलिइरहेको अवस्था देख्दा र वैज्ञानिकहरूले प्रमाणित गरिरहेको तथ्य देख्दा लाग्छ, भविष्यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।
तत्त्व रूपान्तरणको उदाहरणका लागि माटोमा मल र पानीबाट धान फस्टाउँछ। माटोबाटै उत्पन्न धानको भात र पानी खाएर मानिस बाँच्छ। त्यो भात र पानी दिसा, पिसाब र पसिनामा परिणत हुन्छ।
दिसा, पिसाब र पसिना मलमा परिणत हुन्छ। यी तत्त्व हाम्रो सेफ्टी ट्यांक वा ढलबाट खोलानाला हुँदै समुद्रतिर पठाउनुको सट्टा तिनीहरूलाई माटैमा मिलाइदिन सके प्राणीजगत्को अस्तित्वको आयुलाई केही लम्ब्याउन सकिन्छ।
डुबेर मर्नेछन् मानिस
मान्छेले प्रयोग गर्ने गरेको खानेकुरा, लगाउने लुगा, घर, चलाउने सामग्री आदि नै ती तत्त्व हुन्।
तिनीहरू प्राय: वनस्पतिको रूप बदलिएर बनेका अर्का तत्त्वहरू हुन्। धातुको रूप बदलिएर बनेका हुन्छन्, मानिसले प्रयोग गर्ने कतिपय सामग्री।
चाहे त्यो वनस्पति होस् वा धातु, ती सबै माटोबाट आएका हुन्।
मानिसको अज्ञानता, लोभ र भयका कारण मानिसले भोगचलन गर्दै आएको सामग्री अर्थात् रूपान्तरित तत्त्व विभिन्न तरिकाले माटैमा फर्काउनुपर्नेमा माटोमा नफर्काई खोला, खोल्सा, नदीमा फ्याँक्ने गरिएको छ।
गाउँघरमा खाएर पिएर निस्केको दिसापिसाब खोलाखोल्सामा बगिरहेको देखिन्छ। काठमाडौं उपत्यकाको हकमा फोहर तत्त्व ढलमार्फत बागमतीमा फालिन्छ। दिसापिसाबमात्रै होइन; लुगाफाटा, प्लास्टिक, कागज अर्थात् खेर जाने सबै सामग्री खोलानाला, नदी हुँदै समुद्रमा पुग्छन्।
नेपाल सरकारले खुला दिसापिसाब मुक्त क्षेत्र कार्यक्रम त ल्याएकै हो।
सहरमा शौचालयमा दिसापिसाब गर्ने गरिएकै हो। तर ती सबै दिसापिसाब वा नुहाउँदा र लुगा धुँदा निस्कने पानी त माटोमा मिल्नुपर्नेमा त्यसो त हुन सकेन।
जहाँ त्यसको आवश्यकता छैन, त्यो त समुद्रमा पो मिसिने भयो त !
यदि यी रूपान्तरित तत्त्वहरू माटोमै रहने थिए भने चक्र मिल्ने थियो, तर ती सामग्री त समुद्रमा पुगिरहेका छन्। यस्तो चलन नेपालमा मात्रै होइन, संसारभर छ।
काठमाडौंको मात्रै कुरा गरौं न ! यहाँ ५० लाख मानिस बस्छन्। तिनीहरूले दिनमा ६० लाख लिटर पिसाब फेर्छन्, १२ लाख किलो जति दिसा गर्छन्।
६० लाख लिटरजति नै लुगा धोएको र नुहाएको पसिना पानी पनि निस्कन्छ। त्यो कहाँ पुग्छ, त्यो त नदीनालामार्फत सीधै समुद्रमा पुग्ने हो।
नेपालको एउटा ठाउँको कुरा गर्दा त यस्तो अवस्था छ भने संसारभरका मानिसका दिसा, पिसाब र पसिना पानी पुग्ने ठाउँ त समुद्र नै हो। समुद्रमा यति धेरै मात्रामा ठोस र तरल वस्तु पुगेपछि त्यहाँको सन्तुलन बिग्रिँदैछ। त्यहाँका कतिपय प्राणी लोप भएर गइरहेका छन्।
भौतिक वस्तु समुद्रमा पुगेपछि त्यो त्यहीँ जम्न थाल्छ। यसरी भौतिक वस्तु समुद्रमा जम्दै गएपछि समुद्रको सतह माथि उठ्दै आउने नै भयो। हरेक सय वर्षमा समुद्र एक मिटर माथि उठ्दै आएको अनुमान गरिएको छ।
यही अनुपातमा समुद्रको सतह माथि उठ्दै जाने हो भने एक हजार वर्षमा १० मिटर समुद्र सतह माथि उठ्छ। त्यस अवस्थामा कति डुबान होला, अनुमान गरौं त ! त्यस बेला कति मानिस विस्थापित हुन्छन्।
के जमिनमा बस्ने मानिस, अन्य प्राणीजगत् र बिरुवाका लागि ठाउँ होला? यस्तो असन्तुलनले समुद्रमा रहने प्राणी बाँच्लान्? समुद्रमा आधारित खानेकुरा बाँकी रहला?
डढेर मर्नेछन् मानिस
अहिलेको युग हो, प्रविधिको। प्रविधि चलाउन इन्धन/ऊर्जा आवश्यक हुन्छ। यसका लागि कोइला, डिजेल, पेट्रोल र दाउरा बाल्ने गरिएको छ।
यसरी ऊर्जाका लागि इन्धन बाल्दा र अर्कातिर एअर कन्डिसन चलाउँदा त्यसबाट निस्कने रसायन क्लोरोफ्लोरो कार्बनले पनि अर्को समस्या ल्याइरहेकै छ।
पहिले महाप्रलय हुँदा बिरुवा जमिनमुनि गएर रूपान्तरित हुँदा त्यो ठोसमा कोइला र तरलमा डिजेल पेट्रोल भयो।
यस्तै ग्याँस पनि बन्यो। त्यो इन्धनलाई मानिसले आफ्नो बुद्धिले जमिनमा निकालेर प्रयोग गर्न सिके।
आज एक वर्षमा नौ अर्ब किलो कोइला बालिन्छ। वैज्ञानिक नियमअनुसार एक किलो इन्धन बाल्दा २० किलो कार्बनडाइअक्साइड निस्कन्छ।
अब भन्नोस्, नौ अर्ब किलो कोइला बाल्दा कति किलो कार्बनडाइअक्साइड निस्केला? अर्कातिर कोइला निकाल्दा पृथ्वीमा त खाल्डो पर्दै जान्छ।
नौ अर्ब किलो कोइला निकाल्दा त नेपालजत्रो खाल्डो खनिन्छ भने एक हजार वर्षमा कत्रो खाल्डो पर्ला?
समुद्र उचालिँदै जाँदा समुद्रको पानी त्यो खाल्डोमा पनि पर्दै जान्छ। यसमा डिजेल र पेट्रोलले सिर्जना गर्ने कार्बन डाइअक्साइडको कुरा छोडौं।
यो संसारमा कैयौं जनावर र पन्छीहरू छन्। तिनीहरूको मलमूत्रमाथि घामको प्रकाश पर्दा त्यो वाफका रूपमा मिथेन ग्याँस बनेर आकाशमा फैलन्छ।
किनकि पशुपन्छीको मलमूत्र व्यवस्थित नहुँदा त्यो वाफका रूपमा आकाशमा फैलिरहेको छ।
यसले पनि पृथ्वीलाई तताइरहेको छ। हाम्रो गाउँघरमा रहने अव्यवस्थित रछ्यान मिथेन ग्याँसको स्रोत हुन पुगेको छ।
हामीले माटोबाट उत्पादन हुने खानेकुरा खाएर उत्पन्न भएको अर्को तत्त्व माटोमै नमिलाइदिँदा माटो रूखो हुन थाल्यो।
बिरुवा सप्रन छाडे। मल र जल नपाउँदा बिरुवा जिम्लन लागे। यस्तो अवस्थामा उत्पादन त घट्ने नै भयो। खान नपुग्ने अवस्था आइपर्यो। त्यसपछि उत्पादन बढाउनुपर्ने भयो।
वैज्ञानिकहरूले पत्ता लगाए- नाइट्रोजन, पोटास र फस्फोरसजस्ता तत्त्वको अभावमा उत्पादन घटेको। धेरै र सजिलोसँग हावाबाट नाइट्रोजन प्राप्त हुने पत्ता लाग्यो, अनि खानीबाट फस्फोरस र पोटास।
तर विडम्बना के भयो भने हावाबाट नाइट्रोजन र खानीबाट पोटास र फस्फोरसलाई ठोस मलमा परिणत गर्न त इन्धन नै बाल्नुपर्ने भयो।
संसारमा हरेक वर्ष चार अर्ब टन उपभोग्य वस्तु उत्पादन हुन्छ।
कृषि वैज्ञानिक मदन राई आफ्नै दिसापिसाबबाट बनेको जैविक मल देखाउँदै। तस्बिर: अन्नपूर्ण
त्यसका लागि ३० करोड टन रासायनिक मल उत्पादन गर्न पर्छ। यसका लागि ३० करोड टन नै कोइला बाल्नुपर्ने हुन्छ।
३० करोड टन कोइला बाल्दा ६ अर्ब टन कार्बनडाइअक्साइड उत्पादन हुन्छ र त्यसले आकाश ढाक्छ।
पञ्चत्व रुपान्तरण हुने चक्र खल्बलिइएपछि कसरी प्राणीजगत यो संसारमा टिकिरहन सक्छ? यसरी चक्र खल्बलिइरहेको अवसथा देख्दा र वैज्ञानिकहरुले प्रमाणित गरिरहेको तथ्य देख्दा लाग्छ, भविष्यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।
फेरि नाइट्रोजनयुक्त मल असन्तुलित तरिकाले प्रयोग गर्दा त्यसबाट फेरि मिथेन, नाइट्रोस अक्साइड, आइट्राइट गरी तीन ग्याँस आकाशतिर फैलन्छ। यी ग्याँसले कार्बनडाइअक्साइडभन्दा सैयौं गुणा बढी आकाशलाई तातो बनाउँछ।
वैज्ञानिकहरूले हरेक सय वर्षमा पृथ्वीमा दुई सेल्सियसको दरले तापक्रम वृद्धि भइरहेको पत्ता लगाइसकेका छन्।
यही अनुपातमा तापक्रम वृद्धि हुने हो भने हरेक हजार वर्षमा त २० डिग्री सेल्सियस तापक्रम बढ्छ।
त्यति तापक्रम बढेपछि यो संसारमा प्राणीजगत् र वनस्पति डढेर खरानी हुँदैन त?
सुकेर मर्नेछन् मानिस
तापक्रम वृद्धि हुँदा पानीको चक्रीय प्रणाली नै तोडिन्छ। पृथ्वी तातिँदै जाँदा पानी पर्ने सम्भावना कम हुँदै जान्छ।
पानी पर्नका लागि शून्य डिग्री चाहिन्छ।
अहिलेको तापक्रम वृद्धि हुने क्रम यही रूपले जारी रहने हो भने संसारमा बरफ नै हुँदैन।
अबको एक हजार वर्षमा त पृथ्वीमा तातो र सुक्खा वाफमात्रै हुन्छ। तातो र सुक्खा हावाबाट वर्षा हुँदैन।
यस्तै ताजा पानीको स्रोत भनेको हिउँ हो। हेर्नुस् त हाम्रा हिमाल, कालापत्थरमा परिणत हुँदै गइरहेका छन्।
पानीको स्रोत सुक्दै गएको छ। भविष्यमा समुद्रले पृथ्वीलाई ढाक्दै जाँदा जमिनमुनिको पानी पनि खान अयोग्य हुन्छ।
यस्तो अवस्थामा मानिस सुकेर मर्दैनन् त?
मानिसलाई बाँच्न हावा चाहिन्छ। श्वासप्रश्वासका लागि बढीमा चार सय पीपीएम कार्बनडाइअक्साइड हुन्छ।
ताजा हावामा दुई सय ५० देखि तीन सय पीपीएमसम्म कार्बनडाइअक्साइड हुन्छ।
वायु प्रदूषणको यही अनुपात कायम रहने हो भने मानिस निस्सासिएर पनि मर्छन्।
अब के गर्ने?
सामान्य रूपमा हामीले प्राणीजगत्को अस्तित्वको आयुलाई लम्ब्याउन सक्छौं। हामीले खाएर पिएर निस्केको दिसा, पिसाब र पसिना बिरुवामार्फत बाटोबाट प्राप्त गरेको तत्त्व हो।
ती तत्त्वलाई माटोमा फर्काउन सक्नुपर्छ। हामीले र पशुपन्छीले खानेपिउने कुरामा केही भिन्नता छैन, जस्तो हामी छानेर खान्छौं।
हामी धानको चामल खान्छौं, पशुले पराल र भुस खान्छ।
हामी काउलीको फूल खान्छौं, पशुपन्छीले पात र डाँठ खान्छ।
पानीको हकमा हामी मूलको पानी, तातोपानी, फिल्टर र बोतलको पानी पिउँछौं, पशुपन्छीले जस्तो पानी भेट्छ त्यही खान्छ।
खाएको र पिएको खाना र पानी ठोस र तरल रूपमा शरीरबाहिर निस्कन्छ।
हामीले जुन कुरा ठोस रूपमा निकाल्छौं त्यो दिसा हो, पशुपन्छीले निकालेको गोबर, सुली र बड्कौला हो।
हामीले निकालेको यही तत्त्वलाई माटोमा मिलाए त्यो समुद्रमा जानबाट रोकिन्छ र समुद्रको सतहको उचाइ पनि बढ्ने अनुपात कम हुन्छ।
यस्तै ती तत्त्व बिरुवाले खान्छ, बिरुवा हुर्कन्छ र त्यसले हामीलाई अक्सिजन दिन्छ, कार्बनडाइअक्साइड आफूले लिन्छ।
यसो भयो भने कार्बनडाइअक्साइड आकाशमा फैलने अनुपात पनि कम हुन्छ।
बिरुवामार्फत माटोबाट प्राप्त भएको तत्त्व हामीले खाएर हाम्रो शरीरबाट निस्केको रूपान्तरित तत्त्वले मल र जलको रूपमा माटोमै मिलाउँदा रासायनिक मलको प्रयोग गर्नु पर्दैन।
यसले चक्रीय प्रणाली खल्बलिनुबाट जोगाउँछ। के हामी यति काम गर्न सक्दैनौं? यसो भयो भने मानिस डुब्न, डढ्न, सुक्न र निस्सासिनबाट जोगिँदैनन्?
म गर्छु
हो, माथि मैले जे भने त्यो म गर्छु। तपाईं पनि गर्न सक्नुहुन्छ। म बिहानै उठेर दुई गिलास पानी पिउँछु।
पानी पिएको १० मिनेटपछि दिसा गर्ने बानी छ मेरो। म दिसा कहाँ गर्छु थाहा छ तपाईंलाई? म त मेरो कार्यालयमा दिसा गर्छु। अचम्म नमान्नुहोस्, म यसै गर्छु।
म प्लास्टिकको बाल्टिनमा पोलिथिन ब्याग राखेर दिसा गर्छु।
अस्पतालमा बिरामीले प्रयोग गर्ने प्वाल भएको कुर्सी ल्याएको छु, त्यसमा बस्छु र बाल्टिनमा दिसा गर्छु।
अनि एउटा बोतल हुन्छ, त्यसमा पिसाब फेर्छु। टेलिभिजन हेर्दै आनन्दले दिसापिसाब गर्छु।
दिसा गरिसकेपछि त्यो नगनाओस् भनेर प्राय: खरानी, नभए काठको धूलो र त्यो पनि नभए मसिनो सुकेको एक टोकरी धूलो हाल्छु।
दिसा गरिसकेपछि मलद्वार र हात धुनका लागि पौने लिटर पानी बाटामा प्रयोग गर्छु।
साबुनले हात धुन्छु। यो पानी पनि हामी मलका रूपमा प्रयोग गर्छौं।
दिसा गरेको बाल्टिन भरिएपछि खाडलमा लगेर झारपात, गोबर, सुलीसँग मिसाएर सडाउँछौं।
त्यो सडेपछि मल हुन्छ। त्यो मल हिजो जुन रूपमा माटोबाट आएको छ, त्यहीँ मिलाइदिन्छौं।
त्यो मल बिरुवाले पाउँछ र बिरुवाले हामीलाई फल दिन्छ। त्यो फल खाएर हामी बाँच्छौं।
मेरो घर, कार्यालय तथा विद्यालयमा जम्मा भएको दिसा, पिसाब र पसिनापानीलाई हामी खेर जान दिन्नौं।
हाम्रोमा त शौचालय पनि कस्तो छ भने एकातिरबाट दिसा र अर्कोतिरबाट पिसाब जान्छ र त्यो हामी ड्रममा जम्मा गर्छौं।
अलगअलग ठाउँमा थुपार्छौं। पिसाब ड्रममा राखेको एक महिनामा कीटाणु मरिसक्छ र त्यो झोल मल बन्छ।
त्यसलाई हामी माटोमै मिसाउँछौं। दिसा पनि यसरी नै कुहाएर मल बनाउँछौं र माटोमै मिलाउँछौं।
जसरी ठोस मलले माटोलाई नरम बनाउनुका साथै अन्य तत्त्व दिन्छ, झोल मलले बिरुवालाई हलक्क बढ्न मद्दत गर्छ।
त्यसैले पिसाबबाट निस्केको झोल मललाई बिरुवाका लागि दूध भन्छु म त।
तपाईंले पनि यसो गरेर पृथ्वीलाई माया गर्ने हो भने प्राणीको अस्तित्वको आयु लम्ब्याउन सकिन्छ।
यसो नगर्ने हो भने हामी यो संसारबाट लोप भएर जाने समय धेरै लामो छैन, होश गरौं।
(कृषि वैज्ञानिक राईसँग अन्नपूर्णकर्मी राजकुमार दिक्पालले गरेको कुराकानीमा आधारित)
मिडिया एनपी, काठमाडौं, १० असार । झापाको बिर्तामोडबाट प्रहरीले बिहिबार अपराह्न आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोडका विभिन्न होटलबाट सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । प्रहरीले यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोडका २५ भन्दा बढी होटलमा छापा मारेको हो । होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
बिर्तामोडका विभिन्न होटलबाट सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । प्रहरीले यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोडका २५ भन्दा बढी होटलमा छापा मारेको हो । होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
१४ जेठ
काठमाडौं, एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराइ सरल र जनशैली अपनाउने नेताको रुपमा चिनिन्छन् । विनाशकारी भूकम्पपछि गोरखामा निरन्तर क्रियाशिल बनेका उनको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक वृद्ध महिलाको दुवै गालामा हात राखेर निकै भावुक मुद्रामा देखिएका उनको तस्विर निकै चर्चामा छ ।
फोटा पत्रकार प्रकाश तिमल्सेनाले कान्तिपुर दैनिकका लागि खिचेको सो तस्वीर कान्तिपुर दैनिकमा प्रकाशित छ ।काठमाडौं, एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराइ सरल र जनशैली अपनाउने नेताको रुपमा चिनिन्छन् । विनाशकारी भूकम्पपछि गोरखामा निरन्तर क्रियाशिल बनेका उनको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक वृद्ध महिलाको दुवै गालामा हात राखेर निकै भावुक मुद्रामा देखिएका उनको तस्विर निकै चर्चामा छ ।
फेसबुकमा उनको प्रसंशा गर्दै शब्द खर्चिनेहरुको घुँइचो नै छ । ‘नेता होस त बाबुराम जस्तोपो ।’ बाबुरामको सोहि तस्वीर सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा दोर्जे लामा योन्जन लेख्छन् ‘भित्रै मन देखि सलाम छ बाबुराम सरलाई ।’
सुदुरपश्चिम साझा दलित मञ्च लेख्छ ‘बाबुराम निर्विकल्प नेता हुन् न गगनसँग तुलना हुन्छ न अरु कसैंसँग त्यसैले अरुसँग तुलना नगर्दै राम्रो होला ।’
आफ्नो फेसबुक पेजमा हुम सुनारी मगर लेख्छन्‘व्यक्तिगत स्वार्थ र समृद्ध चाहन्थे भने उनि आज शेष घले र उपेन्द्र महतो भन्दा कम धनादय हुदैनथ्यो होला। उनिसँग बोर्ड टपेका प्रमाणपत्रहरू छन् ।
आर्केटेक्चरल जस्तो बिषयमा विद्यावारिधि गरेका छन्। जागिर मात्रै गर्न चाहे पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उनको मासिक तलब मात्रै ५० देखि ६० लाखसम्म सजिलै पाउने व्यक्ति हुन्।
तर, व्यक्तिगत स्वार्थ र समृद्ध उनले चाहेनन् । सिङ्गो राष्ट्रको समृद्ध चाहे उनले। उनले अवसर पाए भने राष्ट्र निर्माण र विकास गर्न सक्ने व्यक्ति रहेछन् भन्ने उनको जम्मा १८ महिने सरकारको नेतृत्व गर्दा आम नेपाली जनताले देखेका छन्।
तस्विरः इकान्तिपुरबाट साभार
खबर डबली बाट
एस.एस.पी. रमेश खरेल सर लाई साथ् दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथि हरु
एस.एस पी रमेश खरेललाई कारबाही होइन कारबाही त रास्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्री सुशील कोईराला र उनको कार्यकर्तालाई गर्नु पर्छ थुनामा रहेका काङ्ग्रेसका कार्यकर्तालाई छोडनु हुदैन नेपाली काङ्ग्रेसले आफ्नो आसली रुप देखाउदै छ्न।
एस.एस पी रमेश खरेललाई कारबाही होइन कारबाही त रास्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्री सुशील कोईराला र उनको कार्यकर्तालाई गर्नु पर्छ थुनामा रहेका काङ्ग्रेसका कार्यकर्तालाई छोडनु हुदैन नेपाली काङ्ग्रेसले आफ्नो आसली रुप देखाउदै छ्न।
अहिले हलतमा एस.एस पी खरेललाई नेपाली जनताको सहयोग चाहिएको छ त्यसैले हामी एक जुट भइ एस.एस पी रमेश खरेललाई साथ दिउ अपरधिक क्रियाकलापमा सम्लग्नहरुको अन्त्य गरौं जय नेपाल
गोरखा, २८ वैशाख - गोरखाका भूकम्पपीडितले एमाओवादी अध्यक्ष प्रचण्डसँग राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले जनयुद्धमा आफूहरुले सहयोग गरेको र विपत्तिमा परेकाले अहिले आफूहरुलाई सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन्।
‘जनयुद्धमा तपाईंहरुलाई भात खुवायौं,’ १२ वैशाखको भूकम्पको केन्द्रविन्दु बारपाककी ६२ वर्षीया रोशनी घलेले शनिबार प्रचण्डलाई भनिन्-‘अहिले भूकम्पले हाम्रो भात लग्यो, हामीलाई केही खुवाउनूस्।’
एमाओवादी अध्यक्ष प्रचण्ड शनिबार बारपाक, लाप्राक र गुम्दाको स्थलगत निरीक्षणमा पुगेको नयाँ पत्रिकामा खबर छ । उनीसँग पीडा सुनाउँदै रोशनीले थपिन्-‘सरकार भन्ने हामीलाई थाहा छैन्, हिजो पनि तपाईंलाई हेरेर युद्धमा लागेका हौं।
‘जनयुद्धमा तपाईंहरुलाई भात खुवायौं,’ १२ वैशाखको भूकम्पको केन्द्रविन्दु बारपाककी ६२ वर्षीया रोशनी घलेले शनिबार प्रचण्डलाई भनिन्-‘अहिले भूकम्पले हाम्रो भात लग्यो, हामीलाई केही खुवाउनूस्।’
एमाओवादी अध्यक्ष प्रचण्ड शनिबार बारपाक, लाप्राक र गुम्दाको स्थलगत निरीक्षणमा पुगेको नयाँ पत्रिकामा खबर छ । उनीसँग पीडा सुनाउँदै रोशनीले थपिन्-‘सरकार भन्ने हामीलाई थाहा छैन्, हिजो पनि तपाईंलाई हेरेर युद्धमा लागेका हौं।
आज पनि हामीलाई तपाईंकै भरोसा छ।’ खुला आकाशमा रात विताइरहेका भूकम्पपीडितले जमिन पनि भासिएकाले गाउँमा बस्नसमेत गाह्रो भएको गुनासो गरेका थिए। स्रोत अनलाईन खबर
यस्तो समाचार सारा नेपालीलाई सुनाउन पाए हुन्थ्यो। सधैं झैं श्यर गरेर सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु)नेपाल प्रहरीका एसएसपी रमेश खरेल बेजोड इमान्दारी, स्वाभिमान र कर्तब्यनिष्ठताका पर्याय हुन्। उनीबारेका समाचारहरू हामी सबैले पढेका छौं। उनले अनायस फोन गरे र भने, “रवीन्द्र जी, म हालसालै हाइटी गएको थिएं। त्यहां मलाई अलिकति पैसा दिइएको थियो तर नेपाली सेना, प्रहरी र त्यहां कार्यरत अन्य नेपालीहरूले देख...ाएको सदभावका कारण मेरो सबै पैसा खर्च भएन। बचेको पैसा म तपाईंहरूको रू १० करोडको परोपकारी अक्षय कोषलाई दिन चाहान्छु।”
मेरो खुशीको सीमा रहने। उनले आज रू २५,००० हजार हष्तान्तरण गरे।
रमेश जी, तपाईंको आदर्शले हामीजस्ता सारा नेपालीलाई सदाचारी र ‘ब्यबहारीक परोपकारी’ बन्न प्रेरीत गरोस् ! तपाईंजस्ता कर्मचारीहरू सबैले रू २५ हजार होईन एक/एक हजार मात्र हामीलाई दिए भने हाम्रो लक्ष केही वर्ष होईन, केही दिनमैं पुरा हुनेछ
मेरो खुशीको सीमा रहने। उनले आज रू २५,००० हजार हष्तान्तरण गरे।
रमेश जी, तपाईंको आदर्शले हामीजस्ता सारा नेपालीलाई सदाचारी र ‘ब्यबहारीक परोपकारी’ बन्न प्रेरीत गरोस् ! तपाईंजस्ता कर्मचारीहरू सबैले रू २५ हजार होईन एक/एक हजार मात्र हामीलाई दिए भने हाम्रो लक्ष केही वर्ष होईन, केही दिनमैं पुरा हुनेछ
काठमाडौं, वैशाख ९– राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छिन् । काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलत्कार गरेका हुने ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी गेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे काँडाघारीमा किशोरी बलत्कार गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलत्कार गरेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरविरुद्व मुद्दा दर्ता भएको जानकारी दिए ।
उनले यस्ता घछनाले प्रहरीको शिर निहुरिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
किशोरी रोएको सुनेर दोडिदैं पुगेका स्थानीइले युनिफर्ममै रहेका प्रहरी जवानलाई नियन्त्रणमा लिई पूर्वी गेटका सेनालाई जिम्मा लगाइीदएका थिए । सेनाले प्रहरीकहाँ बुझाएको थियो । रौतहट घर भएका महर २०६४ सालमा प्रहरीमा भर्ती भएका थिए । उनका घरमा श्रीमती र दुई जना छोराछोरीसमेत छन् ।
| पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छिन्। पूर्वयुवराज पारस शाह काठमाडौं आएको तीनसम्म पनि उनलाई नभेटी हिमानी दिल्ली जान लागेकी हुन्। | |
पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम रहेको छ। उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको छ। दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिने नयाँ पत्रिका दैनिकमा खबर छ। पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना पनि हिमानीका साथ आइतबार नै भारत जानलागेको स्रोतले जनाएको छ। |
























