म अहिले २९ वर्षको भएको छु । पुरानो घर भोजपुरको दिङला हो । अहिले भने मोरङको जाँतेमा वसाई सरेर आएका छौ । म परिवारको कान्छो छोरा हुँ । विहावारी भएको छैन । मेरो दाजु पनि करीव १३ वर्षदेखि मलेसियामा नै काम गर्नुहुन्छ । वेला वेलामा घरमा जाने आउने गर्नुहुन्छ । दाईलाई राम्रै भए पनि मलाई भने मलेसियाले केही पनि दिएन वरु सवैवाट म लुटिएँ ।
काम थाल्दा दुर्घटना
मैले भोजपुरको दिङलावाट आईए सम्मको अध्ययन पुरा गरेको छु । मलेसिया आउनु भन्दा अगाडि म नेपालकै एउटा सानो कम्पनीमा काम गर्थें, काम पनि राम्रै थियो ।
काम अनुसारको दाम भने पाउन सकेको थिईन । काम गरिरहेको अवस्थामा म दुर्घटनामा परें । उपचारको क्रममा करीव दुई लाख जति ऋण लाग्यो त्यसले पनि मलाई अगाडि वढ्नलाई साथ दिएन ।
धनी मानिसहरुको लागि दुई लाख केही पनि नहोला तर हामी गरीवहरुको लागि त्यहि दुई लाख नै जीवनभरीको सम्पत्ति हो । म दुर्घटना पर्दाखेरि लागेको ऋण म आफै कमाएर तिर्न चाहन्थें ।
अर्थ नलाग्ने मेरो पढाई
नेपालमा केही गर्ने इच्छा थियो तर मलाई साथ दिने कोही पनि थिएनन । नत मसँग एक्लै केही गर्न सक्ने हिम्मत र सीप नै थियो । मैले पढेको पढाईले नेपालमा मलाई कुनै रोजगारी दिन सकेन । पढाई मात्रै मार्कसिटमा सीमित रहन पुग्यो ।
मेरो आजसम्मको पढाईले नेपाली केही बढी लेख्न र पढ्न जान्ने भएँ भने अंग्रेजी काम चलाउ मात्रै वन्न पुग्यो । शिक्षा नीति देखेर आफैलाई निकै दुःख लागेर आउन थालेको छ । राम्रो शिक्षा नीति भएको भए आज हामी प्रत्येक दिन करीव १५ सय युवा विदेशिनु पर्ने थिएन ।
एजेण्टको प्रलोभन
नेपालमा कतैवाट केही हुने उपाय नदेखेपछि म विदेशिन शुरु गरे । नेपालमा केही गरौं भन्दा कसैले पनि ऋण समेत दिदैनन्, विदेश जाने भनेपछि यस्ले त तिर्छ है भनेर फ्याट्ट दिईहाल्छन् । मसँग पैसा थिएन, वुवा आमालाई ऋण खोजीदिन अनुरोध गरेँ । वुवा आमाले ऋण खोजीदिनु भयो ।
ऋण खोजेको पैसा वोकेर काठमाडौं आए । महिनाको १२ सय ३५ रिंगेट पाईने खास्साको रेष्टुरेण्ट छ । ओभरटाईम त जतिगर्न सक्यो त्यति नै पाइन्छ । ल भाई जानुपर्छ यहि वेला हो गर्ने वुढेशकालमा जाम भनेर पनि पाईदैन भनेर एजेण्टले भनेपछि म वाल्ल पर्नुवाहेक कुनै उपाय थिएन । महिनाको ३५ हजार वचाउन सकिने रहेछ भन्दै बुवाले खोजेको डेढ लाख रुपैया एजेण्टलाई वुझाएर गएको वर्षको भदौ १८ गते मलेसिया आईपुगें ।
पहिलो पाईला मलेसियाको
नेपालवाट प्लेन चढ्ने वेलामा जे सपना वोेकेको थिए अलिकति सपना त एयरपोर्टमै तुहियो । पहिलो पटक एयरपोर्टमा आउदा यहाँका रेलाले गरेको अपमान जीवनभरीको सम्झना वनिरहेको छ । न वोल्न पाईने न केही सोध्न । वोले पनि पिटाई नवोले पनि पिटाई चिसो भुईको वसाई ।
एक दिनपछि एजेण्ट लिन आयो, एयरपोर्ट वाहिर गाडिवाट हेर्दा अगाडि सोचेका कुरा सवै झुटा रहेछन् जस्तो लाग्यो । ठूला ठूला घर, महल चिल्ला गाडी, धुवाँधुलो केही छैन । जताततै सफा छ, चिल्लो र बडेमानका फुटवल ग्राउण्डजत्रो पक्की वाटो छ, जताततै हरियाली छ ।
चिया पकाउनेदेखि भाँडा माझने सम्मको काम
एजेण्टले जे भनेर पठाएको थियो त्यो एकरति पनि पाउन सकिन । एजेण्ट सजिलो काम छ भनेर पठाएको थियो यहाँ आएको दिनदेखि नै चिया कफी वनाउनेदेखि भाँडा माझनुपर्ने सम्मको काम थियो । मेलै काम गर्ने रेष्टुरेण्ट जोहोरको मसाईमा रहेको थियो ।
विहान सात वजेदेखि साझँको पाँच वजेसम्म हात खाली हुदैनथ्याे । कामवाट कहिल्यै पनि फुसर्द पाईदैनथ्यो । जिउले कस्तो हो आराम भन्ने थाहा पाएन । वस्ने ठाउँ पनि उस्तै थियो, भेडावाख्रा जस्तै एकै ठाउँमा ।
अझै ४० हजार ऋण थपियो
महिनाभरी काम गर्दा सात सय रिंगेट भन्दा कहिले पनि बचेन । एक वर्षसम्म घरको अवस्था, वुवाले खोजेको ऋण कसरी तिर्ने भनेर काम गरिरहें । एक वर्षमा मरीमरी एक लाख साठी हजार नेपाल पठाउन सफल भएँ । नेपालमा पठाएको सवै पैसाले ऋण तिर्न पुगेन । सावाँको ब्याजसहित गर्दा अझै ४० हजार ऋण थपिएको छ ।
मलेसियाको एक वर्षको वसाईले मलाई कमाईदियो हैन वरु उल्टै ऋण थोपरीदिएको छ । पुरानो दुर्घटना हुदा लागेको ऋणमा यो ऋण पनि थपिदा निकै चिन्ता लागेको छ । कमाउन नसके पनि ऋण छैन भनेर र्फकन पाएको भए पनि हुन्थ्यो । उल्टो अरुको देशमा वर्षभरी काम गरेर उल्टै ऋण वोकेर र्फकनुपर्ने भएको छ ।
उनीहरुले हामीसंँग एक सय ७५ रिंगेट मागे । हामीले यत्रो भाडा कसरी भन्न मात्र के थालेका थियौं चक्कु देखाउन थालिहाले । भएभरीकै पैसा टयाक्सी भित्रै लुटे ।
वाटोमै लुटिएँ
वर्ष दिन भरी वसेर कुनै उपाय नलागेपछि हामी भदौ १५ गते मंगलवार कम्पनी छाडेर नेपाल फर्कनका लागि जोहरवारुवाट क्वालालम्पुरको लागि बस समात्योैं । मलाई जस्तै भएको एकजना साथी (रोहित चौधरी) करीव पाँच घण्टाको यात्रापछि क्वालालम्पुर वसपार्कमा उत्रन सफल भयौ ।

हामी वसवाट र्झन नपाउदै टयाक्सी आएर हाम्रो अगाडि रोकियो । हामीले केही पनि भन्न पाएका थिएनौं जवरजस्ती हाम्रो झोलाहरु टयाक्सीमा हाल्न थाल्यो । हामीले भन्यौं, हाम्रो साथी हामीलाई लिन आउँदैछन् । तिमीहरुको टयाक्सीमा जाँदैनौं भन्यौं ।
उनीहरुले वढि वोल्ने होइन यहाँ बस तिमिहरुलाई जहाँ पुर्याउन पर्ने हो हामी पुरयाउँछौ भन्यो । हामी टयाक्सीमा चढन नमान्दा पनि जवरजस्ती चढायो । टयाक्सी डाईभरसँग पहिला नै एकजना वसिसकेको थियो त्यो उसको साथी रहेछ । वाटोमा पुगेपछि फेरि अर्काे मानिसलाई पनि टयाक्सीमा वसाल्यो त्यो पनि उनीहरुकै साथी रहेछ ।
जुत्तामा राखेको पैसा पनि छाडेन
उनीहरुले हामीसँग पैसा माग्न थाले । उनीहरुले हामीसंँग एक सय ७५ रिंगेट मागे । हामीले यत्रो भाडा कसरी भन्न मात्र के थालेका थियौं चक्कु देखाउन थालिहाले । भएभरीकै पैसा टयाक्सी भित्रै लुटे । हामीले पैसा लुटिन्छ भन्ने पहिला पहिला पनि यस्ता कुराहरु सुन्ने गरेका थियौं ।
त्यसैले हामीसँग भएको चार हजार रिंगेट (करीव एक लाख पाँच हजार) मध्ये दुई हजार पर्समा र दुई हजार जुत्तामा लुकाएका थियौं । पर्सको र एउटा खुटटाको जुत्तामा लुकाएको एक हजारसमेत गरी तीन हजार रिंगेट लगिदियो । हामी मुकदर्शक जस्तै वनिरह्यौं । हामी दुवै जनाको फोन भने लगेन ।
नेपाल र्फकनको लागि ल्याएको पैसा लुटिएपछि निकै समस्या परिरहेको छ । कसरी नेपाल फर्काें अन्यौलमा परिरहेको छु ।
भगवान बने सेक्युरिटी दाई
हामीलाई एउटा एकान्त ठाउँमा ल्याएर छाडिदियो । ब्यागहरु पनि राम्ररी निकालिदियो । टयाक्सी नम्वर टिप्न थालेको थियौँ । हामी भन्दा अगाडि नै एकजना ओर्लिएर टयाक्सी नम्वर स्टिकरले टालिदियो र टयाक्सी कुदाएर भाग्यो । हामीबीच वाटोमा अलपत्र परिरहेका थियौ, त्यसको नजिकै एक जना नेपाली सेक्युरिटी दाईले काम गर्नु हुँदो रहेछ । उहाँले हामीलाई निकै सहायता गर्नुभयो ।
मलेसिया हो निकै ख्याल गर्नु भनेर सम्झाउदै चिनेको एकजना टेक्सीवालालाई वोलाईदिनु भयो। हामीलाई फेरि पनि टयाक्सीमा चढ्न डर लागिरहेको थियो । तर नचढी पनि सुखै थिएन । उहाँले वोलाएको टयाक्सीमा चढेर क्वालालम्पुरको कोताराय भन्ने ठाउँमा वल्लतल्ल आएका छौं ।
नेपाल र्फकनको लागि ल्याएको पैसा लुटिएपछि निकै समस्या परिरहेको छ । कसरी नेपाल फर्काें अन्यौलमा परिरहेको छु । घरवाट पैसा मगाएर जाऊँ भने पनि कसरी मगाऊँ ? उल्टै ऋण लिएर र्फकदै थिएँ ।
(प्रस्तुतीः रामचन्द्र नेपाल)
फोटो :एजेन्सी
प्रहरीकाअनुसार यसअघि पनि सो घटनामा सम्लग्न एक विदेशीलाई पक्राउ गरेको छ र मुख्य योजनाकारको खोजीका क्रममा मङ्गलबार ती व्यक्ति पक्राउ परेका हुन् ।सो घटनामा विदेशीको हात रहेको बताउँदै आएको प्रहरीले आज पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन । दुई हप्ताअघि भएको सो बम हमलामा परी २१ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका थिए ।
काबुल : अफगानिस्तानका तालिवानहरुका नेता मुल्लाह ओमार दुई वर्ष अघि नै मारिएको खुलासा भएको छ । मुल्लाहको निधन सन् २०१३ मा नै भएको थियो तर पनि उनीहरुले भने गत महिनामात्र त्यस समाचार सार्वजनिक गरेका थिए ।
उनी मारिएको दाबी अफगानिस्तानको गुप्तचर निकायले गरेको भए पनि त्यसमा तालिावनको विरोध रहेको थियो । उनीहरुले सो समाचार गलत रहेको दाबी गर्दै आएका थिए ।
दुई वर्षअघि नै अफगानिस्तानको गुप्तचर निकायले उनको निधनको समाचार सार्वजनिक गरेको थियो । तरपनि तालिवानले विरोध जनाएका थिए ।
त्यस समाचारको सोमबार मात्र आएर पुष्टि भएको हो । सोमबार तालिवान नेतृत्वले नेता ओमारको जिवनी सार्वजनिक गरेका छन् ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुन लागेकोले तालिवानहरुले आफ्नो शक्ति कमजोर भएको देखिने हँुदा सो बारेमा केही नभनेको उनीहरुको दाबी छ ।
उनी मारिएको समाचार सार्वजनिक नगरी नै तालिवानहरुले उनकै नामबाट विज्ञप्तिहरु प्रकाशन गर्ने गरेको थियो । गत जुलाई महिनामा अफगानिस्तानको सरकारले नै उनी मारिएको जिकिर गरेको हो ।
सन् २०१३ को अप्रिल महिनामा नै उनको निधन भएको समाचार तालिवानले सोमबार मात्र सार्वजनिक गरेका छन् । तालिवानले विज्ञप्तिमार्फ सो समाचार सार्वजनिक गरेका हुन् ।
तालिवानका नेता रहेका उनी सन् २००१ देखि नै अफगानिस्तानमा सार्वजनिक भएका थिएनन् । अफगानिस्तानमा अमेरिकी सैनिक प्रवेश गरेको सोही वर्षदेखि उनी भूमिगत रही आएका थिए ।
भारत । भारतको गुजरातमा एक सैनिकले आफ्नी श्रीमतीलाई पे्रमी संग आपत्तिजनक अवस्थामा भेटेपछि गोलि चलाउदा एक जनाको मृत्यु भएको छ ।गोली प्रहारबाट श्रीमतीको प्रेमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट सैनिकको श्रीमतीको गंभिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।इन्डियन आर्मीका सैनिक रहेका जिगरभाई व्यास जब आफ्नो घर पुगे उनले आफ्नी श्रीमतीलाई पारिवारिक साथि रणजीतका साथ आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
श्रीमतीको त्यस्तो चरित्रका कारण आक्रोशित व्यासले आफुसंग रहेको रिबल्भर चलाउदा रणजीतको घटनास्थलमै मृत्यु भएको हो भने श्रीमतीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
मलेसिया : मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा याैनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना मंगलबार पक्राउ परेका छन् ।
उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।
बारमा याैनजन्य कृयाकलाप गरेको अारोपमा पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् ।
नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।
पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन ।

साउदी अरब । साउदी अरबमा बिगत ३ बर्षदेखि बन्दी जीबन बिताईरहेकी एक नेपाली चेलीको उद्धार गरिएको छ । बैदेशिक रोजगारीका लागि साढे ३ वर्षअघि कुबेत पुगेकी नेपालगञ्ज बनकटवा, ३ की ३३ बर्षीया निर्मला बिकलाई साउदी अरबबाट उद्धार गरिएको हो । nirmala BKसाउदी नागरिकको घरमा बन्दी जीबन बिताईरहेकी बिकलाई नेपाल टे्रड युनियन महासंघ-जिफन्ट) को सहयोग समूह साउदी अरेबियाको सक्रियतामा उद्धार गरिएको हो । रियादमा रहेका नेपाली दिदीबहिनीहरु मार्फत निर्मलाले ३ बर्षदेखि साउदी नागरिकको घरमा बन्दी जीवन बिताईरहेको खबर पाएपछि उनलाई उद्धार गरिएको जिफन्ट सहयोग समूह साउदी अरेबियाका संयोजक राज तामाङले जानकारी दिए । तामाङकाअनुसार साउदीको अलहासा भन्ने स्थानबाट गत आईतबार उनलाई रातको १ बजे बन्दी बनाईएको घरबाट उद्धार गरिएको हो । अलहासामा रहेका नेपाली दाजुभाईहरुको सहयोगमा १४ घण्टाको निरन्तर प्रयासपछि उनलाई उद्दार गर्न सफल भएका हौं, तामाङले भने । उद्धार गरिएकी पीडित बिकलाई आईतबार नै नेपाली दुतावास साउदीको जिम्मा लगाईएको छ । गैरकानुनी बाटो भएर साउदी आईपुगेकी पीडित बिकलाई नेपाल फर्काउनका लागि घरेलु कामदार बिभाग र साउदी प्रहरीसँग समन्वय गरिने साउदीका लागि नेपाली कार्यबाहक राजदुत आनन्द शर्माले बताए । शर्माकाअनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि ट्राभल डकुमेण्ट बनाई बिकलाई छिटै सहज रुपमा नेपाल पठाईने छ । उनलाई गैरकानुनी बाटो हुदै कुबेत पुर्याउने तस्करको खोजी गरी कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार समेत गरिने शर्माले बताए । कसरी सम्भव भयो निर्मलाको उद्दार मानब तस्करको चंगुलमा परेर ३ बर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएकी निर्मलाको पछिल्लो समय साउदीस्थित रियादमा रहेका नेपाली दिदीबहिनीहरुसँग सम्र्पक भएको थियो । नेपाली चेलीहरुसंगको सम्र्पकले नै पीडित बिकलाई नरकीय जिबनबाट नयाँ जीवन मिल्न सम्भव भएको छ । साउदी अरबमा रहेर नेपाली दाजुभाई तथा नेपाली चेलीहरुलाई सहयोग तथा उद्दार गर्दै आएका राज तामाङले यो खबर पाउने बित्तिकै निर्मलाको उद्धारका लागि खटिएका थिए । निर्मलासँगको फोन सम्र्पकको आधारमा उनलाई उद्दार गर्नका लागि तामाङ गत आईतबार दमामबाट करिब ३ सय किलोमिटरको यात्रापछि अलहासा पुगेका थिए । साँझ ५ बजे अलहासा पूगेका तामांगले मुस्किलले निर्मलालाई बन्दी बनाएर राखिएको घर पत्ता लगाएका थिए । करिब ८ घण्टाको पखाईपछि सबै सुतेको मौका छोपेर रातको १ बजे निर्मलालाई त्यहाँबाट तामाङले उद्दार गरेका थिए । आफूलाईसमेत जोखिममा राखेर तामाङले बिभिन्न समस्या र चनुौती संग जुध्दै निर्मलालाई लिएर रातारात त्यहाँबाट दमाम आएका थिए । दमाम आईपुगेपछि नेपाली दुतावासको समन्वयमा दुतावासको गाडी प्रयोग गरी निर्मलालाई नेपाली दुतावासको कार्यालय रियाद पठाई सुरक्षित गरिएको थियो । तामाङको सक्रियताले नै पीडित निर्मलालाई बन्दी जीवबाट मुक्त गराई उद्धार गर्न सफल भएको हो । कुबेत गएकी निर्मला कसरी पुगिन् साउदी २ छोरी, १ छोरा र श्रीमान्सँग दुखसुख जीवनयापन चलाईरहेकी निर्मलालाई छिमेककेै एक जना दलालले धेरै धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट साढे ३ बर्ष अघि भारत हुदै कुबेत पुर्याएका थिए । मानव तस्करमार्फत् घरेलु कामदारका रुपमा कुबेत पुगेकी निर्मलाले त्यहाँ ६ महिना जेनतेन काम गरिन् । ६ महिनापछि उनलाई कुबेती नागरिकले साउदी अरब पुर्याए । पीडित निर्मला कुबेती नागरिकबाट बेचिएर साउदी अरब ल्याईएकी थिईन् । साउदीको जुबेलस्थित साउदी नागरिकको घरमा करिब ३ महिना बन्दी जीबन बिताएकी निर्मलालाई साउदीकै महिला तस्करी गर्ने दलालको हातबाट दमाम हुदै अलहासा पुर्याईएको थियो । साउदी अरबको अलहासा ल्याईएकी उनलाई साउदी नागरिकले घरेलु कामदारका रुपमा बन्दी बनाएर राखेको थियो । बिगत ३ वर्षदेखि पीडित निर्मर्लाले साउदी नागरिकको घरमा बन्दीजीवन बिताउन बाध्य भएकी थिईन् ।
'हिंसा रोक, सद्भाव कायम गर र सम्वादबाट समाधान खोज'
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार कैलालीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका छन् ।
मोदीले मंगलबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई फोन गर्दै सोमबार भएको हिंसात्मक घटना र त्यसमा ज्यान गुमाउनेहरुप्रति समावेदना व्यक्त गरेका हुन्। मोदीले हिंसालाई निरुत्साहन गर्न र सामाजिक एकता कायम गर्न नेपाल सरकार, यहाँका राजनीतिक दल तथा नागरिकसँग आग्रह गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।
मोदीले कोइरालासँग गरेको टेलिफोन सम्वादबारे भारतीय विदेश मन्त्रालयले आफ्नो वेबसाइट विस्तृत समाचार राखेको छ। मोदीले कोइरालासँगको वार्तामा हिंसाविरुद्धको लडाइ तथा नयाँ संविधान लेखनको यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै पक्ष र समुदायको माग एवं भावनालाई समेटेर नेपालमा छिटै समावेशी संविधान जारी हुने विश्वास पनि व्यक्त गरेका छन् ।
नेपालमा शान्ति प्रकिया र संविधान लेखनमा भएको ऐतिहासिक प्रगतिको प्रशंसा गर्दै मोदीले नेपालको राजनीतिक नेतृत्वले महत्वपूर्ण मुद्दाहरुलाई सबै राजनीतिक पार्टीहरुबीचको सम्वाद र संभव भएसम्मको व्यापक नागरिक परामर्श मार्फत टुंगो लगाउन सुझाव दिएका छन्।
नेपालको विविधतापूर्ण समाजमा रहेका सबै नागरिको आकांक्षालाई समेटेर एकीकृत, स्थिर, शान्तिपूर्ण र समृद्ध नेपालका लागि प्रजातान्त्रिक र समावेशी संविधान बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
मोदीले सामाजिक र राजनीतिक अस्थिरताले भर्खरैको विनाशकारी भूकम्पको पीडालाई थप बल्झाउनसक्ने चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति, संयम र एकताका लागि अपिल गरेका छन्।
कुबेत । कुबेतमा हृदयघात कारण दुई नेपालीको मृत्यु भएको छ । कुवेतमा नेपालीहरुको क्रियाशील संघ संस्थामा आवद्ध झापाका दुर्गाप्रसाद ढुंगेल र कुमार पौडेलको हृदयघातका कारण मृत्यु भएको हो ।
कुबेतमा हृदयघात कारण नेपालीहरुको संघ/संस्थाहरुमा क्रियाशील एक नेपालीको निधन भएको छ । बिगत चार बर्षदेखि कुवेतको तान्जिप कम्पनीमा कार्यरत नेपालको झापा जिल्ला गौरादह निवासी ४३ वषर्ीय दुर्गाप्रसाद ढुंगेल नेपालीहरुको संघ/संस्थाहरुमा क्रियाशील थिए ।
शनिबार राती १० बजेको समयमा साथीहरुसँंग गफ गर्दा गर्दै ढलेका थिए । ढुंगेललाई सँगै रहेका साथी टिकाराम आचार्यले शनिवार राती नै फर्वानिया हस्पिटल पुर्याएका थिए ।
कुबेतको नेपाली समाजमा आˆनो छुट्टै पहिचान बनाउन सफल ढुंगेल मेचीकाली एकता समाजका अध्यक्ष, कोशेली समुह र झापाली समाज कुबेतका सचिव थिए । सामाजिक कार्यमा पनि उत्तिक्कै खट्ने ढुंगेल केही वर्षदेखि पत्रकारिता समेत सुरु गरेका थिए ।
ढुंगेलका श्रीमती र दुई छोरी छन् ।
कुमार पौडेल
कुबेतको मीनअब्दुल्लाबाट आˆनो कार्यालय समय सकेर फेन्टासस्थित कम्पनी क्याम्पमा आएपछि अचानक रक्तचाप बढेको थियो ।
रक्तचाप बढेपछि प्यानाडोलको औषधि सेवन गरेका उनी एक्कासी भुइँमा ढलेका थिए । पौडेल ढलेपछि अताल्लिदै संगै रहेका साथीले अस्पताल लैजाने तयारी गर्दा गर्दा निधन भएको उनका साथीहरुले बताएका छन् ।
दुबैको शव नेपाल पठाउन पहल भईरहेको नेपाली दुताबासले जनाएको छ ।
सडकमा रहेका सातजनाको मृत्यु
एजेन्सी : बेलायतको सोरह्याम एयर शोका क्रममा एउटा फाइटर प्लेन ब्यस्त सडकमा खसेर दुर्घटनाग्रस्त भएको छ ।
आइतबार भएको यो घटना सडकमा गुडिरहेका दर्जनौ सवारीसाधन क्षतिग्रस्त भए । यो घटनामा कम्तिमा पनि सातजनाको ज्यान गएको छ ।
फाइटर प्लेन सडकमा खस्दा १४ जना गम्भीर घाइते भएका छन् । विमान जमिनमा बजारिनेबित्तिकै आगो सल्किएपछि ठूलो आवाजकासाथ विस्फोट हुन पुग्यो ।

जहाज खसेपछि आकाशको धेरैमाथिसम्म बाक्लो धुवाँ फैलियो । जहाज खसेको आसपासको क्षेत्र जलेर क्षतिग्रस्त भएको छ ।
यो विमान सन् १९५० मा बनेको एक सिटे हकर हन्टर रहेको बताइएको छ । दुर्घटनाका बेला हजारौं मानिस यो एयर शो हेरिरहेका थिए ।
दुर्घटनाग्रस्त जहाजबाट पाइलटलार्इ भने जीवितै निकालिएको छ । यो प्लेनलार्इ उडाइरहेका पाइलट एन्डी हिललार्इ तत्कालै उद्धार गरी अस्पताल भर्ना गरियो ।
उद्धारकर्मीले जहाजको भग्नावशेषबाट जिउँदै निकालिएका पाइलटको अवस्था चिन्ताजनक छ ।

कतार– नेपालीहरु कार्यरत कतारको साँहनियास्थित एक लेबर क्याम्पमा आगलागी हुँदा झन्डै साढे चारसय जना कामदारको राहदानी (पासपोर्ट) जलेर नष्ट भएको खबर छ । कामदारहरु काम गर्न क्याम्पमा नभई अन्य क्षेत्रमा गएको हुनाले मानबिय क्षति भने भएको छैन् । पासपोर्ट, लत्ताकपडाका सहित नगद पनि जलेर नष्ट भएको छ ।
स्थानीय वाटर मास्टर ट्रिन्टमेन्ट कम्पनीको लेबर क्याम्प बिद्युतीय सर्ट भई आगलागी भएको हो । हामी सबै काम गर्न साइडमा थियौं । बेलुका क्याम्पमा र्फकदा जलेर सबै नष्ट भएछ, सोहि कम्पनीमा कार्यरत एक नेपाली लम्जुङका बलबहादुर गुरुङले भने–अहिले हामीसँग काम जान लगाउने डाग्री (पोशाक) मात्रै छ ।
त्यस कम्पनीमा झन्डै साढे चारसय कामदार छन् । जसमा दुई सय नेपाली रहेका छन् । कसैको पनि पासपोर्ट, नागरीकता बचेन । धेरै साथीहरुको घरमा पठाउन राखिएको पैसा पनि जल्यो, उनले भने । सोही कम्पनीमा कार्यरत प्युठानका ओमबहादुर घर्तीमगर, तनहुँका बीरबहादुर आले मगर, सर्लाहीका राजन लोहर, संखुवासभाका नरेश रोक्का, ताप्लेजुङका दिपेन्द्र शर्माले लत्ताकपडा सहित राहदानी जाल्दा समस्यामा परेको बताए ।
ुकति साथीहरुको आज (बुधबार) को घर फिर्ने टिकट थियो । सरसामानहरु किनेर राखेका थिए । नेपाल लैजाने लगेज तयार बनाएका थिएु, प्युठानका ओमबहादुरले भने,ुउनीहरु पनि सबै जल्यो पछि टिकट रद्द भएको छ । आगोलागीबाट ज्यान त जोगियो ।
आगोलागी मंगलबार दिउसो एक बजेको समयमा भएको थियो । कम्पनीले उनीहरुलाई बन्दै गरेको युसिसिको सात नम्बर क्याम्पमा राखेको छ । कम्पनीले अस्थायी बसोबासको लागि युसिसिको क्याम्ममा राखेको छ । बस्ने ओछ्यान लिएर दिएको छु, सर्लाहीका राजनले भने–अहिले जसोतसो मिलेर बसेका छौं । खाना पनि जसोतसो मिलाएर दिइरहेको छ ।
सामान जलेको पीरले कसैको मन ठाँउमा नभएको गुरुङले बताए । त्यस कम्पनीमा नेपालीहरु प्लम्बर, मेसन, लेबर लगायत रहेका छन् । उनीहरुले स्वीमिङ पुल निर्माण तथा मर्मतसम्भार गर्ने काम गर्ने गरेका छन् । अधिकारीहरुले आगोलागी तिनघण्टा पछि नियन्त्रणमा ल्याएको थियो । उनीहरुले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । कतारस्थित नेपाली दुताबासले समस्यामा परेका नेपाली कामदारको अबस्थाको बिषयमा आफुहरुले जानकारी लिइरहेको जनाएको छ ।
Source: AgenciesEkantipur
वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुको लाम हेर्न विदेश जाँनै पर्दैन । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने विदेश जाने नेपालीको ताँती देखिन्छ ।
रोजगारीका लागि विदेश गएका ३६ लाख नेपाली मध्ये तीन लाख नेपाली संयुक्त अरब इमिरेट्स (यूएई)मा छन् । तीन लाख नेपालीको भिडमा केही नेपाली भनै आफै स्वरोजगार छन् भने केहीले अरु नेपालीलाई समेत रोजगारी दिएका छन् । अरु नेपालीलाई रोजगारी दिनेमा नेपालीमा केही महिला समेत छन् । ती मध्येकी एक हुन्, बुटवलकी दीपा पाण्डे ।
आजभन्दा १७ वर्षअघि रिसेप्सनिस्टको काम गर्न ४ सय दिराम्स तलबमा काम गर्न आएकी पाण्डे अहिले यूएईको नेपाली समुदायमा सफल व्यावसायीमात्र होइन, दानवीर समाजसेवी तथा सम्मानित नारीका रुपमा परिचित छिन् ।
इमानदार, काममा प्रतिबद्ध, सस्तो मूल्यमा श्रम बेच्न विवश श्रेणीका श्रमिकको रुपमा परिचित नेपालीमाझ करिब १ सय ५० जनाभन्दा बढी नेपालीहरु यस्ता पनि छन्, जस्ले आफैैं कम्पनी खोलेर नेपालीहरुको परिचय श्रमिक मात्र होइन, ‘नेपालीहरु मालिक पनि छन् भन्ने प्रमाणित गरिरहेका छन् र अरुलाई रोजगारी पनि दिइरहेका छन् ।
ट्याक्स फ्री र खुल्ला बजार नीतिका कारण पैसा, आत्मविश्वास र अनुभव भए यूएईमा कप्मनी दर्ता गर्न सहज छ । करिब ४ हजार डलरमै कम्पनी दर्ता गर्न सकिन्छ । यसरी आफैं व्यवसाय गर्ने अधिकांश नेपालीहरुको व्यापार फस्टाएको पनि छ ।
उनीहरुले व्यावसायिक हित तथा सहकार्यका लागि ‘नेपाली बिजिनेस काउन्सिल’ स्थापना गरेका पनि छन् । दुबईको प्रशासनमा आधिकारिक रुपमा दर्ता गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेका पनि छन् ।
परदेशमा पनि नेपाली स्वादमा दालभात, तरकारी, अचार, ढिंडोदेखि लिएर मम र चाउमिनका स्वादिष्ट परिकार तयार पारी नेपालीहरुलाई सेवा दिइरहेको रेस्टुरेन्टको लर्कोमा ब्युटिसियन पाण्डेको सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले आफ्नो छुट्टै ख्याति कमाउन सफल छ ।
लुम्बिनी वेल्फेयर सोसाइटीको महिला विभाग प्रमुख तथा यूएईको पहिलो सामाजिक संस्था नेपाली समाजको उपाध्यक्षको पदमा रहेर पाण्डेले समाजसेवामा पनि आफूलाई अग्रस्थानमा राखेकी छिन् । पाण्डेले आफ्नो व्यावसायको आम्दामीको २५ प्रतिशत कमाई अनाथ, अपांग बालबालिका, बेसहारा महिला तथा वृद्धवृद्धालाई खर्च गर्ने बताउँछिन् ।
विगत लामै समयदेखि पशुपतिको वृद्धाश्रम, बुटवलका अनाथालयमा नियमित सहयोग गरिरहेकी पाण्डे यूएईमै पनि समस्यामा परेका नेपालीहरुलाई खालि हात पार्दिनन् ।
४ सय मासिक सेलरीमा काम गर्न आएकी थिएँ
पाण्डेले आफ्नो विगत सम्झिन्, ‘म एक इन्डियन कम्पनीमा ४ सय मासिक सेलरीमा काम गर्न आएकी थिएँ । काम ठिकै भए पनि कमाइ राम्रो नभएको कारण पार्लरको टे्रनिङ लिएँ । पार्लर सिकिसकेपछि मैले ब्युटिसियन भएर काम १० वर्ष काम गरें ।’
पाण्डेले आफ्नो पारिवारिक पृष्ठभूमि व्यापारिक नभएको बताइन् । व्यापारमा सफल हुनलाई पारिवारिक वातावरणले सहयोग गर्ला तर यस मामिलामा ठूलै चुनौती स्विकार गरेर व्यापार गरेको उनले अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘व्यापार गर्ने सपना सानैदेखि थियो । समयले साथ थियो । पार्टनर असल भएका कारण मेरो सपना केही हदसम्म सफल भएको छ ।’
बरदुबई नेपालीहरुको भेटघाटको केन्द्र हो । शुक्रबारे छुट्टीमा नेपालीहरुबीच आपसी भेटघाट गर्ने र खाना खाने स्थानमै रहेको उनको रेस्टुरेन्ट धेरै नेपालीहरुको रोजाइमा पर्ने गर्छ । शुक्रबार एकै दिनको बिजिनेसले सात दिनको ग्यापलाई कभर गर्ने उनको अनुभव छ । नेपालीहरुले नेपाली स्वाद नै रोज्छन् । सफा तथा राम्रो सेवा र स्वादको संगमका रुपमा लोकप्रिय उनको रेस्टुरेन्टको विशेषता रहेको छ ।
रेस्टुरेन्टको राम्रो पक्ष नेपालीपन
पाण्डेका अनुसार रेस्टुरेन्टको राम्रो पक्ष भनेको नेपालीपन हो । स्वादमा नेपालीपन अनि सेवामा आफ्नोपन ।सबै कस्टमरलाई भित्री दिलदेखि मुस्कुराएर स्वागत गर्ने उनले बताइन् ।
सस्तो दरमा स्वादिष्ट खाना खुवाउनेमा आफ्नो रेस्टुरेन्ट पर्ने बताउँदै उनले भनिन्,’हाम्रोमा आएका कस्टमर अरुतिर बिरलै जान्छन् । उनीहरु हाम्रो सर्भिस र सत्कारबाट प्रभावित छन् । नेपाली रेस्टुरेन्ट त धेरै छन् तर सिल्भर स्पुन एउटै छ र त्यो नै काफी छ ।’
पाण्डेको ब्युटिफेस नामको आफ्नो पार्लर व्यावसाय पनि सफलतापूर्वक सञ्चालन भइरहेको छ । उनले पार्लरमा १० जनालाई रोजगारी समेत दिएकी छिन् भने त्यत्तिकै संख्यामा रेस्टुरेन्टमा नेपाली कामदारहरु रहेका छन् । पार्लरमा उनका ग्राहक नेपालीका अतिरिक्त अरबी, भारतीय, पाकिस्तानी र फिलिपिन्स पनि रहेको जानकारी दिइन् । आफ्नो अनुभवको क्षेत्र भएका कारण उनले पार्लर व्यावसायबाट राम्रो सफलता पाएको बताइन् ।
गत फेब्रुअरी महिनामा नेपाल गएका बेला एक लाख भन्दा बढीका भौतिक सामग्री बुटवलको अनाथालयमा प्रदान गरेकी थिइन् । त्यसका अलावा धेरै ठाउँमा आर्थिक सहयोग गरेकी छन् ।
काठमाडौं, भदौ २
– पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्वयुवराज्ञी हिमानी शाहको चरित्र हत्या गर्न खोजेको रहस्य खुलेको छ । लामो बसाइपछि नेपाल फर्किएका पारसले अहिले पनि कन्निकालाई थाइल्यान्डमा पैसा पठाउने गरेको र पूर्वयुवराज पारसका त्यहाँ रहेका साथी र थाइल्यान्डमा रहेका नेपालीहरुको सहयोगमा पूर्व युवराज्ञी हिमानीको चरित्र हत्या गर्ने खालको तस्बिर फेसबुक स्ट्याटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ । थाइल्यान्डबाट नेपाल आएपछि पनि पूर्वयुवराज पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुराचाहिँ रहस्यमय छ । पूर्वराजा ज्ञानेन्द्रले विगतमा सबै कुरा बिर्सेर नेपाल नै बस्न पारसलाई आग्रह गरेपछि उनलाई पुनः बैंकक फर्काउन चाहने नेपाली समुदायले नै कन्निकालाई प्रयोग गरेर हिमानीको चरित्र हत्या गर्न खोजेको बैंककमा रहेका एक नेपालीले बताए । कन्निका र थाइल्यान्डमा रहेका नेपालीहरुले पूर्वयुवराज पारसलाई सकेसम्म बैंकक झिकाउने , त्यसो हुन नसके थाइल्यान्डको छिमेकी मुलुक लाओस ल्याउने तयारी स्वरुप उक्त हथकण्डा अपनाएको स्रोतको दाबी छ । पारसको मुद्दा हेरिरहेका वकिल चाङछाईले विगतको पैसा नपाएको भन्दै गुनासो गरिरहेका बेला हाल थाइल्यान्डमा रहेका सिताष्माका पति राजीव सिंहले उक्त पैसा दिन नसक्ने जानकारी गराएका थिए । चाङछाईले आफूलाई पारसको मुद्दा लड्दा २ लाख भाट खर्च भएको र त्यो पैसा अझै नपाएको भन्दै राजीवसँग पैसाको बारेमा कुरा गर्दा उक्त पैसा तिर्न नसक्ने बताएको ती नेपालीले जानकारी दिए । उक्त कन्निकाले उक्त हर्कत गरेको थाहा पाएपछि राजीवले कन्निकालाई भेट्न खोजेको भए पनि उनले भेट्न अस्वीकार गरेको बताइएको छ । पूर्वराजपरिवारले हिमानीका बारेमा फोटो पठाउने र उनको चरित्रहत्या गर्न उक्साउने नेपालीको खोजी गरिरहेको बताइएको छ । चन्निकाको चौतर्फी विरोध भएपछि उनले आफ्नो फेसबुक स्ट्याटस मेटेकी छन्, आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । -

ढाका, १ भदौ । बङ्गलादेशको प्रहरीले यहाँका दुईजना ब्लगरको हत्यामा सम्लग्न तीन जनालाई मङ्गलबार पक्राउ गरेको जनाएको छ । प्रहरीकाअनुसार ती तीन जनामा एकजना बेलायती नागरिक पनि रहेको समाचारमा जनाइएको छ । अरु तीन जना भने इस्लामिक हतियारधारी रहेका छन् ।
उनीहरुलाई राजधानी ढाकाबाटै पक्राउ गरिएको जनाइएको छ । पक्राउ गरिएका तीनजना यसअघि पछिल्लो समयमा बङ्गलादेशमा मारिएका दुईजना ब्लगरका हत्यारा भएको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । बङ्गलादेश प्रहरीको ¥यापिड एक्सन बटालियनले उनीहरुलाई पक्राउ गरेको सो बटालियनका प्रवक्ताले मङ्गलबार सो जानकरी दिएका हुन् । उनकाअनुसार पक्राउ गरिएका एकजना ५८ वर्षीय तुहिदुर रहमान हुन् भने अरु दुई जना गत मे महिनामा प्रतिबन्धित एक सङ्गठन अन्सारुल्लाह बङ्गला टिमका सदस्य रहेका छन् ।
उक्त समूह गएको मे महिनादेखि बङ्गलादेश सरकारले प्रतिबन्धित गरेको समूह हो । मे महिनाअघि पनि सो समूहले बङ्गलादेशका ब्लगरको हत्या गरेको पुष्टि भएपछि सो समूह प्रतिबन्धित भएको हो ।
ती प्रवक्ताले भने– हामीले तीन जनालाई राजधानी ढाकाबाट पक्राउ गरेका छौँ र ती मध्ये रहमान बङ्गाली मूलका बेलायती नागरिक हुन् । केही समयमात्र अघि बङ्गलादेशमा अभिजित रोय र अनन्त विजय दाशको हत्या भएको थियो । यी दुवै जनाको हत्याको प्रमुख योजनाकार नै ती बेलायती नागरिक रहेको प्रहरीले जनाएको छ ।
रोय र दाशसहित यस वर्षको सुरुदेखि आजसम्ममा चारजना ब्लगरहरु बङ्गालादेशमा मारिइसकेका छन् । तीमध्ये रोय र दाश दुईजना हुन् । बङ्गलादेशको राजधानी ढाकामै जन्मिएका रोय गत फेब्रुअरी महिनामा मारिएका हुन् । उनलाई छुरी धसेर मारिएको थियो । त्यस्तै उत्तरपुर्वी बङ्गलादेशको साइलहाट सहरको एक बैंकमा कामगर्ने दाश ३३ वर्षका थिए । उनी पनि गत मे महिनामा सोही नगरमा मारिएका हुन् ।
इन्डोनेसिया : आइतबार हराएको इन्डोनेसियाको विमानमा साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब पाँच लाख अमेरिकी डलर) रहेको सूचना सार्वजनिक भएको छ ।
उक्त विमानमा कम्तीमा पनि साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ रहेको र उक्त रकम गरिब नागरिकका लागि राहत स्वरुप बाँड्न त्यहाँ पठाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् । इन्डोनेसियाको पूर्वी प्रान्तका गरिब नागरिकलाई राहातका रुपमा वितरण गर्नका लागि सो रकम पठाइएको जानकारी सरकारले आज दिएको हो । जयपुरा पोष्ट अफिसका एकजना अधिकारीले दिएको जानकारीअनुसार पूर्वी क्षेत्रका गरिबका लागि वितरण गर्न यो सरकारी रकम लिएर गएको र त्यसका लागि उक्त कार्यालयका चारजना सुरक्षाकर्मी पनि रहेको जनाएका हुन् ।
अधिरकारीहरुका अनुसार चालक दलका सदस्यसहित ५४ यात्रु लिएर जयपुराबाट अक्सिविलका लागि उडेको विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको हो । आइतबार विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए बमोजिम नै दुर्घटनाग्रस्त हुन पुगेको आंशिक अनुमान गरिएको छ ।
इन्डोनेसियाली त्रिगंगा हवाई बाहक कम्पनीद्वारा उडान भरिएको एटीआर ४२-३०० टर्बोप्रप विमान स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि हराएको इन्डोनेसियाली खोज तथा उद्धार संस्थाले पुष्टि गरेको छ ।
उद्वारकर्ताहरु दुर्घटना नजिक : अधिकारीहरु
दुर्घटनाग्रस्त भएको अनुमान गरिएको एक पहाडको नजिक उद्वारकर्ताहरु पुगेका बताइएको छ । उनीहरु दुर्घटनाको अनुमान गरिएको क्षेत्रको निकै नजिक पुगिसेकेको अधिकारीहरुले जनाएका छन् । पैतालिस मिनेटको यात्रापछि अवतरण गर्ने गरी उडेको उक्त जहाज अवतरण हुनुभन्दा १० मिनेट अगाडि सम्पर्क बाहिर गएको अक्सिविल हवाई ट्राफिक नियन्त्रण कार्यालयले जनाएको छ ।
विमानको खोजीका लागि त्रिगङ्गा विमान कम्पनीले सोही हवाई बाटो भएर अर्को एक विमान पठाएकोमा उसले उक्त विमानका भग्नावशेष भेटेको बताएको थियो । अक्सिविल इन्डोनेसियाको हिमाली एवम् अग्लो पहाडमा अवस्थित भू-भाग हो । सोही क्षेत्रमा नै विमान खसेको अनुमान गरिएको हो ।
अक्सिविल पहाडमा नै सो विमान दुर्घटनाग्रस्त भएको सो क्षेत्रका गाउँलेले यसअघि नै बताएका थिए । उनीहरुकै सूचनाका आधारमा हवाई अधिकारीहरुले खोजीका लागि अर्काे विमान सोमबार बिहान पठाएका छन् । उनीहरुकाअनुसार यसअघि पनि आइतबार पठाइएको विमानले जहाजका भग्नावशेषहरु भेट्न नसकेको भए पनि सोही पहाडमा खसेको किटानी गरेको थियो । अधिकारीहरुले सोमबार गएका उद्वारकर्मीहरुको जहाज दुर्घटनाको नजिक पुग्न थालेको बताएका छन् ।
बैंकक नजिकैको इरावन मन्दिरमा विस्फोट भएको हो । हिन्दु देवता ब्रहृमाको मन्दिर हो । तर, यहाँ बौद्ध धर्मावलम्बीहरु धेरै आउने गर्छन् ।
यो लोकपि्रय पर्यटन स्थल भएको बीबीसीले जनाएको छ । मन्दिर नजिकै एक फाइभ स्टार होटल समेत थियो ।
थाइल्याण्डको दक्षिणी हिस्सामा मुसलमान चरमपन्थीहरु छन् । तर, अन्य क्षेत्रमा यस्तो घटना निकै कम हुने गरेको छ ।
कुवेत । अरब गएर खरब कमाउने सपना बोकेर सयौं नेपालीहरु दैनिक बिदेशिएका हुन्छन जब चकानाचुर हुन्छ । सम्बन्धित मुलुक पुगेर दुःख पीडा समस्यामा फसिसकेपछि अचानोको पीर खुकुरीलाई के थाहा ? जति नेपालबाट उड्ने बेलामा कल्पना गरिन्छ त्यति सजिलो छैन । बैदेशिक रोजगारीको लागि खाडी मुलुक, मरुभूमिको तातो हावामा अनायास मै फस्ने नेपालीहरुको कन्तबिजोग खाडीमा थुप्रै छ, यस्तै एउटा घटनामा फसेका छन् कुबेतमा कार्यरत एक नेपाली ।
सिन्धुपाल्चोकमा बुवाआमा, श्रीमती, छोरा-छोरी भूकम्पले मर्महात भएको बखत तामाङ कुबेतको जेलमा पर्दा परिवारलाई आलो घाउमा नुन चुक थपे जस्तै भएको छ ।
बिगत ६ बर्षदेखि कुबेतको अरेबिया ओभरसिजमार्फत मार्फत सेक्यूरिटी एण्ड टेक्निकल सर्भिस ग्रुपमा कार्यरत सन्चबहादुर धन्नै आठ महिनादेखि कुबेतको जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
तामाङ्ग २०१५ को जनवरी ८ तारिख बेलुका एक बंगलादेशी नागरिकको हत्याको अभियोगमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला दुवाचौर गाविस- ७ घर भएका ३२ बषर्ीय सन्चबहादुर निर्दोष रहेको उनको नजिकका साथीहरु बताउँछन् ।
अधिवक्ताको सहयोगमा मुद्दा लडेको खण्डमा तामाङ छिट्टै रिहा हुने विश्वासमा गत जुलाईमा नेपाली दुताबास कुबेतमा छलफल गरी सन्चबहादुर बचाउ अभियान शुरु गरिएको तामाङ्ग घेदुङ कुबेतका अध्यक्ष राम लामा बताउँछन । दुई पटक अदालतीय प्रक्रिया अनुसार सुनवाई भईसकेको र आउँदो अगस्ट २३ तारिखमा तेस्रो सुनवाई हुने लामाले बताए ।
हत्या आरोपमा जेल जीवन बिताइरहेका सन्चबहादुरको मुद्दा लण्डनको लागि २० हजार कुबेती दिनार माग रहेको थियो तर नेपाली दुताबास कुबेतको पहलले नै ५ हजार कुवेती डिनार अर्थात धन्नै नेपाली रुपैया -१६ लाख ७५ हजार) मा अधिवक्ता राजी भएका थिए । सोही अनुसार कुबेतस्थित नेपाली संघसस्था एबम् नेपालीहरुबाट संकलन कार्यलाइ तीब्र बनाईएको तामाङ्ग घेदुङ कुबेतका अध्यक्ष राम लामाले बताए ।
वकिलसंग सम्झौता गरिए अनुसार संकलित रकमबाट वकिलले मागेको ५० प्रतिशत रकम बुझाई सकिएको छ । एनआरएनए एनसीसी कुवेत, नेपाल तामाङ घेदुङ कुवेत, नेपाल-कुवेत सरोकार समाज, नेपाल कुवेत युनिक संघ कुबेत र प्रबासी नेपाली मन्च कुबेतको बिशेष पहलमा आर्थिक सहयोग संकलन कार्यलाई तीब्र पारिएको छ ।
हाल सम्म संच बहादुर बचाऊ अभियान कोषमा नेपाल तामांग घेदुङ कुवेतको पहलमा उठाएको रकम १२५६.६०० केडी र २१ वटा नेपाली संघ संस्थावाट जम्मा भएको रकम १५८१ केडी गरी २८३७ केडी ६ सय फिल्स जम्मा भएको जनाइको छ । यसैगरी इजरायलमा कार्यरत सिन्धुपाल्चोककी गङ्गा योन्जनले १० हजार नेपाली रुपैया पठाएकी छन् । कुबेतमा क्रियाशील अन्य नेपाली संघ सस्थाले सहयोग गर्ने बचन व्यक्त गरिसकेका छन् ।
उजिर कार्की/उज्यालो । काठमाडौं, साउन २९ - पन्ध्र दिनअघि पाल्पा रामपुर १० की सुनिता श्रेष्ठको मोबाइलमा घन्टी बज्यो । पहिलो घन्टी बज्नासाथ सुनिताको आँखा मोबाइलको स्क्रिनमा गयो । कल मेलसियामा रहेका श्रीमान गणेशको मोबाइलबाट आएको थियो ।
सँगै रहेकी सासु इश्वरीलाई मलेसियाबाट छोराको फोन आएको जानकारी दिँदै सुनिताले दोश्रो घन्टी पनि पुरा बज्न नदिई मोबाइलको रिसिभ बटन थिच्नु भयो । तर उताबाट हेल्लो भन्नेको आवाज सुनिताका श्रीमान गणेशको थिएन ।
फोन गर्नेले सोधे ‘तपाईं गणेशकी श्रीमती हो ?’
‘हजुर हो, तपाईं को बोल्नु भएको छ ?’
सुनिताले सोध लगत्तै फोन गर्नेले भने ‘गणेश त रहेनन् ।’ फोनमा यति सुन्ने वित्तिकै सुनिता रुन थाल्नु भयो । सँगै रहेकी सासु इश्वरीको मनमा चिसो पस्यो बुहारी किन रोई ?
बुहारीले फोनमा भएको वार्तालाप सुनाएपछि सासुका खुट्टा लगलग कामे । उहाँ उभिएकै ठाउँमा थचक्क बस्नु भयो र रुँदा रुर्दै मुर्छा पर्नुभयो । इश्वरी र सुनिताका एक मात्र सहारा २२ वर्षका गणेश मलेसियामा वितेको खवरसँगै उहाँहरुको खुसी सदाका लागि सकियो । ईश्वरीले श्रीमान गुमाएको चार वर्ष बित्न नपाउँदै छोरोपनि गुमाउनु पर्यो । विवाह गरेको चार महिनामै छाडेर मलेसिया गएका श्रीमान पनि वितेपछि सुनिताले पतिको मायाको राम्रोसँग अनुभव नै गर्न नपाई विधवा बन्नु पर्यो । गणेशको निधनसँगै रामपुरको यो परिवार शोकमा डुवेको छ ।
श्रीमानको निधनपछि ईश्वरीको साहारा भन्नु नै दुई जना छोराछोरी थिए । विवाह भएपछि छोरी पनि पराई घरमा गईन् । ईश्वरी श्रेष्ठ श्रीमानको मृत्युपछि एक्लो छोरो गणेशको मुख हेरेर बाँचिरहनु भएको थियो ।
श्रीमानले छाडेर गएपनि ईश्वरीलाई छोरा गणेशको साहारा थियो । ईश्वरीको बाँकी जिवनको आशा नै गणेश हुनुहुन्थ्यो । छोरीको विवाहपछि सुनसान जस्तै बनेको परिवारमा गणेशको विवाहपछि पुन रौनक फर्किएको थियो । गणेश २० वर्ष पुगेपछि सुनिता यो घरमा बुहारी बनेर आउनु भएको थियो ।
घरमा आमाको हेरचाह गर्ने बुहारी भएपछि गणेशले पनि मलेसिया जाने निर्णय गर्नुभयो । आर्थिक स्थिति ठिकै भएपनि सँगैका साथी संगी विदेश उडेपछि गणेशलाई पनि त्यो लहरले छोयो । आमा इश्वरी र श्रीमती सुनिताको आग्रह विपरित गणेश नेपालमा पढेर पनि केहि गर्न सकिने हैन भन्दै परदेश लाग्नुभयो ।
विवाह गरेको चार महिनामै आमा र श्रीमतीलाई छाडेर गणेश मलेसिया जानुभयो । गणेश परेदेश लागेपछि सासु वुहारीले जसोतसो घरपरिवार धान्नु भएको थियो । दुवैको ज्यान यहाँ भएपनि मन भने गणेशसँगै मलेसियामै हुन्थ्यो । छोरासँग बोल्न नपाउँदा ईश्वरीलाई निक्कै छटपटि हुन्थ्यो । फोन आउन एकदिन ढिलो हुँदा पनि ईश्वरी बुहारी सुनितालाई मिसकल गर्न भन्नुहुन्थ्यो । मिसकल गर्नासाथ गणेश फोन गर्नुहुन्थ्यो । गणेश मोवाइल कम्पनीमा काम गर्नुहुन्थ्यो । काम र कमाई पनि ठिकै थियो । वेलावेला खर्चपनि पठाईरहनु भएकै थियो । गणेश मलेसिया गएको १४ महिना पुग्दासम्म यो परिवार यसरी नै चलिरहेको थियो । तर १५ दिन अघि यो परिवारको खुसी सदाका लागि अन्त्य भयो ।
शुक्रबार नेपाल आइपुगेको शव बुझ्न विमानस्थल पुगेका गणेशका फुपाजु ओमप्रसाद श्रेष्ठ र केहि आफन्त निक्कै चिन्तित थिए । विमानस्थलमा ट्रलीबाट शवको बाकस गाडीमा हाल्दै ओमप्रसादले सहयोगीसँग भन्नुभयो ‘यसलाई रामपुर पुर्याएपछि इश्वरी र सुनितालाई कसरी सम्झाउने ?’
२२ वर्षिय श्रेष्ठको पाँच तलामाथिबाट लडेर ज्यान गएको भनेपनि ओमप्रसादलाई यसमा शंका छ । नेपाली प्रवासी एकता सञ्जालको सहयोगमा नेपाल ल्याईएको शव बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको सहयोगमा शुक्रबार नै पाल्पा लगिएको छ ।
आफ्नो कथा, तस्वीर र भिडियोहरु पठाउनुहोस्
तपाई कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा बिदेशमा काम गरी फर्किनु भएको हो भने तपाईको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईले आफ्नो तस्वीर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईले खिचेका सुन्दर र रोचक तस्वीरहरु तथा भिडियो पनि desh@unn.com.np मा ईमेल गर्नुहोला । तस्वीर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाई बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्वीर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । यसैगरी फेसबुक पेज मा गएर उज्यालोको आधिकारीक फेसबुक पेजमा पनि तपाईले आफ्ना कुरा लेख्न सक्नुहुन्छ source taj khabar

इस्लामावाद: पाकिस्तानी सेनाले ६ जना पाकिस्तानी सैनिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । गत डिसेम्बर महिनामा पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा भएको हमलाका क्रममा ती सैनिकको सम्लग्नताको विषयमा अनुसन्धान जारी रहेको थियो ।
उक्त विद्यालयमा पाकिस्तानी सेनाका बालबालिका अध्ययनरत् रहेका थिए । कयौँ हतियारधारीले सो विद्यालयमा आक्रमण गरी कम्तीमा पनि १५१ जना साना नानीबाबुको हत्या गरेका थिए । उक्त गोलीकाण्डमा सोही विद्यालयमा ड्युटीमा रहेकामध्येका कम्तीमा पनि सातजना सेनाको हात रहेको आशङ्का गरी अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धानबाट छ जना सैनिक दोषी पाइएको ठहर पाकिस्तानी सेनाका प्रमुखले मृत्युदण्डको कारबाही सदर गरेको पुष्टि गरेको बताइएको छ । सातमध्ये छ जनालाई मृत्युदण्डको सजाय दिइएको छ भने सातौँ व्यक्तिलाई भने जन्मकैँदको सजाय सुनाइएको जनाइएको छ । पाकिस्तानको सैनिक अदालतले सो फैसला सुनाएको प्राप्त समाचारमा जनाइएको छ । ती बालबालिकाको हत्याको सो घटनाको विश्वव्यापी रूपमा निन्दा गरिएको थियो ।
फोटो :एजेन्सीहरु
एजेन्सी : चीनको उत्तरी पूर्वी शहर तियानजिनमा बुधवार मध्यराति भीषण विस्फोट हुदाँ कम्तीमा ४४ जनाको ज्यान गएको छ । ४ सय भन्दा बढी घाइते भएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार विस्फोट राति ११ बजेर ३० मिनेटमा भएको थियो । यो धमाका विस्फोटक पदार्थ राखिएको अखाडामा भएको हो ।
घटनापछि आगो निभाउन घटनास्थलमा अग्निनियन्त्रकका सयौं गाडी त्यहाँ पुगेका थिए । यो विस्फोटबाट मानवीय र भौतिक क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिष्फोट पश्चात एपी, एएफपी रोएटर्स, सिन्हुवा लगाएर एजेन्सीहरुले खिचेका फोटोहरु हेनुस् :
मलेसिया: मलेसियामा अवैधानिक रूपमा कार्यरत विभिन्न देशका नागरिकसहित ४६ जना नेपालीलाई अध्यागमन विभागले मंगलबार पक्राउ गरेको छ।
मलेसियामा रहेका अवैधानिक आप्रवासी कामदारलाई घर फर्कन मौका दिइरहेका बेला अध्यागमनले एक सय नौजना आप्रवासी कामदारलाई पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ।
पक्राउ परेका आप्रवासी कामदारलाई मलेसिया अध्यगमनले हिरासतमा राखेको छ। मलेसियाका विभिन्न सहरबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीको थप विवरण थाहा हुन सकेको छैन। पक्राउ पर्नेमा ४६ नेपाली, २० बंगलादेशी, २१ म्यानमारी, १० पाकिस्तानी, एक भारतीय र एक भियतनामी छन्।
मलेसिया सरकारले यहाँ अवैधानिक रूपमा कार्यरत विदेशी कामदारलाई घर फर्कन पटकपटक मौका दिँदै आएको छ।अवौधानिक नेपाली पक्राउ परे तीन महिना जेल सजाय र थप समय क्याम्पमा बस्नुपर्ने व्यवस्था छ।
मलेसियाको क्याम्पमा रहेका नेपाली टिकट लिएर घर फर्किन सक्नेछन्। नेपाली दूतावासका अनुसार क्याम्पमा रहेका नेपालीलाई दाताको सहयोगमा दूतावासले निःशुल्क टिकट दिँदै आएको छ।
मलेसिया सरकारले दुई वर्षअघिदेखि अवैधानिक आप्रवासी कामदार घर फर्क भन्ने अभियान चलाएको छ। दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएपछि यहाँको अध्यागमनमा जरिबाना तिरेर अवैधानिक अप्रावासी कामदार देश फर्किन सक्ने यहाँको अध्यागमनले जनाएको छ।
नेपालबाट राम्रो कमाइ र काम हुने भन्दै मलेसिया आएका नेपाली काम र दाम नपाएपछि अवैधानिक हुने गरेका छन्।