नेपाली काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले साउदी अरेबियालाई ५५ रनमै समेटेको छ । साउदी अरेबियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरहरुले विषालु बलिङ गरे । सुशील कँडेल एक्लैले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर चार विकेट चट्काए ।
सुनील धमलाले ६ ओभरमा तीन मेडन राख्दै तीन रन खर्चेर दुई विकेट झारे । प्रेम तामाङले चार ओभर दुई बलमा दुई मेडन सहित दुई विकेट लिए । नेपाल सामू साउदी अरेबियाली व्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । टोली ३३ ओभर दुई बलमै अल आउट भयो ।
नेपालले यो खेलमा विजय हात पारेपनि उपाधि जित्ने सम्भावना जिवित राख्न अर्को खेलमा दावेदार अफगानिस्तानलाई मलेसियाले फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । अफगानिस्तानको प्रदर्शनलाई हेर्दा नेपालले उपाधि जित्ने सम्भावना निकै न्यून छ ।
काठमाडौं: नेपाली युवा टोलीले घरेलु मैदानमा यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीका असली नायक बने गोलरक्षक सोजित गुरुङ।
यसअघि सन् २०१३ को एएफसी यू-१४ च्याम्पियनसिपमा नेपाली टोलीबाट गोलरक्षकको भूमिका निर्वाह गरेका सोजित एकैपटक यू-१९ मा पहिलो रोजाइको गोलरक्षकमा देखिए।प्रशिक्षक मृगेन्द्र मि श्रले उनको क्षमता देखेर नै पोस्टको जिम्मा सुम्पिएका थिए।
यसअघि यू-१६ च्याम्पियनसिपमा गोल पोस्ट समालेका रोमन रसाइसीलाई दोस्रो रोजाइमा राखे, प्रशिक्षक मिश्रले। भारतविरुद्धको फाइनल खेलमा निर्धारित समयमा आधा दर्जन प्रहार विफल बनाएका सोजितले पेनाल्टी सुटआउटमा पनि आफूलाई अब्बल साबित गरे। ‘नेपाललाई घरेलु मैदानमा यो उपाधि दिलाउन सक्दाको क्षणलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ। आफैंले भारतको पेनाल्टी रोकेर देशलाई जिताउन पाउँदा निकै खुसी लागेको छ। मैदानमा धेरैबेर रुन मन लाग्यो। त्यसैले रुँदै नेपालको झन्डा बोकेर मैदानमा घुमेँ। मेरो खेललाई भैरहवाको ठुटीपीपलमा रहनुभएका बुबाआमाले पनि टेलिभिजनमा हेरिरहनु भएको रहेछ। खेल जितेपछि मैले फोन गरेँ। फोनमा बाआमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ। अत्यधिक खुसीमा पनि आँसु झर्दो रहेछ', सोजितले अन्नपूर्ण पोस्ट्सँग भने। निर्धारित समयमै खेल जित्ने अपेक्षा गरेका सोजितले खेल पेनाल्टी सुटआउटमा तानिने कल्पनासमेत गरेका थिएनन् रे। '१-० गोलको अग्रता हुँदा खेलको अन्तिममा दिनेश राजवंशीको ह्यान्ड भयो। आखिर कुनै पनि खेलाडीले जानेर गल्ती गर्ने होइन। मैदानमा यस्तो धेरै हुन्छ। दिनेशको ह्यान्ड भएपछि भारतले पाएको पेनाल्टी नै बचाउँछु जस्तो लागेको थियो तर, रोक्न सकिनँ। 'मेरो खेललाई भरहवाको ठुटीपीपलमा रहनुभएका बाआमाले पनि टेलिभिजनमा हेरिरहनुभएको रहेछ। खेल जितेपछि मले फोन गरेँ। फोनमा बाआमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ। अत्यधिक खुसीमा पनि आँसु झर्दो रहेछ।' टाइब्रेकरमा पनि भारतको तीनवटा सट त रोक्छु भन्ने लागेको थियो। जज पनि सोहीअनुसार गरेको थिएँ तर, दुईवटामा टाइम मिलेन। मोनुद्दिनको एउटा सट त बचाएरै छाडेँ', सोजितले भने। सोजितले पेनाल्टीमा आफ्नो टोलीका सुटरले पनि राम्रो खेलेको बताए। 'म जन्मनुभन्दा अघिको पुस्ताले २२ वर्षअघि फुटबलमा उपाधि जितेको रहेछ। लामो समयपछि पुनः त्यस्तै खुसी फर्काउन पाउँदा निकै खुसी लागेको छ। हामी सधै भारतसँग पराजित हुने कुराले नमीठो लाग्थ्यो। अब हाम्रो पुस्ताका खेलाडीले आगामी दिनमा पनि भारतलाई हराउने क्षमता राख्छौं जस्तो लाग्छ', १६ वर्षीय सोजितले थपे। यू-१२ देखि एन्फा एकेडेमी बुटवलमा रहेका सोजित दुई वर्षअघि काठमाडौं आएका हुन्। एन्फा एकेडेमीमा रहेर खेल र पढाइलाई सँगै अगाडि बढाएका सोजित अहिले ओलम्पियाड वर्ल्ड कलेजमा व्यवस्थापन संकायमा दस जोड दुई पढ्दैछन्। सोजितको अबको लक्ष्य सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनु रहेको छ।

कविन अधिकारी/अनलाइनखबर २ भदौ, काठमाडौं । बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गरेको हो । झण्डै ३ हजार घरेलु दर्शकमाझ भएको खेलमा नेपाल युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।
तस्वीरः कविन अधिकारी/अनलाइनखबर
- नेपाली गोलरक्षक सोजित गुरुङले यसरी भारतीय खेलाडीको पहिलो पेनाल्टी रोके । जुन नेपाललाई उपाधि दिलाउन पर्याप्त भयो ।
काठमाडौं, भदौ १२ । पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजा निस्किएको हो । यसअघि, नेपालले खेलको ३१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका हुन् । तर, ८८औं मिनेटमा भारतले पेनाल्टीमा गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो । तस्वीरः विमलको ट्वीटबाट ।
‘जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’
काठमाडौं : रियल मड्रिडका पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोका विश्वभर करोडौं फ्यान रहेका छन् ।
मड्रिडबाट ७ नम्बर जर्सीमा मैदानमा उत्रने उनी र उनका क्लबले जितेको हेर्न चहाने फ्यानको नेपालमै पनि कमी छैन ।
आफ्नो फुटबल कलाले विश्वभरका फुटबल प्रेमीको मन र मुटुमा बस्न सफल उनी मैदान बाहिर पनि बेला बेला अनौठा काम गरेर चर्चामा आइरहन्छन् ।
सामाजिक काममा समेत उत्तिकै चाख राख्ने उनले गत वैशाखको भूकम्पपीडित नेपालीका लागि करोडौं डलर दिएको समाचारले विश्वभर हल्लीखल्ली भयो । तर, अन्त्यमा त्यो खबर झुठो सावित भयो ।

रोनाल्डो फेरि एक पटक नेपालसँग जोडिन पुगेका छन् । नेपालका एक भूकम्पपीडित बालकलाई आफूले हस्ताक्षर गरेको रियल मड्रिडबाट लाउने आफ्नो ७ नम्बरको टिसर्ट पठाएर उनी पुनः चर्चामा आएका हुन् ।
बनेपा नगरपालिका निवासी रोनाल्डोका फ्यान १३ वर्षीय जोतिनलाई उनले स्पेनबाट आफ्नो टिसर्ट पठाइदिएका हुन् । जतिनलार्इ टि-सर्ट ल्याइदिएर उनका प्रतिनिधि बनेपामै पुगेका थिए ।
रोनाल्डोले पठाइदिएको टिसर्टको प्याकेट आफ्ना सहपाठीहरुसँग खोल्दै जोतिन खुसी मुद्रामा देखिएका छन् । जोतिनले आफू कुशल फुटबल बन्न चाहेको बताउँदै भवष्यिमा रियल मड्रिडबाट खेल्ने इच्छा व्यक्त गरे ।
'मलार्इ क्रिस्टियानो रोनाल्डो मन पर्छ, रियल मड्रिडलार्इ पनि म उत्तिकै माया गर्छु,' जोतिने भने, 'एक दिन म मेरो मन पर्ने क्लब रियल मड्रिडबाट फुटबल खेल्न चाहन्छु किन कि म फुटबललार्इ माया गर्छु ।'
वैशाख १२ को भूकम्प आउँदा जोतिन बनेपामै फुटबल खेलिरहेका थिए । शनिबारको दिन फुटबल खेल्दाखेल्दै भूकम्पले हल्लाएपछि उनी केही बेर रोकिए । र, फेरि फुटबल खेल्न थाले ।

जोतिनको फुटबल मोहबारेमा फोटो पत्रकार ओमार हभाना र पोर्चुगलका पत्रकार मार्गिडा मोटाले थाहा पाएर यो खबर रोनाल्डोलाई सुनाइदिएका थिए ।
जोतिनको खबर दुबैजनाले रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसलाई सुनाइदिएपछि उनको पहलमा शुभकामनासहितका आफ्नो टिसर्ट रोनाल्डोले गत साता पठाइदिएका हुन् ।
‘जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’, रोनाल्डोले जोतिनलाई पठाइदिएको टि–सर्टमा लेखेका छन् ।

काठमाडौं, भदौ ११ (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप पठाएका छन् । मिरर अनलाइनका अनुसार रोनाल्डोको जर्सी पाउने भाग्यमानी बालक हुन्, १३ वर्षीय जेतिन श्रेष्ठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पका दौरान जेतिन फुटबल खेलिरहेका थिए । भूकम्प आउन्जेल उनी केही बेर रोकिए र फेरि रोकिएपछि फुटबल खेल्न थाले । यो सब फोटोग्राफर ओमार हभाना र पर्चुगलका पत्रकार मागरिडा मोटाले थाहा पाए । ‘मलाई क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिड मनपर्छ,’ जेतिनले भने, ‘एक दिन म पनि रियल म्याड्रिका लागि खेल्छु ।’
एक हप्ता अघि रोनाल्डोले जर्सीमा हस्ताक्षर गर्दै उपहार पठाए । सर्टमा लेखिएको छ, ‘जेतिन बलियो बन, धेरै शुभकामना । क्रिस्टियानो रोनाल्डो ।’
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले अफगानिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा नेपालले ३४ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अन्जन विष्टले हेड गोल गरे ।
दुई मिनेट लगतै अन्जनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले पहिलो पटक बल प्रहार गर्दा अन्य खेलाडी अघि बढेको भन्दै रेफ्रीले फेरि पेनाल्टी हान्न लगाएका थिए ।
दोस्रो हाफको सुरुमा नै नेपालले गोल खायो । बल क्लियर गर्ने क्रममा अन्जनले आत्मघाती गोल गरे ।
तर, सुनिल बलले उत्कृष्ट फ्रीकिक गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाएका छन् । ७२ औं मिनेटमा नेपालले गोल खाएको छ ।
३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा पुराना सदस्य हुन् शक्ति गौचन । अन्डर-१९ बाट करिब एक दशकअघि राष्ट्रिय टोलीमा प्रवेश गरेका उनलाई सबैले दाइ भन्छन् । धेरै खेलाडीहरु टिमभित्र र बाहिर भइरहँदा उनी भने निरन्तर क्रियाशील छन् ।

शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । तौलिई-तौलिई बोल्ने उनको स्वभाव छ । आफ्नो स्वभावअनुसार शक्तिले तौलिई-तौलिई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ड्रेसिङ रुमका कुराहरु अनलाइनखबरसित सेयर गरे । उनको भनाइमा आधारित नेपाली क्रिकेट टोलीका विषयमा अनौपचारिक गफगाफ :

निकनेम थरीथरी : सुवासलाई बाजे, पृथुलाई पिन्टु
राष्ट्रिय क्रिकेटरहरुका थरीथरी ‘निकनेम’ छन् । सिनियर खेलाडीहरुले कप्तान पारस खड्कालाई पारु भन्छन् । जुनियरहरुले चाहिँ पारस दाइ भन्छन् ।
राष्ट्रिय क्रिकेटरहरुका थरीथरी ‘निकनेम’ छन् । सिनियर खेलाडीहरुले कप्तान पारस खड्कालाई पारु भन्छन् । जुनियरहरुले चाहिँ पारस दाइ भन्छन् ।
ज्ञानेन्द्र मल्ललाई सबैले ज्ञानु भन्छन् । जुनियरहरुले दाइ जोड्छन् । शरद भेषवाकरको निक नेम छैन।
बसन्तलाई सिनियरहरुले बुसी भन्छन् । शक्तिलाई स्यागी दाइ भन्छन् सबैले । विनोद भण्डारीको निक नेम छैन । सोमपाललाई सबैले माया गरेर सोमु भन्छन् । पृथु बास्कोटाको निक नेम हो पिन्टु । भने प्रदीप एेरीलार्इ पप्पु भनेर बोलाउने गर्छन् ।
विनोद लज्जालु, अविनाश गफाडी
मैदानमा विष्फोटक खेल्ने विनोद भण्डारी बाहिर सबैभन्दा लज्जालु छन् । उनी निकै कम बोल्छन् । केटीहरुसित त झनै बोल्न सक्दैनन् । शरद पनि कम बोल्छन् ।
बढी बोल्नेचाहिँ नयाँ बलर अविनाश कर्ण हुन् । टोलीका नयाँ सदस्य भए पनि उनी गफ चुट्न माहिर छन् । चुट्किलाहरु पनि खुब सुनाउँछन् । उनीबाहेक करण केसी र रामनरेश गिरी पनि बढी बोल्नेमा पर्छन् । पहिले पुराना बलर सञ्जम रेग्मी अति गफाडी थिए । उनी त छेउ न टुप्पाको कुरा गर्थे । केही वर्षदेखि उनी टोलीमा छैनन् ।
नाच्न-गाउन खप्पिस बसन्त
मैदानमा आफ्नो स्पिन बलिङमा ब्याट्सम्यानलाई नचाउने बसन्त रेग्मी नाच्नमा खप्पिस छन् । नाच्न मात्र होइन, गाउनमा समेत उनलाई अरुले भेट्दैनन् । पार्टीहरुमा जाँदा पारस, शरद र शक्ति पनि नाच्न अघि सर्छन् । तर, गाउनचाहिँ बसन्तमात्रै अघि सर्छन् । ज्ञानेन्द्र नाच्न र गाउन दुबैमा जिरो छन् ।
धेरै सुत्ने शरद, कम सुत्ने सिद्धान्त
बिहान ढिलोसम्म सुत्ने शरद भेषवाकर हुन् । बसन्त पनि अरुभन्दा धेरै सुत्छन् । नयाँ सदस्य सिद्धान्त लोहनीचाहिँ सबैभन्दा कम सुत्छन् । शक्ति र सिद्धान्त बिहान अरुभन्दा छिट्टै उठ्छन् । अनुशासनको मामलामा भने नेपाली टिममा खासै समस्या छैन ।
केटीको कुरा गोप्य
आपसमा एकदमै घुलमिल गर्ने भए पनि राष्ट्रिय टोलीका खेलाडीहरु निजी कुरा भने त्यति धेरै सेयर गर्दैनन् । त्यसमा पनि केटीको कुरामा त अति सतर्क हुन्छन् ।
आपसमा एकदमै घुलमिल गर्ने भए पनि राष्ट्रिय टोलीका खेलाडीहरु निजी कुरा भने त्यति धेरै सेयर गर्दैनन् । त्यसमा पनि केटीको कुरामा त अति सतर्क हुन्छन् ।
कप्तान पारसको लभ अफेयर लामो समयसम्म टोलीभित्र गोप्य नै थियो । शक्ति भन्छन्, ‘म आफैंले पनि बिहे हुने भएपछि मात्रै अरुलाई बताएको हुँ ।’
प्रदीप केटाकेटी, सोमपाल पाका
तीन महिनाअघि बाबु बनेका प्रदीप ऐरीको स्वभाव भने केटाकेटीकै जस्तो छ । मैदानमा जसरी उनी रन बनाउने हतारमा हुन्छन्, मैदान बाहिर पनि हतारमै काम गर्छन् । उनीभन्दा जुनियर सोमपाल कामी भने निकै परिपक्व छन् । उनी सोचेर बोल्छन् र सोचेर निर्णय लिन्छन् ।

शक्ति-बसन्तको जोडी
शक्ति र बसन्तको जोडीको मैदानभित्र जसरी ट्यूनिङ मिल्छ, मैदानबाहिर पनि उनीहरु उत्तिकै मिल्छन् । लगभग एकै समयदेखि राष्ट्रिय टोलीमा आएका उनीहरु एकअर्काको स्वभावप्रति राम्रोसित परिचित छन् । बाहिर घुमफिर गर्दा शक्ति र बसन्त प्रायः सँगै हुन्छन् ।

गुटबन्दी छैन
नेपाली टोलीभित्र गुटबन्दीको समस्या छैन । कप्तान पारसलाई सिनियर-जुनियर सबैले उत्तिकै सम्मान दिन्छन् । तथापि, उमेर र स्वभावको हिसाबले खेलाडीहरु आपसमा नजिक र टाढा हुन्छन् ।
नेपाली टोलीभित्र गुटबन्दीको समस्या छैन । कप्तान पारसलाई सिनियर-जुनियर सबैले उत्तिकै सम्मान दिन्छन् । तथापि, उमेर र स्वभावको हिसाबले खेलाडीहरु आपसमा नजिक र टाढा हुन्छन् ।
फाइल फोटोजुनियर र सिनियरको स्पष्ट रेखांकन नभए पनि टोलीभित्र शक्ति, बसन्त, पारस, शरद र ज्ञानेन्द्रहरु सिनियरमा गनिन्छन् । उनीहरुको गफ मिल्छ । यस्तै नयाँ खेलाडीहरु पनि आपसमा चाँडै घुलमिल हुन्छन् ।
फेसनमा चनाखो पारस
क्रिकेट खेलाडीहरु फेसनमा खासै ध्यान दिँदैनन् । सधैं टिपटप बनेर हिँड्नेखालका कोही छैनन् । तथापि कप्तान पारस पहिरनमा अलि बढी सतर्क हुन्छन् । औपचारिक कार्यक्रमहरुमा जाँदा उनी फर्मल ड्रेसअपमा हुन्छन् ।
क्रिकेट खेलाडीहरु फेसनमा खासै ध्यान दिँदैनन् । सधैं टिपटप बनेर हिँड्नेखालका कोही छैनन् । तथापि कप्तान पारस पहिरनमा अलि बढी सतर्क हुन्छन् । औपचारिक कार्यक्रमहरुमा जाँदा उनी फर्मल ड्रेसअपमा हुन्छन् ।
विदेशमा घरको याद
प्राय : विदेशमा खेल्न गइरहने भएको हुनाले क्रिकेटरलाई घर छाड्ने बानी परिसकेको छ । यद्यपि लामो भ्रमणमा खेलाडीहरु कहिलेकाहीँ घरको यादमा छट्पटिन्छन् । श्रीमती र छोराछोरी हुनेहरु घरको चिन्ता धेरै गर्छन् । नयाँ खेलाडीहरु पनि घरका कुरा धेरै गर्छन् ।

प्रथम यु–१९ साफ फुटबल
काठमाडौं : काठमाडौंमा बिहीबारबाट शुरु पहिलो यु–१९ साफ च्याम्यिन्सिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाले भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
विमल घर्तीमगरले ह्याट्रिक गरेपछि नेपालले भुटानलाई सजिलै पराजित गरेको हो । नेपाललाई जिताउने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेका विमलले खेलको १० औं मिनेटमा खाता खोलेका थिए ।
तर, विमलले गोल गरेको एक मिनेट नबित्दै भुटानले जबाफ फर्काउँदै बराबरी ग¥यो । सोनाम तोग्बेले भुटानलाई बराबरीमा ल्याएका थिए ।
आक्रमक खेल खेलेको नेपालका लागि विमलले पनि आज उत्कृष्ट खेल पस्के । उनले खेलको २९ औं मिनेटमा भुटानलाई स्तब्ध बनाए । उनले सुन्दर स्ट्राईकिङ कला देखाउँदै नेपाललाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफमा २–१ को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि अर्को गोल थप्यो । यो पटक पनि खेलको ६२ औं मिनेटमा विमलले नै गोल गरे । तेज तामाङले दिएको सुन्दर पासलाई विमलले सदुपयोग गर्दै ह्याट्रिक पनि पुरा गरे ।
विश्वास श्रेष्ठलाई लडाएपछि खेलको ७३ औं मिनेटमा पेनाल्टीलाई भने विमलले खेर फाले । उनले हानेको पेनाल्टी पोस्टबाट बाहिरिएको थियो । भुटानलाई हराएपछि नेपालले सेमिफाइनलको यात्रा पनि सहज बनाएको छ।

इङ्लिस प्रिमियर लिग
लन्डन: इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। लिभरपुलले सोमबार राति भएको आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बर्नमाउथमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो। उक्त खेलसँगै प्रिमियर लिगमा सबै टोलीले दुईदुई खेल सकेका छन्।
लिभरपुलको जितमा क्रिस्टियन बेनटेकले निर्णायक गोल गरे। घरेलु मैदानमा खेल सुरु भएको २६ औं मिनेटमा बेनटेकले गरेको गोल नै लिभरपुललाई थप तीन अंक दिलाउन पर्याप्त भयो।
बेनटेकले प्रिमियर लिगमा लिभरपुलका लागि गरेको यो पहिलो गोल हो। उनी यसै सिजन लिभरपुलमा आबद्घ भएका हुन् । बर्नमाउथ यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो।
बेल्जियन स्ट्राइकर बेनटेकले खेलको अन्तिम मिनेटमा पनि गोल गर्ने एउटा गतिलो अवसर खेर फालेका थिए। उनले आफ्ना साथीबाट पाएको पासलाई नियन्त्रणमा लिँदै डीबक्स नजिकैबाट विपक्षीको पोस्टमा गरेको सशक्त प्रहार क्रसबारमा ठोक्किएको थियो।
उनले नयाँ क्लबको जितमा निर्णायक भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘लिभरपुलमा मेरो सकारात्मक डेब्यु भयो । आगामी दिनमा पनि क्लबलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु’, उनले भने।
बर्नमाउथको भने यो लगातार दोस्रो हार हो। बर्नमाउथका प्रशिक्षक एडी होउले लगातार दोस्रो हार भोग्नु निराशाजनक रहेको बताए। 'हार भनेको हार नै हो, विभिन्न तर्क गरेर यसलाई ढाकछोप गर्नुको कुनै फाइदा छैन', खेलपछि उनले भने।
दुई खेलको समाप्तिपछि बर्नमाउथ अंकतालिकाको १९औं स्थानमा छ । बर्नमाउथभन्दा तल सन्डरल्यान्डमात्र छ।म्यानचेस्टर सिटी ६ अंकसहित लिग तालिकाको पहिलो स्थानमा छ।
समान अंक भए पनि गोल अन्तरका आधारमा लिसेस्टर सिटी दोस्रो, लिभरपुल तेस्रो र म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छन्। एभर्टन भने चार अंकसहित तालिकाको पाँचौं स्थानमा आसिन छ। समान अंक भए पनि स्वान्सी सिटी छैटौं स्थानमा छ।
हालै जारी २० परोपकारी खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । डूसमथिङ डट कमका अनुसार रियल मड्रिड एवं पोर्चुगलका स्टार रोनाल्डोले १० वर्षीय समर्थकको ब्रेन सर्जरीका लागि ८३ हजार डलरभन्दा बढी सहयोग गरेका थिए ।
यस्तै उनले आफ्नो आमाको उपचार गरिएको पोर्चुगलको क्यान्सर सेन्टरलाई १ लाख ६५ हजार डलरभन्दा बढी दान गरेका छन् ।
दानी खेलाडीहरुको सूचीमा रेसलिङका जोन सिना दोस्रो स्थानमा छन् । अमेरिकन टेनिस सुन्दरी सेरेना विलियम्स तेस्रो, दक्षिण कोरियाका युना किम चौथो स्थानमा छन् ।
बार्सिलोना तथा ब्राजिलका स्टार फुटबलर नेयमार सूचीको पाँचौं स्थानमा छन् । सूचीको २० औं नम्बरमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी परेका छन् ।
२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान विनोद दासलाई कार पुरस्कार दिइएको छ । विनोद दासले गत चैत २८ गते अष्ट्रेलियाका दिवंगत ब्याट्सम्यान फिलिप हृयूजको सम्झैनामा आयोजित खेल खेलेर औपचारिक सन्यास लिएका थिए ।
त्यसबेला नेपाल क्रिकेट संघ क्यानले कार उपहार दिन पहल गर्ने बचन दिएको थियो । बुधबार विनोद दासलाई कारको साँचो हस्तान्तरण गरिएको छ । उनले मारुती सुजुकीको २७ लाख ९९ हजार रूपैयाँ पर्ने कार पाएका छन् ।
पूर्व कप्तान विनोद दासलाई कार उपहार दिन सरकारले २० लाख २६ हजार रूपैयाँ कर छुट दिएको थियो । बाँकी रकमका लागि क्यानले हृयूजको खेलका क्रममा टिकटबाट उठेको रकमसहित ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सुजुकीले पनि ३ लाख ९९ हजार रूपैयाँ सहयोग गरेको छ ।
विनोदले २००० नोभेम्बरमा यूएईविरुद्ध डेब्यू गरेका थिए । अलराउण्डर विनोदको विश्वकप खेल्ने सपना भने पुरा भएन । उनी अहिले राष्ट्रिय टीमको सहायक प्रशिक्षक छन् ।
२५ साउन, काठमाडौं । वाको एसियाली किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ५ रजत र ९ कांस्यसहित १८ पदक जितेको छ ।
भारतको पुनेमा जुलाई ३१ देखि अगष्ट ९ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सन्तोष खड्का, विन्दा नेपाली, रिजन थापा मगर र आरती तामाङले नेपाललाई स्वर्ण दिलाए ।
विन्दाले थप २ रजत, रिजनले थप १ रजत र कांस्य तथा आरती र सन्तोषले थप १-१ कांस्य पनि प्राप्त गरेको नेपाल किक बक्सिङ संघले जनाएको छ । रजत जित्ने अन्य खेलाडीमा रुद्रबहादुर लिम्बू र प्रकाश विष्ट रहे । रजत विजेता रुद्रले थप १ कांस्य पनि जिते ।
त्यस्तै कांस्य जित्ने अन्य खेलाडीमा विवस दवाडी (दोहोरो), विलबहादुर तामाङ, रामकृष्ण राउत र विवेक लामा रहेका छन् ।
टिम व्यवस्थापकमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ र प्रशिक्षकमा दीपक श्रेष्ठ रहेका छन् । खेल पत्रकार अनिल मल्ल ठकुरी पनि टोलीमा समावेश थिए । प्रशिक्षक श्रेष्ठका अनुसार १ खेलाडीले ४ स्पर्धामा सहभागिता जनाउन पाउने प्रावधान रहेको थियो ।
च्याम्पियनसिपका दौरान भएको रेफ्री सेमिनारमा राजन भुजेल, रमेश नेपाली, तेजबहादुर बस्नेत, राजुसिंह बजोकी र कृष्ण ज्याकीले भाग लिएका थिए ।
टोली सोमबार स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा ३२ राष्ट्रको सहभागिता रहेको बताइएको छ ।
तेस्रो यू-१६ साफ च्याम्पियनसिप फुटबल
काठमाडौं: तेस्रो यू-१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुआत गरेको छ। बंगलादेशको सिलेटमा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्सलाई ५-० गोलले हरायो।
खेलको सुरुदेखि नै आकर्षक प्रदर्शन गरेको नेपालले माल्दिभ्सलाई पूरै समय दबाबमा राखेको थियो।नेपालको सजिलो जितमा प्रेजन तामाङ र सुमन अर्यालले दुईदुई गोल गरे। एक गोल भने लक्ष्मण परियारले गरेका थिए।लक्ष्मणले खेलको तेस्रो मिनेटमै खाता खोलेका थिए।
दोस्रो गोल प्रेजन तामाङले १८ औं मिनेटमा गरे। प्रेजनले ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। सुमनले २१ औं मिनेटमा तेस्रो गोल गरेका थिए।
सुमनले दोस्रो हाफको इन्जुरी समयमा हेडमार्फत गोल थपेका थिए। उनले अशोक रिजालको कर्नर पासमा उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाए।समुको अर्को खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले खेलाडीले सोचे अनुरूप नै प्रदर्शन गरेको बताए। 'खेलको सुरुमै गोल गरेकाले जित्न सहज भयो। हाम्रो लक्ष्य समूह विजेता बन्दै उपाधि जित्ने हो’, सिंहले भने । माल्दिभ्सका प्रशिक्षक अहमद साहिदले नेपाल उत्कृष्ट टोली भएको बताए।
'टिम सेट नहुँदै गोल खाएकाले हामीलाई खेलमा फर्कन गाह्रो भयो। नेपाल उपाधिको दाबेदार टोली हो। मेरा खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु', साहिदले भने।
अगस्ट १८ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह 'ए' मा आयोजक बंगलादेश, श्रीलंका र भारत छन्। च्याम्पियनसिपमा भुटान र पाकिस्तान भने सहभागी छैनन्। समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
यो च्याम्पियनसिप कीर्गिस्थानमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिपको छनोट खेल पनि हो। यसअघि समूह 'ए' अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई ५-० गोलको फराकिलोअन्तरले हराएको थियो।
च्याम्पियनसिपको पहिलो र दोस्रो संस्करण नेपालमा आयोजना भएको थियो। पाकिस्तान पहिलो संस्करणको विजेता हो। सन् २०११ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा पाकिस्तानले भारतलाई २-१ गोलले हराएको थियो।
पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो। दोस्रो संस्करणको उपाधि भने भारतले जितेको थियो। साबिक विजेता भारतले फाइनलमा आयोजक नेपाललाई १-० गोलले हराएको थियो।
फोटो :अध्यासका क्रममा नेपाली खेलाडी। तस्बिर: एन्फा
काठमाडौं: यू-१६ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
बंगलादेशको सिलेटमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ। समूहको दोस्रो खेलमा भने नेपालले अगस्ट १४ तारिखमा अफगानिस्तानको सामना गर्नेछ।नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले नेपालको एउटै लक्ष्य उपाधि रहेको बताए। उनले माल्दिभ्ससँग नेपालले जितका लागि खेल्ने दाबी गरे।
‘युवा खेलाडीको प्रदर्शन आफैंमा राम्रो छ। खेलाडीले पहिलो संस्करणदेखि नै राम्रो खेल्दै आएका छन्। लगातार अभ्यास गरिरहेकाले टोलीमा कुनै पनि कमजोरी छैन’, आइतबार आयोजित प्रिम्याच कन्फिरेन्समा उपेन्द्रले भने।
उनले आफू खेलाडीका रूपमा बंगलादेश यात्रा धेरैपटक गरको बताउँदै अब प्रशिक्षकका रूपमा नेपाली टिमलाई सफलता दिलाउने दायित्व रहेको बताए।नेपाली टोलीका कप्तान मनीष कार्कीले पनि प्रतियोगिताका लागि सबै खेलाडी उत्साहित रहेकाले नतिजा आफ्नो पक्षमा आउने दाबी गरे।
यसैगरी माल्दिभ्समा प्रशिक्षक अहमद साहिदले आफ्ना लागि प्रतियोगिता निकै महत्वपूर्ण रहेकाले सोहीअनुसारको प्रदर्शन गर्ने बताए। उनले नेपाल प्रतियोगिताकै बलियो टिम भएको बताए।
उनले भने, ‘हाम्रा लागि हरेक खेल महत्वपूर्ण छन्। नेपालविरुद्धको खेल सर्वाधिक महत्वपूर्ण हुनेछ। यसको अर्थ हामी कमजोर भन्ने होइन, हामी यहाँ राम्रो फुटबल खेल्नेछौं।'
अगस्ट १८ तारिकसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह 'ए' मा आयोजक बंगलादेश, श्रीलंका र भारत छन्। च्याम्पियनसिपमा भुटान र पाकिस्तान भने सहभागी छैनन्। समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यो च्याम्पियनसिप कीर्गिस्थानमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिपको छनोट खेल पनि हो।
च्याम्पियनसिपको पहिलो र दोस्रो संस्करण नेपालमा आयोजना भएको थियो। पाकिस्तान पहिलो संस्करणको विजेता हो। सन् २०११ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा पाकिस्तानले भारतलाई २-१ गोलले हराएको थियो। पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो।दोस्रो संस्करणको उपाधि भने भारतले जितेको थियो। साबिक विजेता भारतले फाइनलमा आयोजक नेपाललाई १-० गोलले हराएको थियो। प्रतियोगिता अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई ५-० गोलको फराकिलो अन्तरले हरायो।
२० साउन, काठमाडौं । नेपाली पौडीबाज शिरिष गुरुङले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
रसियाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा शिरिषले १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका हुन् ।
उनले ५८.२२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले कजानबाट जनाएका छन् ।
यसअघि शिरिषले २०१४ मा काठमाडौंमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डमा दुरी तय गर्दै कीर्तिमान राखेका थिए ।
फिनामा यसअघि गौरिका सिंह र सोफिया शाहले पनि आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् ।
काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिप अन्तरगत बिहीबार भएको पहिलो एक दिवसीय खेलमा स्कटल्यान्डले नेपाललाई २३६ रनको चुनौती दिएको छ ।
भर्खरै टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको उपाधि जितेर उच्च मनोबलमा रहेको स्कटल्यान्डले पुरै ३६ ओभर खेल्दै २३५ रन बनाएपछि नेपालले २३६ रनको चुनौती पाएको हो ।
नेपाल जवाफी ब्याटिङमा
मध्यम स्कोर बनाउने क्रममा स्कटल्यान्डका लागि प्रिस्टन मोम्सेनले ६२ बलमा ७२ रन जोडे । नट आउट रहेका कोन डे लन्जले ४१ बलमा ५५ रन बनाए । त्यसैगरी कोएल कोट्जरले ४१ रन बनाए । नेपालका लागि पारस खड्का र बसन्त रेग्मीले २÷२ विकेट लिए । त्यसैगरी सोमपाल कामी र करण केसीले १÷१ विकेट लिए ।
नेपाल जवाफी ब्याटिङमा
अहिले नेपाल जबाफी ब्याटिङ गरिरहेको छ । ओपनिङ लाइनअपमा रहेका महेश क्षेत्री र अनिल मण्डल अहिले जबाफी ब्याटिङ गरिरहेका छन् ।
३० असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले हङकङसँग पराजित भएको छ ।
यससँगै नेपालको विश्वकप छनोट केही कठिन भएको छ । नेपालले अब निकै लयमा रहेको पपुवा न्यूगिनी र नवप्रवेशी जर्सीसँग खेल्न बाँकी छ ।
नेपालले प्रस्तुत गरेको ११० रनको लक्ष्य हङकङले ५ विकेट गुमाएर भेट्टायो । दोस्रो ओभरको पहिलो बलमा नै सोमपाल कामीले नेपाललाई विकेट दिलाए ।
तर, निजाकात खान र अंशुमानले ४८ रनको साझेदारी गर्दै हङकङको पारी सम्हाले । नवौं ओभरको दोस्रो बलमा निजाकात र अंशुमानको साझेदारी तोडेका नेपालका स्पिनर बसन्त रेग्मीले १०.४, १२.२ र १६.६ ओभरमा गरी चार विकेट लिए ।
तर, अन्य बलरले विकेट लिन सकेनन् । निजाकात २५ र अंशुमान १९ रनमा आउट भए । एजाज खानले ७ बलमा अविजित १४ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायो । नेपालको सुरुवात निकै खराब रहृयो ।
प्रतियोगितामा पहिलो खेल खेलेका दोस्रो ओभरको तेस्रो बलमा ओपनर सुवास खकुरेल व्यक्तिगत दुई रनमा आउट भए, जतिबेला टीमको स्कोर ११ थियो । ज्ञानेन्द्र मल्ल शुन्यकै आउट भए भने कप्तान पारस खड्का १ रनमा पभेलियन फर्किए । सागर पुन र बसन्त रेग्मीले ११-११ रन बनाए ।
३१ रन जोड्दा ५ विकेट गुमाएको नेपालको पारी मिडियम लो आडरका ब्याट्सम्यानले सम्हाले प्रयास गरे । शरद भेसवाकरले २७ रन बनाए भने राजेश पुलामी मगरले २५ रन जोडे । सोमपाल कामीले १६ रन बनाए । प्रदिप ऐरी डक आउट भए भने शक्ति गौचन २ रनमा रन आउट भए ।
हङकङका नेपाल हसिब अमजादले ४ विकेट लिए भने इर्फान अहमदले २ विकेट लिए ।
हारेपछि ४ खेलबाट ३ अंक जोडेको नेपाल नेपाल तालिकाको पाँचौं स्थानमा झरेको छ । समान अंक जोडेपनि एक खेल कम खेलेको हङकङ चौथो र नामिबियष तेस्रो स्थानमा छ । शीर्ष स्थामा रहेको आयरल्याण्डको ६ र दोस्रो स्थानका पपुवा न्यूगिनीको ४ अंक छ ।
जर्सी र अमेरिकाको २-२ अंक छ ।
२८ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले घरेलु टोली आयरल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाललाई टी-२० अन्तराष्ट्रियकै दोस्रो न्यून स्कोरमा समेटेको आयरल्याण्डले ८ विकेटले जित हात पारेको छ ।
नेपालले प्रस्तुत गरेको ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ’ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए ।
पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो ।
यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर, राजेश पुलामी मगरले समान ६-६ रन जोडे भने अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी २-२ रनमै आउट भए । प्रदिप ऐरी, विनोद भण्डारी र शक्ति गौचनले खाता नै खोल्न सकेनन् । सोमपाल कामी शून्य रनमै अविजित रहे ।
आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।
आयरल्याण्ड शीर्ष स्थानमा, नेपाल चौथो
जितसँगै आयरल्याण्ड ३ खेलबाट ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । २ खेलबाट ३ अंक जोडेको पपुपा न्यूगिनी दोस्रो र ३ खेलबाट ३ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
३ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार हङकङसँग खेल्नेछ ।
जर्सी २ अंकका साथ पाचौं स्थानमा छ भने १ अंक जोडेको हङकङ छैटौं र तीन वटै खेल गुमाएको अमेरिका पुछारमा छ ।
काठमाडौं, आषाढ २६ । आइसीसी विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको छनोटमा नेपालले सुखद सुरुआत गरेको छ ।
आयरल्यान्डको बेलफास्ट मैदानमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो । अमेरिकाले दिएको १ सय २२ रनको लक्ष्य
नेपालले अन्तिम २ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय पारी खेले । नेपालले पहिलो विकेट भने सुरुआतमै गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत ४ रनमा आउट हुँदा नेपालको स्कोर ६ रन थियो ।
तर, अनिल मन्डल र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै नेपालको स्थिति मजबुत पारे । अनिल २९ रनमा पवेलिएन फर्किए । ज्ञानेन्द्रले ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । कप्तान पारस खड्का २१ र शरद भेषवाकर २ रनमा अविजित रहे ।
यसअघि, पहिले ब्याटिङ गरेको अमेरिकाले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अमेरिकाले ‘पावर प्ले’मा राम्रो रन जोडेको थियो ।
६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अरु ब्याट्सम्यान क्रिजमा टिकेनन् ।
अमेरिकालाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३–३ विकेट लिए भने सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट झारे । शक्ति गौचन म्यान अफ द म्याच घोषित भए ।

आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा १४ टोली सहभागी छन् । नेपाल रहेको समूह ‘ए’मा आयोजक आयरल्यान्ड, अमेरिका, पपुवा न्युगिनी, नामिबिया, हङकङ र जर्सी छन् ।
प्रतियोगिताको समूह ‘बी’मा अर्को आयोजक स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा, अफगानिस्तान, युएई, केन्या र ओमान छन् ।
प्रतियोगिताबाट ६ टोली आउँदो वर्ष भारतमा हुने विश्वकप टी–२० का लागि छानिने छन् । दुबै समूहका विजेता सोझै विश्वकपमा छानिने छन् भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले ‘प्ले अफ’ खेल्ने अवसर पाउनेछन् ।
प्ले अफबाट विश्वकप टी–ट्वेन्टीका लागि छानिने चार टोलीको टुंगो लाग्ने छ ।