नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् ।
१२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, *मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ? – मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ? – पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? – धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँदोरहेछ, समस्या के पाउनुभयो ? – सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? – उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला ।

काठमाडौं , भदौ १७ । गोरखा भुकम्प पछि अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम जारी छ । बिहीबार बिहान मात्रै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबारको पराकम्प बिहान ५ बजेर १० मिनेटमा गएको हो । यसअघि हिजो बिहान पनि ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गते पछि महाभुकम्प पश्चभात ४ रेक्टर स्केल माथिका ३ सय ८९ पटक पराकम्प गैसकेको छ ।
इलाम: इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताए।
भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन। उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ।
परराष्ट्र मन्त्रालय अन्तगर्त राहदानी विभागले जरुरी सूचना प्रकाशित गर्दै आगामी मंसिर ८ गते पछि हस्तलिखित राहदानी नचल्ने भन्दै तत्काल एमआरपी बनाउन अनुरोध गरेको छ ।
देशभित्र र विदेशमा रहेका नेपालीहरुलाई एमआरपी बनाउन अनुरोध गरेको राहदानी विभागले विदेशमा हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी एमआरपी बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरेको छ ।
सूचना यस्तो छः
राहदानी विभागको अत्यन्त जरुरी सूचना
यही नोभेम्बर २४, २०१५ (तद्नुरुप २०७२ मंसिर ०८ गते) पछि सम्पूर्ण हस्तलिखित राहदानीहरु नचल्ने (मान्य नहुने) भएकोले जतिसक्दो छिटो MRP बनाउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ । साथै विदेशमा हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी MRP बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ ।
टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।
साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।
बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ ।
विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराईले बताए । उनले भने –“निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ ।” स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले जानकारी दिए । लामो दूरीको यात्राका लागि बस अत्यन्त प्रभावकारी हुने सञ्चालक भट्टराईले बताए । शौचालयको सुविधा भएको यो बसको काठमाडौँदेखि पोखरासम्मको भाडादर रु एक हजार तोकिएको र सहुलियत कार्ड लिने यात्रुलाई केही सस्तो सेवा प्रदान गर्ने ट्राभल्सले जनाएको छ । आधुनिक समयको माग अनुसार आयात गरिएको सो पर्यटकीय बसको मूल्य रु ८० लाख देखि ९० लाख सम्म पर्ने सञ्चालक भट्टराईले बताए । रासस

काठमाडौं, भदौ १६ । नक्कली नोट बनाउने तथा कारोबार गर्ने गरेको आरोपमा नुवाकोटका २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट १ हजार दरका ८० थान र नेपालटारस्थित न्यौपानेको कोठाबाट १ हजार दरका ५५ थान नक्कली नोट र १३ ओटा नक्कली
नोट छाप्न ठिक्क पारिएका कागजसहित न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त न्यौपानेले १६ हजार बराबरको नक्कली नोट बजारमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।
नेपालटारस्थित ग्रामीण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्यनरत न्यौपाने बाफलस्थित प्राइम लाइफको वैदेशिक रोजगारी म्यादी जीवन बिमामा काम गर्ने र सोही स्थानमा नोटहरु फोटोकपी गरी नक्कली नोट बनाउने गरेको प्रहरीले जनाएको छ ।
अभियुक्तको अफिसबाट नक्कली नोट बनाउने फोटोकपी मसिन र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरुसमेत प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट १ हजार दरका ८० थान र नेपालटारस्थित न्यौपानेको कोठाबाट १ हजार दरका ५५ थान नक्कली नोट र १३ ओटा नक्कली
अभियुक्त न्यौपानेले १६ हजार बराबरको नक्कली नोट बजारमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।
नेपालटारस्थित ग्रामीण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्यनरत न्यौपाने बाफलस्थित प्राइम लाइफको वैदेशिक रोजगारी म्यादी जीवन बिमामा काम गर्ने र सोही स्थानमा नोटहरु फोटोकपी गरी नक्कली नोट बनाउने गरेको प्रहरीले जनाएको छ ।
अभियुक्तको अफिसबाट नक्कली नोट बनाउने फोटोकपी मसिन र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरुसमेत प्रहरीले बरामद गरेको छ ।
एजेन्सी - पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ । शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो । घटना भारतको राजधानी नयाँदिल्लीको हो ।
दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो । पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए ।
प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।
श्रोत : दैल्निक नेपाल डट कम
एजेन्सी । प्रेम विवाह गरेकै कारण एक महिलाले आफ्ना श्रीमानलाई गुमाएकी छिन् । २८ वर्षीय विवाहित महिला अहिले आफ्ना पतिको हत्यामा संलग्नलाई कारवाही गरि न्याय माग्दै पुलिस चौकी पुगेकी छिन् । घटनामा पुलिसले ती महिलाका आमासहित चार आरोपीलाई गिरफ्तार गरेको छ । हत्यामा संलग्न ती महिलाका पिता फरार छन् । उनको पुलिसले खोजी गरिरहेको छ । आफ्नै माईतीको आक्रमणबाट पति गुमाएकी २८ वर्षीय अर्चना आफू पनि घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेकी छिन् । उनले इन्दोरको सरकारी अस्पतालबाटै प्रहरीलाई घटनाको बयान दिएकी छिन् । आरोप छ कि उनका पिता परसराम आरोलिया उर्फ पारस, काका गरसिंह र भाई शैलेन्द्रले योजनाबद्ध तरिकाले उनी र उनका पतिलाई रक्षाबन्धनका दिन शनिबार माईत बोलाए । त्यसपछि माईतीले उनकै चुन्नीले उनका पतिको घाँटी च्यापेर हत्या गरिदिए ।
त्यसपछि माइतीले उनको पनि घाँटी च्यापे, जसका कारण उनी बेहोस भएर बाँचिन । बेहोस भएकी उनी एक दिनपछि अस्पतालमा होसमा आएकी थिईन् । अर्चनाले भनेकी छिन् –‘मेरा माईतीले मेरा पतिलाई मेरै आँखा अगाडि तड्पाइ–तड्पाई मारे । पुलिससँग मेरो विन्ती मलाई न्याय दिनुहोस् ।’ उनको बयानपछि विजय नगर पुलिस चौकीका प्रभारी छत्रपाल सिंह सोलंकीले पीडित अर्चना की आमा विमला, काका गरसिंह र दुई भाई, शैलेंद्र र हरिसिंहलाई आज गिरफ्तार गरेर एक स्थानीय अदालतमा पेश गरिएको बताए । अदालतले चारै आरोपीलाई न्यायिक हिरासत ऐन अनुसार १५ दिनका लागि जेलभित्र राखेर अनुसन्धान गर्न आदेश दिएको छ । hemendra मृतक हेमेन्द्र अनुसन्धान अनुसार आरोपीहरुले विजय नगर थाना क्षेत्रको गंगादेवी नगरमा ४० वर्षीय हेमेन्द्रको कथित रुपमा घाँटी थिचेर हत्या गरेका थिए, जबकी उनकी पत्नी अर्चनालाई गम्भीर रूपमा घाइते बनाए । विजय नगर पुलिस चौकीका प्रभारी सोलंकीले बताएअनुसार अर्चनाका माईती उनको र हेमेन्द्रको एक वर्ष पहिले भएको प्रेम विवाहबाट असन्तुष्ट थिए । स्कूलदेखि कलेजसम्म सँगै पढेका उनीहरुले अर्चनाको परिवारको असहमतिमै प्रेम विवाह गरेका थिए । सोलंकीका अनुसार अर्चनाका पिता परसराम घटनापछि फरार भएका छन् । उनको खोजी भइरहेको छ । परसराम, नगर निगमका सहायक इन्जिनियर पनि हुन् । साभार: दैनिक नेपाल 
काठमाडौं, भदौ १६ । जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेको जनाइएको छ ।
शेर्पाले
गृहमन्त्री बामदेव गौतमलाई फाँसी दिने र सभासदहरुलाई संविधानसभाभित्रै जलाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेको बुझिएको छ ।
शेर्पालाई टेकुस्थित महाशाखामा राखेर अनुसन्धान गरिरहेको
सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेको जनाइएको छ ।
शेर्पाले
शेर्पालाई टेकुस्थित महाशाखामा राखेर अनुसन्धान गरिरहेको
रसुवा , भदौ १६ । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा धैवुङ गाविस–६ मा हालै गएको पहिरोसँगै खसेको ठूलो ढुङ्गामा नाग, देवी, सूर्य, चन्द्र र त्रिशूलको आकार देखिएपछि स्थानीयवासीले पूजा गर्न सुरु गरेका छन् । स्थानीय होमप्रसाद आचार्यका आनुसार केही वर्षअघिसम्म स्थानीय रामेको माइला भन्ने एक व्यक्तिले उक्त ढुङ्गामा देवीको पूजा गर्ने गर्दथे । ती व्यक्तिको मृत्यु भएपछि त्यहाँ स्थानीय कसैले पनि पूजाआजा गर्ने गरेका थिएनन् । त्यसैको कारण भगवान् रिसाएर पहिरो गएको हुनसक्ने गाउँलेको भनाइ रहेको छ ।
त्यसठाउँमा पहिरो जानुअघि नै सर्प जुधेको र घरमाथि देवीको थानसमेत रहेको दृश्य आफूले सपनामा देखेको आचार्यले सुनाए । पहिरो गएको स्थानबाट ठीक तल रहेको एउटा घरलाई मात्र यसले केही धक्का दिएको छ भने अन्य कसैलाई केही नभएपछि स्थानीय आश्चर्यमा परेका छन् । स्थानीय बासिन्दाले अब सो स्थानमा मन्दिर बनाई पूजाआजा सुरु गर्ने बताएका छन् ।
विगतमा चीनसँग भएको युद्धमा कालिका मन्दिरमा चिनियाँहरुले गाई काटेर खाएको र त्यहाँको देवता भागेको थिए भन्ने किम्बदन्ती रहेको छ । त्यतिबेला भागेको देवता त्यही ढुङ्गामा आएर लुकेको हुनसक्ने गाउँलेको भनाइ छ ।भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा गएको उक्त पहिरोमा परी अधिकांश घर उच्च जोखिममा रहेको छ ।
पाकिस्तान : उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावर सहरको बाहिरी इलाकामा बुधबार बिहान सबैरे भएको दोहोरो गोली हानाहानमा कम्तीमा तीन प्रहरीको मृत्यु भएको छ ।
सो गोली हानाहानमा परी अन्य आठ प्रहरी घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकारी मिआन सैएदकाअनुसार प्रहरीको दैनिककार्य अन्तरगत घर घरमा गरिने खानतलासीका क्रममा सो झडप भएको हो ।
बन्दुकहधारीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको जनाइएको छ । सो खानतलासी उमार पयान गाउँमा भएको जनाइएको छ । सो गोली हानाहानको क्रममा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु भएको सैयदले एएफपी समाचार समिलिलाई बताउनु भएको छ । पेसावरमा तालिवान आतङ्ककारी समूहको उपस्थिति भएको पाइन्छ ।
तर यस आक्रमणमा आतङ्ककारी वा अन्य अपराधिक समूहका कसको हात रहेको छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । आक्रमणकारीहरुले ग्रेनाड र मोर्टास आक्रमण समेत गरेको सैयदले जानकारी दिनु भएको छ । पेसावरका प्रहरी प्रमुख मुबारक जेबले यस झडप र हताहतीको पुष्टि गर्नु भएको छ ।
पेसावर सहरमा यसअघि पनि भीषण आतङ्ककारी आक्रमणहरु भएको पाइन्छ । गत डिसेम्बरमा पनि सैनिकद्धारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा विद्यालयका बालबालिकासहित १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गत फेब्रुअरीमा तीन सशस्त्र तालिवान आतङ्ककारीले एक मस्जिदमा गरेको आक्रमणमा २१ जना व्यक्तिको मृत्यु भएको थियो ।
अधिकारीका अनुसार पाकिस्तानी सैनिकले आतङ्ककारीका विरुद्ध सुरु गरेको भीषण कारबाहीमा परी करिब ३ हजार आतङ्ककारीको मृत्यु भईसकेको छ ।
फोटो :फाइल फोटो
गौशाला : बिहानैदेखि नारा जुलुससहित प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।
पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै आगजनी गरी ध्वस्त बनाएका छन् ।
चारैतिरबाट काठ र माथिबाट जस्तापाताले बनाइएको प्रहरी बिटमा आन्दोलनकारीले पेट्रोल छर्कदैँ आगजनी गरी नष्ट बनाएका हुन् ।
सो बिटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्दै प्रहरीलाई खेदेको समेत आन्दोलनकारीले जनाएका छन् ।
यता प्रहरी उपरीक्षक सौरभ राणाले प्रहरी बिट खाली रहेका बेला आन्दोलनकारीले बिटमा आगजनी गरेको बताए ।
१९ दिनदेखि चर्किदै गएको आन्दोलनले महोत्तरीमा मङ्गलबारदेखि उग्ररुप लिएको छ । अहिले सदरमुकाम जलेश्वरको अवस्था तनाबग्रस्त बनेको छ । रासस

मधेसी मोर्चाका कार्यकर्ताले जलाएको आशंका
सुनसरी : अज्ञात समूहले सुनसरीको इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ । बन्द अवस्थामा रहेको कार्यालयमा बुधबार साँझ भनवको पछाडिको भागबाट पेट्रोल छर्केर आगो लगाइएको हो ।
आगो लगाइएपछि स्थानीयबासीले तत्काल प्रहरीलाई खबर गरेका थिए । आगो फैलन नदिइ प्रहरी नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन । कांग्रेसको कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।
आगजनीबाट कार्यालयको एउटा कोठा र त्यहाँ रहेका कागजपत्र जलेर नष्ट भएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सुरक्षा दिइरहेको छ ।
कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले आगजनीको भत्र्सना गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । प्रहरीले घटनाको मुचुल्का तयार गरी आक्रमणकारीको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले बताए ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा कार्यरत कार्यरत हुँदा धितोको गलत मूल्यांकनमा श्रेष्ठको संलग्नता रहेको थियो । छुट्टाछुट्टै दुई कसुरमा दोषी पाइएपछि पुनरावेदन अदालत पाटनले २०७१ बैशाखमा उनीविरुद्ध दुईलाख २० हजार रुपैयाँ जरिवाना र एक वर्ष ९ महिनाको कैद फौसला गरेको थियो ।
काठमाडौं-१० बस्ने श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले स्थलगत रुपमा कर्जाको लागि धितो मूल्याङ्कन गर्दा गलत रिर्पोट बनाएर फाइनान्सलाई हानी पुर्याएको अभियोगमा अदालतले कैद तथा जरिवना तोकेको थियो ।
श्रेष्ठलाई जिल्ला अदालतमा पेश गरेर कैदका सजायका कारागार पठाईएको ब्युरोले जनाएको छ । यसअघि सोही फाईनान्सको रकम ठगी गरेर फरार रहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं, १५ भदौ - मधेसमा छुट्टै प्रदेशको माग राख्दै आन्दोनलमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । संयुक्त मधेसी मोर्चाको आह्वानमा सोमबार बारा सदरमुकाम कलैयामा आयोजित लाठी जुलुस प्रदर्शनका क्रममा मोर्चाका केन्द्रीय नेता तथा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल कार्यकर्ताबाटै लखेटिएका हुन् । उनलाई प्रदर्शनकारीले लाठी प्रहार गरी घाइते बनाएका छन् ।
सदरमुकाम कलैयास्थित अदालत रोड हुँदै भरतचोक पुगेको जुलुसमा सहभागी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोज्दा रोक्ने प्रयास गरेपछि मधेसी नेताहरु आफ्नै कार्यकर्ताको आक्रमणमा परेका हुन् । कार्यकर्ताको आक्रमणमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवको हात भाँचिएको छ । फोरम नेपालका केन्द्रीय सदस्य रामबाबु यादवलगायतलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । जुलुसपछि कोणसभाका लागि बनाइएको मञ्च समेत केही प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रदर्शनमा सहभागी अधिवक्ता अरुण दुबेले भने, ‘केही प्रदर्शनकारीले नेतालाई लाठी प्रहार गर्दै निषेधित क्षेत्र तोड्ने कोसिस गरे, नेताले नमानेपछि उनीहरूले मञ्च भत्काइदिए ।’
कलैयामा गोली चल्यो
यस्तै, संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् । मधेस बन्दको आज १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । अहिले कलैयाको अवस्था तनावग्रस्त छ । प्रहरीतर्फ २ लाई सामान्य चोटपटक लागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताउनुभयो ।
श्रोत : दैनिक नेपाल डट कम
काठमाडौं । कसैलाई के को धन्दा, घर ज्वाईलाई खानको धन्दा भन्ने उखान झैं गुण्डाका नाईके आफ्नो क्षेत्राधिकार बढाउन लागेका छन् । कारण गुण्डाका नाईकेहरुलाई आफ्नो क्षेत्राधिकार बढाउन सकिए ठूलै जित भएको भान हुने गरेको छ ।
ठमेलमा राज गर्ने राजिव गुरुङ उर्फ दिपक मनाङ्गे र चक्रपथ क्षेत्रका गुण्डाका राजा मिलन गुरुङ उर्फ चक्रे अहिले आफ्नो असुली क्षेत्र बिस्तार गर्न सक्रिय भएका छन् । सोही क्रममा डनद्धयले अहिले ललितपुर जिल्लामा आफ्नो सञ्जाल फिजाउन थालेका छन् ।
ललितपुर क्षेत्रमा ढुंगाखानी, क्रसर, ईट्टा उद्योग जस्ता आयस्रोतका बाटोहरु प्रचारमा आउन थालेपछि उनीहरुको आ“खा त्यता परेको हो । ललितपुरमा आफ्नो सञ्जाल विस्तार गर्न मनाङ्गेले प्रकाश माली नाम गरेका युवाको नेतृत्वमा एक दर्जन युवा परिचालन गरेको स्रोत बताउ“छ । जसमा युबराज खड्का, सुरेश लामा, ललितपुर चौघरेका दयाराम महर्जन, पूर्ब सेनाका हवल्दार चुडाबहादुर कार्कीलगायत रहेको एक बताइएको छ । अहिले मनाङ्गेको ललितपुर समूहमा सामेल भएका युबराज खड्का अर्का गुण्डाका नाईके बाहुनका खास सहयोगी हुन् भने प्रकाश माली मिनकुष्ण महर्जनका । बाहुन जेल र महर्जन राजनीतिमा सक्रिय भएपछि उनीहरुका केटालाई मनाङ्गे र चक्रेले परिचालन गर्न थालेका हुन् । चक्रेले ललितपुर कब्जा गर्न दिपक तालुलाई अगाडि सारेका छन् भने तालुले ललितपुरकै राजु बोगटी, उत्तम महर्जन, निरोज महर्जन, सरोन श्रेष्ठ, बिनोद महर्जन, बिकाश कार्की, उमेश मल्ल, भोला खड्काको सहयोगमा डनगिरी चलाउन थालेका छन् । मितेरी ट्राभल्सका सञ्चालक शेखर गुुरागा“ईलाई अपहरण गरी फिरौती लिएको अभियोगमा बोगटी, उत्तम र खड्का जेल जीबन बिताएर छुटेका अभियुक्त हुन् । अहिले यिनैको साथ लिएर ललितपुर कब्जा गर्ने सपना चक्रेले देखेका छन् । मनाङ्गे समूहले त गत महिना ललितपुरको ढा“टको ठेक्का समेत हाता पारिसकेका छन् । जिल्ला बिकाश समितीबाट आह्वान भएको उक्त ढुवानी कर उठाउन मनाङ्गे समूहले ठेक्का हात पारेको हो । तर सम्झौता भने हुन सकेको छैन् । जिबिसले दुई करोडमा आह्वान गरेको ठेक्का प्रकाश माली नेतृव्वकोे समूहले ६ करोड हालेको थियो । तर जिबिसको नियम अनुसार डिपोेजिट गर्ने रुपैंया नभएपछि उनीहरुले ठेक्का सम्झौंता भएको छैन । जसका कारण व्यबसायीले काम गर्न पाएका छैनन् । प्रकाश माली पैसा माग्न मनाङ्गेको घरमा पटक–पटक गएपनि मनाङ्गेले पैसा भने दिएका छैनन् । उक्त काम घाटा हुने भन्दै मनाङ्गे पन्छिन थालेका छन् । तोकिएको समयमा सम्झौंता नगरे डिपोजिट जफत भई ठेक्का रद्ध हुनेछ भने पुनः टेण्डर आह्वान गर्नु पर्ने कानूनी प्राबधान छ । तर दुई महिना बितिसक्दा पनि जिबिसले उक्त प्रक्रिया अगाडी बढाएको छैन । जसका कारणले जिबिसमा ठूलै सेटिङ भएको आंशका गरिएको छ । उता बिबादास्पद ठेकेदार सानु लामाले फेरि मनाङ्गे र चक्रे जुदाउने योेजना बुनेका छन् । आपराधिक पृष्ठभूमिबाट ठेकेदार बनेका लामाको ललितपुर जिल्लाभरी नै हालीमुहाली चल्ने गरेको छ । लामाले ललितपुरमा चक्रे र मनाङ्गेले राज गर्ने भए भन्दै भित्रभित्रै उनीहरुलाई धपाउने योजना बुन्न थालेको स्रोत बताउ“छ । दिपक मनागे यसो भन्छन हेर्नुहोस

काठमाण्डौं,१६ भदौ - रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको बुधवार ११ बर्ष पुरा भएको छ। इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन (इस्लाम अल सुन्ना) समूहले विभत्स हत्या गरेको थियो।
यसरी हत्या हुनेहरुमा झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुर, धनुषा महेन्द्र नगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापा रहेका छन् ।
२०६१ साल भदौ १६ गते अर्थात आजकै दिन इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरेका थिए । त्यससँगै नेपाली सञ्चारमाध्यम र विभिन्न खालका मस्जिदहरु समेत आदोलनकारीको निसानामा परेका थिए।
हुन त हत्याको पीडा वैदेशिक रोजगारीको क्षेत्रमा मात्रै परेको थिएन । ति १२ जना नेपाली दाजुभाईका परिवारका सबै सदस्यमा परेको पीडा निकै दर्दनाक थियो । तर त्यसको भौतिक रुपमा क्षति भने म्यानपावर व्यवसायीले व्यहारेका थिए । त्यही दिनलाई उनीहरुले ’कालो दिन’ को रुपमा मान्ने गरेका छन् ।
काठमाडौँ, १५ भदौ - समाजमा धर्म परिवर्तन गराउने कार्यले तिव्रता पाएको छ । विशेष गरी इसाईहरुले धर्म परिवर्तनमा व्यापकता दिइरहेका छन् । पछिल्लो समय गैरकानुनीरुपमा चोकदेखि गल्ली, गाउँमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय छ । गत बुधबार बालाजु चोकमा धर्म परिवर्तन गराउने हिँडेकी धादिङकी सीता शर्मा (नाम परिवर्तन)ले भनिन्, ‘मासिक ७२ सय रुपैयाँ आउँछ ।
एउटा नयाँ मान्छे लगेबापत ९ हजार आउँछ । दश जना सदस्य बनाउन सक्यो भने त एक लाखै आइहाल्छ ।’ उनले अझ अगाडि भनिन्, ‘यो धर्ममा स्वतन्त्रता पनि छ, चर्चमा गएपछि आत्मीयता छ । जातपात, उच्चनिच भन्ने केही छैन, सबै एकनास छन् ।’ सीताजस्ता सयौँ महिला अहिले देशभर धर्म परिवर्तन र आर्थिक अवस्था सुधार गर्ने मेसोमा लागेका छन् । चर्चले विशेष नियम बनाएको हुन्छ, त्यहीअनुसार धर्म परिवर्तन गराइन्छ । काठमाडौँ मनमैँजु घर भएकी महर्जन थरकी महिलाले भनिन्, ‘प्रभुबाट मुक्ति हुन्छ । स्वर्गमा बास हुन्छ भनेर आम मानिसलाई बताउँछौँ । पर्चा, पम्प्लेट, किताब दिन्छौँ । बाइबलसमेत निशुल्क पढ्न दिन्छौँ । जब उहाँहरुलाई चर्चमा लगिन्छ । तब मात्र कसम खुवाएर सैतानहरुको धर्मबाट स्वर्गको बाटोमा प्रेरित गराउँछौ ।
चर्च पुगेपछि त्यहाँ माया, ममता, सहयोग, आत्मीयता सबै हुन्छ । फूल पुगेको माहुरीजस्तै हुन्छन् मान्छेहरु ।’ बालाजु चोकमा सीता शर्मा र महर्जन थरकी ती महिलाले पर्चा बाँड्न थालेको पनि एकवर्ष भइसक्यो । उनीहरु स्वयम्भूसम्म पनि पुग्छन् । यसरी काठमाडौँमा हप्ताको ४ दिन पर्चा बाँड्ने महिलालाई चर्च राम्रै पारिश्रमिक दिइरहेका उनीहरु बताउँछन् । ‘डाहाडे बाहुन धर्ममा बाँडेर खाने चलन छैन, यहाँ त सुःख छ बाबु,’ महर्जन थरकी महिलाले ‘प्रहरी धरहरा’ भन्ने पुस्तक दिँदै भनिन् । तर क्वानोनिया बालाजु चर्चका पास्टर हरि प्रधान आफूहरुले पैसा नबाँडेको जिकिर गर्छन् । भन्छन्, ‘हामी आपसमा सहयोगचाहिँ गर्छौँ । तर पैसा बाँडेर धर्म परिवर्तन गराउने कुरा सरासर झुटको खेती हो ।’
कलम डायरी बेच्ने एकनाथका कार्यकर्ता
चाहे रत्नपार्क जानुस् या चाबहिल वा नयाँबसपार्क नै किन नजानुस् । त्यहाँ डायरी र कलम लिएर बाटो छेक्ने युवायुवतीलाई तपाइँहरुले भेट्नु भएकै होला । उनीहरु अरु कोही नभएर परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा परिचालित व्यक्ति हुन् । बौद्धतिर कार्यालय रहेको बताउने यी बेरोजगार युवायुवतीलाई केही हजार दिएर यसरी जनतालाई दुःख दिइरहेको अवस्था छ । नमस्कार, यता, सुन्नुस त भन्दै ती युवायुवतीले सर्वसाधनरणमाथि खुलेआम ठगी गरिरहेको खबर व्यक्त जनविचार साप्ताहिकले लेखेको छ ।
सिडिओ भन्छन्, ‘मलाइ थाहा छैन’
वीरगन्ज : मंगलबार प्रहरीको वीरगन्जमा बुधबार बिहानदेखि नेपाली सेना परिचालन भएको छ ।
हतियारसहितका सेनाले नगरका विभिन्न स्थानमा बिहानैदेखि गस्ती गरिरहेका छन् । यस्तै सेनाको एक टुकडीले बुधबार बिहान वीरगन्ज नगरक्षेत्रमा मार्चपाससमेत गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने सेना परिचालनबारे आफुलाई थाहा नभएको बताए ।
‘सेना परिचालनको औपचारिक निर्णय भएको छैन, शायद गाडी स्कर्टिङका लागि सेनाले गस्ती गरेको होला’, घिमिरेले बुधबार बिहान अन्नपूर्ण पोस्ट्सँग उनले भने ।
प्रहरी र सेनाको सहयोगमा स्थानीय प्रशासनले बुधबार बिहान वीरगन्ज नाकाबाट झण्डै दुई सय मालबाहक सवारी साधन विभिन्न गन्तब्यमा पठाएको छ ।
सडकमा हतियारसहित निस्किएका सेनाले गस्ती र मार्च पास गर्न थालेपछि नगरवासी झन त्रसित बनेका छन् ।
वीरगन्जमा सोेमबारदेखि अनिश्चितकालीन कफर्यू जारी छ । घोषणा गरिएको छ ।
वीरगन्जमा सोमबार र मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी र सर्वसाधरणको मृत्यु भइसकेको छ ।
गोली लागेर २५ जना भन्दा बढि घाइते भएका छन् । गम्भीर घाइते तीनजनाको काठमाडाैंमा उपचार भइरहेको छ ।
यस्तै मंगलबार भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि २० जना भन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएको प्रजिअ घिमिरेले बताए ।