आजको पञ्चाङ्ग र राशीफल
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५५ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ, जोगाउनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अवरोध हुने, दिन खराब रहनेछ ।