जानी राखौ ...शरिरमा रगत कमी भए के गर्ने....?
शरिरमा हेमोग्लोबिन कम हुने मान्छेहरुलाई रक्त आल्पता हुन्छ। आउनुस शरिरमा रगत बढाउने ७ घरेलु उपाय जान्नुहोस..
-घरको करेसा बारिमा पाईने पालक,बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा नियमित रुपमा खानाले शरिरमा रगतको मात्रा बढ्छ ।
-पाकेको आँप दुधसँग खानाले रगत बढ्छ ।
-रगत बढाउने खाना जस्तै गहुँ, चना, मुगीको दाल पनि धेरै उपयोगी हुन्छ।
-लसुन खानाले पनि शरिरमा हेमोग्लोबिन कम हुन दिँदैन । -एलोवेराको जुस नियमित रुपमा खानु पर्छ यसले शरिरमा रगत बढाउने ठुलो भुमिका खेल्छ।
-अमला अर्थात यसको जुस खानाले पनि रगत बढ्दछ । -अनार र लौकाको जुस खानाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ