‘हिन्दु राष्ट्र’ अभियानलाई कमल थापाको समर्थन


काठमाडौं, असोज २४ – खुमबहादुर खड्का लगायत कांग्रेस नेताहरुले नेपाललाई ‘हिन्दु राष्ट्र’ का रुपमा फर्काउन शुरु गरेको अभियानलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा लेख्दै थापाले अभियानको प्रशंसा गरेका छन् । उनले अहिले हिन्दु धर्म संकटमा परेको र वर्तमान अवस्थामा पार्टीको स्वार्थभन्दा राष्ट्रिय पहिचानको रक्षाका लागि एक जुट हुन आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, ‘हिन्दुराष्ट्र पुनर्स्थापनाकोलागि कांग्रेसका केहि नेताहरुले प्रारम्भ गर्नु भएको अभियानको स्वागत गर्दछु । राष्ट्र र धर्म पार्टी भन्दा ठुलो हो । त्यसर्थ, धर्म संकटमा परेको वर्तमान अवस्थामा पार्टिको स्वार्थ भन्दा माथि उठि राष्ट्रिय पहिचानको रक्षाका लागि एकजुट हुन सबैमा अपिल पनि गर्दछु ।



,

प्रतिक्रिया दिनुहोस्...