मनोरञ्जन शर्मा-भैरहवा, २२ असोज । बलिउड स्टार अमिर खान बुधबार बिहान बुद्धजन्मस्थल लुम्बिनी क्षेत्र आईपुगेका छन् । युनिसेफको सदभावना दुत रहेको खान युनिसेफले कपिलबस्तुमा संचालन गरेको पोषण सम्बन्धी कार्यक्रममा सहभागी हुन खान यस क्षेत्रमा बुधबार बिहान आएका हुन् ।
बिहान ८ बजेर ५५ मिनेटमा एति एअरको चार्टर उडानबाट गौतमबुद्ध बिमानस्थल ओर्लिएका खान लगत्तै कपिलबस्तु तर्फ प्रस्थान गरेका हुन् । कपिलबस्तुको पकडी गाबिस ६ सेमरउटीमा त्यहा आमा समुह र महिला स्वयंसेबिकाले कुपोषित बालबालिकाहरुका लागी उपचार गर्ने बिधी र तरीकाको खानले स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । खान जाने स्थान पकडी गाबिस बुद्ध जन्मस्थल लुम्बिनी देखि करीब १० किमी पश्चिम तर्फ रहेको छ ।
अमिर खान आजै दिउसो एती एअरकै बिमान बाट काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । काठमाण्डौ फर्कनु अघि लुम्बिनी स्थित होक्के होटलमा बिहानको खाना लन्च गर्ने कार्यक्रम रहेको बताईएको छ । समय रहे बुद्धजन्मस्थल लुम्बिनीमा रहेको मायादेबी मन्दीरको अवलोकन गर्ने बताईएको छ ।
खान भैरहवा गौतमबुद्ध बिमानस्थलमा आउदा छोटो समयमा जानकारी पाएका उन्का प्रशंसकहरुको बाक्लो उपस्थिती थियो । उनले प्रशसंकहरुलाई गाडी चढनु अघि हात हल्लाएर अभिबादन गरेका थिए भने प्रशंसकले उनको चर्चित सिनेमा राजा हिन्दुस्तानीको नाम लिदै बोलाएका थिए । बाक्लो दारी पालेका अमिर खानले गौतमबुद्ध बिमानस्थलमा करीब १० मिनेट बसेका थिए । उनलाई त्यहा स्वागत गर्न युनिसेफका अधिकारी पुगेका थिए भने जिल्ला स्थीत सुरक्षा प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकाल, सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनाल, प्रहरी उपरीक्षक रमेश पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक नबिन खडका, गौतमबुद्ध बिमानस्थल प्रमुख धर्मेन्द्र पाण्डेय, रोटरी क्लब अफ सिद्धार्थनगर लुम्बिनीका कोषाध्यक्ष बिमल सेन्चुरी, जगर्श ग्रुपका सदस्य अजय मल्ल लगायतले स्वागत गरेका थिए । बिमानस्थलमा उन्ले संचारकर्मिलाई केही प्रतिकृया दिएनन् ।
उनको आगमन हुने भए पछी बिशेष सुरक्षा ब्यबस्था मिलाईएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए । उनि संगै उन्का निजी सुरक्षाकर्मि समेत आएका छन् ।
अमिर खान बुद्धजन्मस्थल लुम्बिनीमा