प्र्रहरी कुट्ने पाँचजना पक्राउ




२४ असोज । चितवनको आँपटारी चेकपोष्टमामा प्रहरीमाथि कुटपिट गर्ने पाँचजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी जाँचका क्रममा प्रहरीमाथि नै हातपात गरेपछि पाँचजनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
काठमाडौँका पर्वत चापागाईं, सुरेश हुमागाईं र हेटौँडा नगरपालिकाका प्रवेश बजगाईं, प्रमोद बजगार्इं र रामेश्वर बजगार्इंलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
छतमा बसेर यात्रा गरिरहेको बेला आँपटारीमा चारजनालाई झारेपछि प्रहरीसँग उनीहरूको विवाद सुरू भएको थियो । प्रहरी जवान आशनारायण शाहले लाइसेन्स र बिलबुक देखाउन भनेपछि प्रहरीमाथि आक्रमण गरेको आँपटारी प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । आवश्यक कानुनी कारबाही अगाडि बढाइने कोइरालाले बताए ।
यसैबीच, जबर्जस्ती रकम असुली गरेको आरोपमा चितवन प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । रत्ननगर १ का २६ वर्षका रविन चौधरी र भरतपुर–१२ का शम्भु थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु विरूद्ध केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए । उनीहरुले विभिन्न् व्यवसायीहरुसँग जर्वजस्ती रकम असुल्ने गुनासो आएपछि प्रहरीले विशेष निगरानी राखेको थियो ।




प्रतिक्रिया दिनुहोस्...