वेड रेष्टमा नम्रता श्रेष्ठ


काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले केही हप्ता सुटिङ गर्न नमिल्ने भएको छ । टाइफाइडवाट थलिएकी नम्रतालाई चिकित्सकले केही हप्ता आराम गर्न सल्लाह दिंदै तत्काल सुटिङ लगायत अन्य काम नगर्न भनेका छन् ।
चिसोको कारण संक्रमित नम्रता बिरामी भएपछि अस्पताल भर्ना भएकी थिइन् । अहिले अस्पतालवाट डिस्चार्ज भएपनि उनि पूर्ण रुपमा स्वास्थ नभएको उनका परिवारका सदस्यले बताएका छन् ।
चिसोले सताइहाल्ने नम्रता कामको धपेडीकै कारण बिरामी भएकी थिइन् । दशैंअघि बसन्तपुर डबलीमा कन्सर्ट गरेकी नम्रता विभिन्न म्युजिक भिडियो र फिल्मको काममा सक्रिय छिन् । सानो संसारवाट फिचर फिल्ममा प्रवेश गरेकी नम्रताले मेरो एउटा साथी छ, फष्ट लभ लगायतका फिल्ममा काम गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस्...