लिम्वुवान क्रान्तिकारीका कार्यकर्ता जेल चलान
पाँचथरको काभेली नदीमा निर्माणधिन काभेली करीडोरका ठेकेदारलाई चन्दा माग्दै अपरहण गर्न खोजेको अभियोगमा पक्राउ परेका लिम्वुवान क्रान्तिकारीका कार्यकर्तालाई जिल्ला कारगार पाँचथरमा जेल चलान गरिएको छ । जिल्ला न्यायधिश माधव प्रसाद अधिकारीको एकल इजलासले मनिष लिम्वु ‘हेल्लोक’, दर्शन लिम्वु र सभाहाङ लिम्वुलाई र्पूपक्षका लागि जेल चलानको फैसला गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रविराज थपलियाले जानकारी दिनुभएको हो । गत भदौ २६ गते निर्माणधिन काभेली करोडोर १ सय ३२ केभी प्रसारण लाइन कार्यरत ओएसी कम्पनीका सव ठेकेदार सुरेश काफले, सुरज वैद्य लगायत तीन जनालाई चन्दा माग्दै अपरहण गर्न खोजको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सुरुमा ३ करोड देखि वार्गेनिङ गर्दे अन्त्यमा २० हजार रुपैयां उनीहरुले ठेकेदारवाट लगेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो। पाँचथरका तत्कालिन प्रहरी निरीक्षक मेघराज थपलियाको नेतृत्वमा खटिएको टोलीले ताप्लेजुङको फुङलिङ वजारवाट एक थान पेस्तोल सहित उनिहरुलाई पक्राउ गरेको थियो । उता, लिम्वुवान क्रान्तिकारीले भने आफ्ना कार्यकर्ता निसर्त रिहाइको माग गर्दै आएको छ । विना सर्त आफ्ना कार्यकर्ता नछोडे पूर्वका जिल्लाहरु बन्द गर्ने चेतावनी लिम्वुवान क्रान्तिकारीले दिएको बताइएको छ । 