५० हजारलाई रोजगारी दिने उद्द्योगमन्त्रिको दावी


उद्योगमन्त्री महेश बस्नेतले ५० हजार युवालाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम आफूले मन्त्रिपरिषद्बाट पास गराउन लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले गौतम बुद्ध विमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले बन्द भएका रुग्ण उद्योग सञ्चालन गर्ने, उद्यागेमैत्री नीति लागू गरी बेरोजगार युवालाई रोजगारीतर्फ अग्रसर बनाउने र विभिन्न नाममा सरकारद्धार बाँडिने राहत र सहयोग रकम व्यक्तिपिच्छे नबाँडी युवा केन्द्रित भई बाँड्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताए । बस्नेतले विगतका सरकारले गरेका कमी कमजोरीका कारण नेपालको उद्योग,ब्यबसाय धराशयी भएको बताउँदै बन्द रहेका उद्योग पुनः सञ्चालनका लागि अभ्यास भइरहेको जानकारी दिए । बस्नेतले बेरोजगारलाई घरेलुबाहेक फरक किसिमको तालिम कसरी दिन सकिन्छ भन्ने योजना आफूले बनाएको जानकारी दिए ।५० हजारजनालाई रोजगार बनाउन सक्ने गरी बनाएको यो योजना एक हप्तापछि मात्र सार्वजनिक गर्ने उनको भनाई थियो | -अन्नपूर्ण पोष्ट दैनिक




प्रतिक्रिया दिनुहोस्...